तिमीले
पिलायौ
अनि मलाइ पनि
पिउन मन लाग्यो
त्यो
अमृत
या
बिष
मैले पिए
तनतनि
यो पिए देखि
म
संसारनै तिमी देख्छु
तिमीनै
संसार
म
अनि
तिमी
मात्र दुई जना देख्छु
तिमी सँग
हराउछु दुर देशमा
तिमी मेरो आज
अनि
तिमीनै मेरो भोलि हौँ
तिमी बिना म
एक्लो-एक्लो
मात्र
एक सास भएको
तन हुन्छु
तिमी मेरो गीत
तिमी मेरो
गजल
अनि
तिमीनै मेरो
कबिता
जसरी
तेज बीना सुर्य
शितलता बीना चन्द्र
अपूरो हुन्छन
म पनि
तिमी बीना
अधुरो हुँदै छु/हुन्छु
आउ तिमी
मेरो जीवनमा
कि लैजाउ तिमी सँगै
अब सक्दिन
मएक्लो जीवनको
भार उठाउँन
तिमी छौँ
र त
जिउने मोह छ
आशा छ
एउटा जिजिबिसा छ
जीवन नामको
केही दिन पछि
तिम्रो त्यो
रसपानले
मलाई छुन छोड्यो
आज भोली
म
मेरो नेपालको
मायामा पागल छु
तिम्रो मायालुपन
मलाई फिक्का लाग्छ
म
सपना देख्छु देशको
म
बिपनामा हुन्छु
मेरो देश
म सँग हुन्छ
मेरो सगरमाथा
मेरो रारा
मेरो फेवा
मेरो देश
मेरो मुटु
म देश बिना खान्न
आज देश बीना सुत्दिन
किन कि
म
शहिद हु
म
देशको सिपाइ हु
म
जिउदो छैन
तर
पनि
म
जीउदै छु
मलाई मरेर पनि
देशको माया छ
मेरो देश टुक्रा टुक्रा हुँदा
मेरो मन पनि टुक्रीयो
तर
मेरो मुटु दुखेको
कसैले कहाँ देख्यो ?
किन कि म मरेको छु
तिम्रो नजरमा
उसको नजरमा
तर
म जिउँदै छु
मलाई १ मिनेटको
मौनधारण
होइन मेरो देशको शान्ति देउ
नत्र भो पर्दैन
फूलमाला मलाई
मेरो देश हाँसेको हेर्नु छ
कोही त होला सपुत
मेरो सपना पूरा गर्ने ?
कोही छ सपुत?
अह छैन
सबै कपुत
नेता कपुत
अनि
जनता कपुत
सक्दिन म जन्म लिन
नत्र म आउथे देश बनाउन
शान्ती फिर्ता गर्न
म
शाहीद
तिमी
हुन सक्दिन
अनि
तिमी
शाहीद
हुन सक्दैनौ
तेसैले मेरो देश रुन्छ
म पनि रुन्छु
0 सुझाबहरु:
Post a Comment