Tuesday, September 30, 2014

कविता-भट्टी मै लेखिन्छ रे ।।


जब भट्टी देख्छु
तब तब
मेरो मन चुक्चुकाउछ 
यति भट्टी नहुदो हो त
राजनिती
कुटनिती
बहुनिती
पीडा
हर्ष
यस्ता
अनेक
उत्वेग
सम्वेग
सायद मनमै
उकुसमुकुस हुन्थे
अनि फुट्थे होला मनैमा
अहिले देशी बिदेशी
बोतल फुटे झै
बिचरा मनहरु ।।

त्यसैले
यो भट्टी होइन
यो बिचार विमर्श गर्ने कटेज हो
यो बिचार
पोल्ने,निखार्ने
पोलेको मन सितल पार्ने ठाउँ हो
गुम्सिएको भावना
उत्पादन गर्ने प्रयोगशाला हो ।
त्यसैले त
कहिले नबोल्ने पङ्गु पिएर कराउछ
डल्लु राजनेताको भन्दा मीठो भाषण गर्छ
सुन्दैछु
अब नयाँ संविधान पनि भट्टिमै लेखिन्छ रे ।।

No comments:

Post a Comment