Monday, June 2, 2014

कविता,

कता बाट सुगन्ध मग्मगायो,
फूलको सुगन्ध
या चिरागको
हेरे यता उता
वर पर
छैन केहि
तर,
वसना आइरहयो
मग मग .... मग मग 
सरररररररररररर

ताजकी दिइरहयो
मन पुलकित पारिरहयो
ए ! मित्र हजुर
केको वसना होला?
सुनगाभा,बेली,चमेली

म त मरुभुमिमा छु
न छन यहा बेली चमेली
नछन कस्तुरी चिराक
तर,
आइरहयो वासना
मग मग मग मग
सररररररररररर

म त छु रेगिस्तानमा
यहा त छन उठ
बालुवाको ढिस्का
अनि
५२ डिग्रीको घाम
यहा छैनन आत्मियता
मायालुपन अनि
मग्मगाउने फूल

धेरै बेर हेरी रहे
वासनाको प्रवाहलाइ
वासनाको महकलाइ
तर,
कतै छैन यसको मूल

एक्कासी मेरो आखा सिरानीमा पर्यो
अनी पर्यो सिरानीको फोटोमा
फोटोमा मुस्काइरहेकी मेरो जीवनसाथी
बल्ल थाहा पाए
त्यो वासनाको महकको मूल
मायाबि स्पर्शको राज

म पनि मुर्ख कति
आफ्नै सिरानिको फूल नदेख्ने
कास्तुरी झै बन्ने///.

No comments:

Post a Comment