साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Thursday, March 10, 2011
गज़ल-६४
जब हुन्छु एक्लै एक्लै ,एकोहोरो मात्रै हुन्छु म त ।
जून जस्तो मुहार सम्झि,धुरुधुरु आज रुन्छु म त ।।
तिमी उता म छु यता,आजै भेट्न पाएँ कस्तो होला ।
कल्पी कल्पी फोटो हेर्दा,अत्यासले मुख थुन्छु म त ।।
गीत-९
अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!
सोची हेर आफै मेरो जस्तो माया कहाँ भेट्छौँ!!
कसले दियो माया तिमीलाइ मेरो भन्दा धेरै !
तिमी हाँसे पुग्यो मानेकोछु तिम्रो खुशी मेरै!!
आधा मात्रै मत नामोनिशान किन मेरो मेट्छौँ!
अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!!
गीत-७
तिम्रो माया भित्र खोट मात्रै भेटियो !
तिमी भित्र बस्ने रहर मेरो मेटियो !!
हिजो खाँयौ कसम झुटो,देवता भाकेर ,
आज गयौ अर्कै सँग ,इज्जत फ्याकेर !!
मेरो चोखो मुटु आज त्यसै रेटियो !
तिम्रो माया भित्र खोट मात्रै भेटियो !!
गीत-८
निष्ठुरीलाई मुटु दिए घात भयो !
हिजो आज दिन पनि रात भयो !!
सोच! यहाँ फूल सँगै काडाँ हुन्छन् !
मुटु लिई पापीहरु टाढा हुन्छन्!!
खाको कसम पनि झुठो बात भयो !
हिजो आज
दिन पनि रात भयो !!
‹
›
Home
View web version