Tuesday, January 25, 2011

गित


तिमी बिना जीवनमा कहाँ पाऊँ माया,
छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।


माग्ने छुइन दैवसँग हात फिँजाएर,
गासौँ नाता जनमजनम राखौँ मिलाएर

मेरो आत्मा तिमी नै हौ तिमी मेरी छाँया,
छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।

तिमी बिना जीवनमा .....

मुटु भित्र बाँस मागेँ ठाउँ पाएकोछु,
छोडि सबै पिरतीको गीत  गाएकोछु
हाँस्छु खेल्छु रमाएर तिम्रै दायाँ बायाँ
छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।

तिमी बिना जीवनमा ..........

रचनाकाल- २४.०१.२०११ 

No comments:

Post a Comment