Saturday, July 23, 2011

गज़ल-८०


जो बिक्छ पैसामा,इमान उसैको !
सुनिन्छ सधैनै बखान उसैको !!

के बुझ्यौ तिमीले,दुनियाँ पढेर ?
लुटेको धनमा छ शान  उसैको !!

मतला बिहिन !!!बहसको साथमा


(छलफल गज़लको समुहमा  बहस हुदाको समय मतला बिहिन गज़ल (नै भने है )लेखियो /यसको शरीर तयार भो धेरै दिन अनुसन्धान शाखामा पनि राखियो ,धेरै खोज गरे प्रयास गरे तर सबै फेल /त्यसैले बीना शिर राख्ने प्रयास गरे)

फुल्यो टिप्यो सजियो उनका केशमा
खोइ त बुझ्यो कसैले फूलको पीडा !!

रुन्छन् सबै छुटेका ती साथी सम्झेर
खोइ त बुझ्यो कसैले मूलको पीडा !!