Thursday, January 6, 2011

देश दुख्दा

देश दुख्दा
रमाउने बिचार
कुपुत नेता!

घामले पोल्छ
खोज्दै शितल ठाउँ
टुटेको छत!!

हामि एक हुनु पर्छ

हे!
देश भक्तिको नारा लगाउने 
देश भक्तीहरु 
तिमिहरु कहाँ छौ?
देश जल्दै छ
अशिक्षा
गरीबि
अनि 
रोग 
भोकमा
आउ तिमिहरु 
देशलाइ बलत्कार हुन बाट बचाउन

रुवाई -2

रुवाई
जुन बीनाको रात भुल्नु कसरी
मुटु रोप्ने बात भुल्नु कसरी
भुल्देउ भन्छौ तिमी त त्यो पल

गेडीहरु

गेडीहरु


भेडा छन गोढमा,मत बस्छु गोढैमा
माया मेरो बेसिमा,कहिले चुम्ने ओठैमा!
पाखैमा

गज़ल-३०


पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!
वाग उस्तै-उस्तै,यहाँ माली फरक!!

धेरै सुन्यौ यहाँ आस्वासन भाषण !
नेता उस्तै-उस्तै,मात्रै ताली फरक!!

भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!
सुझाब उस्तै-उस्तै,केबल गाली फरक!!

"ठग"

"ठग"

"हजुर मेरो घरमा छोरोको मुटुको भल्बमा प्वाल परेको छ हजुरहरुको सहयोगको आशामा यहाँ आएको छु।"हातमा एउटा कागज (गाउँ बिकास समितीको सिफारिस)बोकेर हिड्दै गरेको मान्छे सँग मेरो बाटोमा जम्का भेट भयो।कतारको चर्को घाममा यसरी हिड्दै गरेको मान्छे देख्दा मेरो मनमा धेरैनै दया पलायो।अनि सोधे "दाइ कती भो हजुरको छोरा बिरामि भएको?अनि कहाँ उपचार गराउँदै हुनु हुन्छ?"