Wednesday, August 24, 2011

गज़ल ८३


सिंगो यौटा  मुटु दिएँ गुलाबनै  खोज्नु किन ?
ईसारानै काफी थियो  ,जवाबनै  खोज्नु किन ?

हुन्छ माया आफै आफै ,मुटुहरु मिले पछी !
कसको माया कती भन्दै ,हिसाबनै  खोज्नु किन ?


लट्ठ पर्न नजरनै,काफी हुन्छ मेरो लागी !
नशा भन्दै बोतलकै,सराबनै  खोज्नु किन ?

मुटु भित्रै राखी सके ,पाण्डुलिपी पिरतीको !
गल्ली गल्ली लक्ष्मीकोनै,किताबनै  खोज्नु किन ?

1 comment: