साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, July 12, 2011
गज़ल-७८
नलेख्नु कहानी खोटो छ जवानी !
उमेर ढल्केपनि फोटो छ जवानी !!
लड्नु छैन मैले भेट्नु' पो छ नै के?
मर्नुनै छ सबै छोटो छ जवानी !!
गज़ल-७९
समस्याको मुहान खोज्दैछु !
दीर्घकालिन् निदान खोज्दैछु !!
भुल्यौ आफै आफ्नोपन् कसरी ?
शहीदको चिहान खोज्दैछु !!
गज़ल-७७
सौम्य थियो रात भने ,उत्ताउलो तिम्रो छाती !
थप्दै थिएँ तेल मैले ,ह्वार बल्दै गयो बाती !!
बढ्यो चाल तिम्रो पनि,सुस्त बढ्यो मेरो हात !
शुन्य प्राय कोठा हाम्रो,कस्तो मात चढ्यो राती !!
गज़ल-७६
जीवन जिउन कस्तो हम्मे ल यो कठै!
जती बुझ्यो उति गाह्रो छ यो कठै!
हुदा लक्ष्मी कती कती मेरै जगत!
दरिद्रले घेर्यो जब म यो कठै!!
‹
›
Home
View web version