Tuesday, February 3, 2015

रुबाई !!


हुनु पर्ने हामी दूर किन होला?
साँचै छौ नि मजबुर किन होला??
लेख्ने दैव घाती रैछ दियो सधैँ
आँसु मात्रै भरपूर किन होला??

मुक्तक

एउटी छे दिलवाली गर्छे मन परि ।
देखाउदै सिउँदो खाली गर्छे मन परि।
कातिल छन् नजर उस्को मृग नयनी ती ।
इशाराले डाक्दै काली गर्छे मन परि ।

मुक्तक

देश मेरो उसको सबैको हो साथी ।
हुन्छ यहाँ शान्ती संविधान माथी ।।
देश दुख्दा फुक्ने बाँसुरी चलन छ ।
यस्ता नेताहरु नहुनुनै जाती ।।

सुखी जीवन !!



मेरो साथी
रहरको बिफकेश बोक्छ
मरी मरी उचाल्छ
पूरा अपूरा रहर सम्हालेर राख्छ
डिजिटल भोटे ताल्चा ठोकेर
तिनै रहर बोकेर सुत्छ
उठछ
सुम्सुमियाउछ
रुन्छ
हाँस्छ
आफ्नै कयौ रहरको मलामी जान्छ
बर्बराउछ
डेट स्पायर रहर
सम्झिएर दुखी हुन्छ !

रुबाई ।


दिन त दियौ तिम्ले मुटु उपहार दियौ ।
नरुन सके नहाँस्न कस्तो यो बहार दियौ ??
खेल्यौ रस हुदा सम्म मनमौजी सधैँ नै ।
भएसी शुष्क बदन ,गतिलो प्रहार दियौ ।

मुक्तक

ती हरेक प्रहर आत्मिय लाग्छ ,
तिम्रो प्रेमिल भर आत्मिय लाग्छ ।।
नछु साथै नदुर भा'को हुन्छु म ,
हामी हिड्ने डगर आत्मिय लाग्छ ।।

यो मुटुको धड्कन

यो मुटुको धड्कन
यो फेर्ने स्वास
लाग्छन्
केवल
तिम्रो खातिर हो ।।
सम्झिनु त छ जीवनमा,
याद हिजो आज लाग्छन्
डिजिटल भएका छन् 

मेरो साथी चिच्याउदैछ


टाउकोले जमिन टेकेर
मेरो साथी चिच्याउदैछ हिजो आज 
अरे यार यो आकाश उल्टो छ 
मान्छे उल्टो हिड्डैछन 
उ त्यो प्रकृति उल्टो छ ।।