दुखी छैन तरपनि पिएँ बालै भएन।
जीवन हो आफ्नो मेरै जीएँ बालै भएन।।
साथ पाएँ घात पाएँ भोगे सुख दु:ख।
फट्यो आफै नाथे मन सिएँ बालै भएन।।
हाँस्दा तिमी हाँसे म'नि कस्तो अनौठो है?
खुशी तिम्रो आँशु मैले लिएँ बालै भएन।।
प्रेमी मत पागलनै नशा कस्तो कस्तो।
मुटु माग्यौ खुशी साथ दिएँ बालै भएन।।
No comments:
Post a Comment