Tuesday, September 30, 2014

मित्रता-दुस्मनी

हिजो सँगै फाडेको तिते घारी के तिम्रो मात्र हो, यसमा के मेरो पसिना चुहिएको छैन ? हिजो सम्म सँगै हामी हिड्ने बाटो कसरी भिन्न हुन सक्छ? तिम्रो बाजे मर्दा , मेरो हजुरबुबा मर्दा काँध दिने हामी किन बाँडिएका छौ? के यसलाइ परिवर्तन मान्ने?
हाप्पारे,देउसी उस्तै थिएनन दशैको टीकामा मैले खसी ढाल्दा तिमिले रागो ढालेको भुल्यौ? सुँगुर पोलेको बिर्सियौ? हिजो सम्म न जाँड गन्हायो मलाइ न तिमिलाइ घिन लाग्यो मोहि के परिवर्तन फुटेर मात्र हुन्छ?

आउ मित्र हामी नभुलौ पुर्खाको मित्रता तिमिलाइ पोल्ने आगोले के मलाइ नपोल्ला शिरमा लगाउने टोपी उस्तै छ आखिर उस्तै टोपिले छोपेको दिमाग किन फरक पार्ने लडेर होइन जुटेर लडौ आउ तिमी हामी के तिमिले बोक्ने नागरिकता,राहदानी मेरो भन्दा अलग छ? छैन भने कसरी हामी अलग छौँ के शरिरको बनावट नाकको आकार आँखाको खुम्चियाइ फरक हुने प्रमाण मान्ने मलाइ वास्ता आउने तिमिलाइ कसरी गन्हाउन सक्छ तिमी र मैले फेर्ने स्वास फरक छ ?
मित्र प्रशासन को जात हुन्न मित्र नेताको घर्म हुन्न सत्ताले अन्धो हुनेले जात,धर्म हेर्दैन तब तिमी मेरो जातको दुस्मनी किन ? तिमिलाइ जात चाहिएको कि समनता ?
तिमी राजा बन्नेकी मित्र रहने? मेरो रगतले के तिमी शुद्द हुन सक्छौ? यदि सक्छौ भने आउ मित्र तरवार लिएर म गला थापेर बस्याछु । तिम्रो तरवारले पीडा दिनेछैन मलाइ जति पीडा एक मित्र गुमाउदा भएको छ, मित्र दुस्मन हुदा भएको छ ।
आउ मित्र कि मित्रता गर कि मेरो लास बनाउ
म दुस्मनी सहन सक्दिन ।।

No comments:

Post a Comment