Wednesday, August 24, 2011

गज़ल ८१


उड्यो मन भुवा सरी,छैन लक्ष्य दोधार छु !
भुले सारा गन्तव्यनै ,कसैबाट साभार छु !!

भिरको चिण्डो भएँ मत ,कहाँ होला अन्त्य मेरो !
बोझ भएँ परिवारको ,नकेहि को आधार छु !!

सफल भए  साथी संगी,जीवनको सोपानमा !
घुमी फिरी रुम्जाटार,मत बृत आकार छु !!

भेटे जब तिमीलाई ,जीवन'नि बुझ्न थाले !
साथ पाएँ तिमीबाट ,लाग्न थाल्यो साकार छु !!



No comments:

Post a Comment