Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Monday, March 14, 2016

लघुकथा - बाकस


राकेश शुक्रबारको स्कुल चाँडै बिदा भएर घर आयो । सधै जस्तै मा खाजा भनेन । हजुरबाको खल्तिबाट हर्बल झिकेन । झोला यथा स्थानमा राख्यो, बोडिङ्गको लुगा खोलेर दराजमा राख्यो । पुरानो लुगा लगाएर कोठाबाट निस्कियो । 

बराण्डामा राखिएका काठका टुक्रा निकाल्यो,केही छरिएका काटी बटुल्यो । अनि ढुङ्गाको अचानो राखेर ढुङ्गाकै हेम्बर बनाएर काठलाई एउटा काठको बाकस आकार दियो । केही गम खायो, अनि कोठा तिर हेरेर चिच्यायो " मा गिरमिट छ ? "

आमाले भित्रबाटै कराइन " होइन यो केटालाई आज के भयो? किन चाहियो गिरमिट ? " 

Share:

Friday, February 26, 2016

लघुकथा - "देखाउने र चबाउने दात"

"हजुरको प्रकाशक गृहको नाम बजारमा सुनेर,एउटा पुस्तक निकाल्नु पर्यो भने सोचले यहाँ आएको ।" आफू त्यहाँ जानुको कारण खुलस्त पारे 
"राम्रो,हाम्रो प्रकाशक गृह अरु भन्दा भिन्न छ । हजुरहरुको सेवा हाम्रो पहिलो प्राथमिकता ।" निकै प्रसन्न मुद्दामा प्रकाशक गृहका संचालक बोले
आफ्नो गृहबाट प्रकाशित कृति,अब बजारमा आउन लागेको कृतिको लामै सुची बताए । हामी उत्कृष्टलाई स्थान दिन्छौ सम्म भन्न भ्याए । बजार व्यवस्थापन सम्म गर्दिने वाचा दिए ।
Share:

Monday, July 27, 2015

लघु कथा - वास्तविक पीडित

सबै काम,अध्ययन सकेर बेलुकी घरमा भेला भए।यो घरको मुखिया,प्रमुख भनौ या बा राजेन्द्र अनि घरमा एक्लो कमाउने पनि उनिनै।परिवारमा दुई जना छोरा बेरोजगारे तर अध्ययन गर्दै,त्यस्तै दुई छोरी भक्खर क्याम्पस पुगेका कमाउने कुरै भएन, श्रीमतिलाई घर धन्दामै दिन चिप्लिएको थाहानै नहुने।आत्मियताले सुखी परीवार धनले मध्यम वर्गिय।
खाना खाएर सबै एकै स्थानमा भेला भए,दिन भरका प्रगती-दुर्गती विवरण पेस भयो सबैबाट।त्यस पछी सबै टि भि हेर्न पसे कोठामा।टिभीका कार्यक्रमहरुले देखाउदै थिए उहीँ भुकम्पले भत्किएका घर,मरेकाको लास अनि शोकमा कुडिएका आफन्तहरु।राजेन्द्रले लामो सुस्केरा हाले,"कस्तो देश कस्तो भयो?" सबैले चिन्ता गरे देशको।
Share:

Tuesday, December 23, 2014

लघुकथा- "मन"


निराजन "प्रभात" लुइँटेल
मतान कोठामा पढेर बसिरहेको थिएँ,पढेको के थिएँ केबल किताब खोलेर बसेको थिएँ म।बाहिरबाट गुनगुन आवाज आउँदै थियो,कान थापेर सुने।
"यसले गर्नु गर्यो,अब अतिनै भयो।कसरी तह लगाउँने होला यसलाई?"बाको आवाज
"हो त एक दिन दुई दिन कति खप्नु हो?कलिलैमा यस्तो गर्दै छ पछि के होला यसको ज्याजती?"दाजुले थप्नु भो
"अब यसलाई केहि गर्नै पर्छ।कसरी हुन्छ् यसलाई लाईनमा ल्याउँनु पर्छ।यसले बिगार गरेको समयमा ढुकेर हुन्छ कि के गरेर हुन्छ यसलाइ अब समात्नै पर्छ रङ्गे हात /"दिदी पनि बोली बिचमा जान्ने भएर।
Share:

Monday, December 1, 2014

लघुकथा -खोक्रो आडम्बर


अहो ! छि छि! यस्तो पनि हुन्छ बाथरुम ? पानीको पाइप पनि छैन,टिसु पेपर पनि छैन,कसरी हातनै प्रयोग गर्न सकेका होलान? फेरि हातैले खान्छन,न काँटा न चम्चा ।यो फेनले पनि हल्ला मात्र गर्छ अहो! कस्तो गर्मी भएको अफ अफ हात टक्टकाउदै छातिमा मुखले फु फु गरे । उसले गुनासो गर्यो । धमास दियो बिदेश बसाइको एसिको,एटेज बाथरुमको । चिल्ला बाटा,सरर गुड्ने गाडीको । यो देश छि छि! लाग्छ कहिले पाइला नटेकु खोक्रो रवाफ ओकल्यो ।दुई महिनाको बिदा कसरी बिताउनु चिन्ताको रेखा देखियो निधारमा ।उसको भनाइले लाग्दै थियो उ नेपाल कहिले आएको थिएन दुई महिना होलिडे मनाउन आएको छ पहिलो पटक ।
Share:

लघुकथा - " गुणस्तर"


हिलापूर देखि हल्लेरी सम्मको १८ कि मी सडक कालो पत्रे गर्न बजेट पास भयो। यो हल्लाले हुनेखाने जति खुशी भए हुदा खानेहरु त्यति खुशी हुन सकेनन् । सडक बन्ने भएपछी त्यो क्षेत्रको जग्गाको भाउ सुन बराबर पुग्यो।हुदा खानेले त्यो क्षेत्रमा जग्गा किन्न के किन्ने सोच्न सम्म नसक्ने भए ।बाटोको टेन्डर पर्यो पश्चिम नेपालको यु एण्ड मि कम्पनीलाई । स्थानीयको अर्को आशा केही दिन रोजगार पाइएला भन्ने आशा पनि टुट्यो ।पश्चिमका इन्जिनियर,कामदार,मेसिन,ठेकेदार आए । खोलाको बगरमा टेन्ट लगाएर काम गुरु गरे ।
Share:

Tuesday, September 30, 2014

लघुकथा-"धुम्रपान स्वास्थ्यकोलागी हानीकारक छ"

धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।
Share:

लघुकथा- महान ब्याक्तित्व !!

कलेजको वार्षिकोत्सबमा पिन्सिपल बोल्दै थिए - हाम्रो कलेज नेपालकै नाम चलेको कलेजमा पर्छ।यहाँ हामिले ठूल ठूला हस्तीलाई जन्मदिएका छौँ ।हाम्रो शिक्षाको स्तर बिदेशी कलेज भन्दा कम छैन । केही मान्छे आफ्नो पैसाको रवाफ देखाउन आफ्ना छोरा छोरी बिदेशी कलेजमा पठाउछ्न पढ्नलाई ,उनिहरुले आफ्नो देशमा भएको यत्रो ठूलो कलेज देखेर पनि आँखा बन्द गर्दैछन । आज धनिहरुको यो परम्परा अनि सान भएकोछ,यो परम्परा बन्द हुनुपर्छ।
Share:

लघुकथा- "जीउँदो"


म जन्मिने साथै सबै खुशी भए,रमाए।
"एउटाले भन्यो यो किन अहिले सम्म रोएन?"
सबै आत्तिए,डराए कतै मृत जन्मिएको होइन अनुमान लगाए।केही समय अगाडीको खुशी सबै निराश सन्नाटामा बदलियो।कसैले मेरो छोरा भने,कसैले नाति,पनाति,भाइ,भतिज,भदो,भान्जा यस्तै खोइ के के हो के के।नाताहरुको त्यो थाक देखेर म च्याँ च्याँ गरे,ती नाताहरुले ऐठन भएर रोएँ।फेरि खुशिको फोहरा सुनियो।सबैले मायालुपलको स्पर्श दिए।
Share:

लघुकथा-भिन्नता


"सर आज मेरो पेट निक्कै दुख्दैछ,काम गर्न सक्छु जस्तो लाग्दैन।त्यसैले अनुरोध गर्न आएकि आजलाई बिदा दिनु पर्यो।"- देव्यानीले मधुर स्वरमा अनुरोध गरिन
"के भएर दुख्यो हो त तिम्रो पेट?"-केहि ठाट्टा गर्दै सोमनाथले प्रश्न गरे
"सर पनि महिलालाई किन पेट दुख्छ हजुरलाई थाहा छैन?"-देव्यानी मुसुक्क मुस्काउदै बोलिन्
"ठीक छ,भोलि पनि ठिक नभए मलाइ एक कल गर्नु अनि आराम गर्नु,केहि दवाई पनि लिनु है।पैसा त छ तिमी सँग?" सोमनाथले सुझाब मुलक बिदा दियो
Share:

राजिनामा


यमराज धेरै क्रोधित हुँदै आफ्ना दुतहरु चण्ड,मुण्डलाई बोलाउछन।यमराजको आदेश शिरोधार गर्दै निमेष भरमा सभामा दुतहरु हाजिर हुन्छन। भैसीमा सावार आफ्नो राजाको यस्तो रुप आज सम्म यी दुतहरुले देखेका थिएनन।पापीलाई केरकार गर्दापनी भद्र अनि मिजासिलो व्यवहार देखाउने यमराजलाई आज के भएछ बुझ्न सकिरहेका थिएनन।
"यहाँ यो पाप र धर्मको छिनोफानो गर्ने न्यायाधीश म हो कि होइन?" चर्किदै प्रश्न गरे यमराजले
यो अनायसको प्रश्नले आत्तिए दुतहरु ,निशब्द भए,लुग लुग कामे आउन सक्ने आपतको आँकलन गर्दै।
"किन नबोलेका,किन चुप?" युमराज आँखाबाट आगो निकाल्दै बोल्दै थिए
Share:

लघुकथा- "मैले ९ मिनेटमा लेखे नि"


सानो छोराले कपिमा केही लेख्यो,उसैलाई चित्त बुझेन क्यार फेरि मेट्यो।केही बेर सोच्यो फेरि लेख्यो,केही अपूग मानेर फेरि मेट्यो।इरेजर घोटिएर सानो भयो तर छोराले लेख्ने र मेट्ने क्रम रोकेन।म पर बसेर टि भि हेर्दै यी सब नियाल्दै थिएँ।
लामो समय पछि छोराको मुहारमा केही चमक आयो,उ आनन्दित हुँदै मुसुक्क मुस्कुरायो।मेरो छेउमा आएर बोल्यो "बाबा यो टिभी ले ९ महिना देखि लेख्न सकिएन भनेको मैले ९ मिनेटमा लेखे नि।"
Share:

Wednesday, August 20, 2014

लघुकथा-उपचार

लघुकथा-उपचार


​डाक्टर साहेब नर्सहरुको लावालस्कर सहित आइ सि युमा छिरे।भित्र पसेर यसो नाडी छामे।नर्सहरुसँग साउतीमा कुरा गरे र बाहिर निस्किए।
यि सबै म बाहिरबाटनै हेर्दै थिएँ,आइ सि युमा पस्ने अनुमति थिएन।
"यो बिरामीको आफ्नो मान्छे हजुरनै हो?बिरामीको हालत गम्भिर छ,चाडै ५० हजार काउन्टरमा जम्मा गर्नुस्। अनि उपचार हुन्छ,बाँकी भगवानको ईच्छा।" डाक्टरले आफ्नो कुरा राखे र गए।
Share:

"नयाँ जागिर"

लघुकथा- "नयाँ जागिर"
निराजन प्रभात लुइँटेल
"कुन खुशिमा आज यो रमाइलो यार?" मैले प्रश्न गरे/ हत्त पत्त पैसा निकाल्न नचाहने मेरो साथिको आजको यो पार्टीले म छक्क परेको थिएँ ।
"मेरो बहिनिले नयाँ जागिर पाएकि छे,अब मैले उसको पढाइको खर्च उठाउनु नपर्ने भयो,मेरो बहिनी आफ्नो खुट्टामा उभिन सक्ने भएकी छे।मोज गर केटा हो।आजको सबै खर्च मेरो तर्फबाट।बहिनीले एडभान्स पाएकि रैछ त्यो पैसा बाट केहि पैसा मलाइ रमाइलो गर्न दिएकि थिई,त्यसैको आजको रातमेरो बहिनिको नाम।सालिनिलाई मैले फोन गरेको थिए नयाँ दुई परी (नयाँ माल< हाम्रो भाषामा) आएकाछन् रे तिमीहरु दुईको लागी नयाँ परी मेरो त सालिनी छदै छे।"
हामी तीन मित्र तीन अलग अलग कोठामा पस्यौ।
Share:

Wednesday, July 16, 2014

लघुकथा-माली


एउटा मालीले वर्षौ सम्म फूलबारीको हेरबिचार गर्यो।जब ती फूलहरु फुले ढकमक्क उसैले मायानै नगरी टिपेर बेच्न थाल्यो।
Share:

लघुकथा-दुःखको कमाई


पूरै कोठा थर्किने गरि मेरो साथी फोनमा कुरा गर्दै थियो,के बिदेशमा पैसाको बोट छ?कति पठाउनु पैसा मैले अस्ति भक्खर तीन महिना अगाडि त पठाएको थिए। के घर परीवारको जिम्मेवारी मेरो मात्र हो?के थाहा हजुरहरुलाई यहाँ कति दु:ख छ भन्ने।यस्तै के के हो के के,पूरै दुःखको कहानी ।
Share:

Monday, June 2, 2014

परदेशी

निराजन प्रभात लुइँटेल -
म काममा ब्यस्त थिएँ, घरको नम्बरबाट लगातार मिसकल आयो। यसरी त मिसकल कहिलै आएको थिएन – मेरो दिमागमा अनेक तर्कना आए। छोरा चकचके छ कतै लडेर घाइते त भएन? बाबा बिरामी हुनुहुन्थ्यो केही त भएन? श्रीमती कमजोर थिइन्,सुत्केरीमा आर्थिक अभावले केही तागतिलो खाना दिन सकिएन, सँधै उनको पेट दुख्छ,कम्मर दुख्छ, उनलाई केही त भएन? भाइ फटाहा छ कतै झगडा त गरेन?
यस्ता अनेक शंकाले मनमा डेरा जमाए। अझै मिसकल आउने क्रम रोकिएन। फोनमा ब्यालेन्स थिएन। फोरमेनसँग अनुमति लिएर म दुकान गएँ।
घरको नम्बरमा फोन गरेँ। उताबाट रुन्चे स्वरमा ‘हेलो’ भन्यो। त्यो मेरो ४ वर्षको छोरा थियो। ‘बाबु के भो,’ मैले अड्किँदै सोधेँ।
Share:

वाचा,बिवाह र बिछोड



दुई आत्मा आज बन्धनमा बाँधिदै थिए,पबित्र बन्धन एक सामाजिक बन्धन बिवाहको बन्धन। आँगनमा खुट्टा राख्ने ठाउँ थिएन पाहुनाको लर्कोले। सबै शुभकामना लिएर आएका थिए सस्ता अनि महङ्गा र्यापिङ्ग पेपरमा बेरेर । सबैको मुहार खुशी थिए,नाँच्ने,गाउने रमाउनैमा ब्यस्त थिए सबै आगन्तुक । सबै खुशिनै थिए सिवाय बेहुलीका बा-आमा। बा-आमालाइ कामको चटारो,जन्माएर यत्रो साल पालेकी,हुर्काएकी आफ्नै खून बेच्नु थियो दाइजो जो दिएर ।
Share:

सहिद ।।


निराजन प्रभात लुइटेल


पूरानो साइकल लिएर म निस्किएँ बजार।पर क्षितिजमा धेरै हल्ला सुने,के भएको रहेछ जान्ने ईच्छा भो र लागे उतै तिर।धरै मानिसको भिड थियो,मानिस सम्म छिर्ने ठाउँ थिएन।प्रहरीहरु पनि थिए।बिद्यार्थि नारा लगाउदै थिए।हाम्रो माग पूरा हुनै पर्छ,मृतकलाइ सहिद घोषणा गर भन्दै।के कारण मरेछन्  आखिर सहिद हुने गरि मनमा जिज्ञासा पलायो।कुरो बुझ्दै लादा।ती एक मेघाबी छात्र रहेछन एम ए गरेका।मार्सिटको बिटो बोकेर धेरै ठाउँ भौतारिएछन तर हात लाग्यो सुन्य।
Share:

Wednesday, August 24, 2011

भुत !!


दुई जना मित्र बिज्ञान बिषयको परीक्षा दिएर गाउँ फेर्दै थिए/गाउँले बाटो हिड्न पनि अबेला हुनाले रात मज्जाले पर्र्यो /आफ्नो  गाउँ (घर )पुग्नु भन्दा अगाडी एउटा सानो खोला थियो/वास्तवमा भन्नु पर्दा मरेका मान्छे जलाउने ठाउँ/"रात बिरात हिड्नु हुन्न भूतले बसमा पार्न सक्छ" -यस्तै सुन्दै हुर्किएका हामीपनि/

चुक घोप्टिएको जस्तो रात त्यसमा पनि औशिको रात /किराहरुको एकोहोरो स्वर /सुनसान सडक अनि त्यो नदी /दुई भाइ नदी छेउमा के पुगेका थिए/अलिक पर जहाँ धेरै जसो मान्छे जलाउने गरिन्थियो एउटा आकृति देखियो हल्लिरहेको /लाग्थियो त्यो आकृति हिड्दैछ /दुई भाइकै होस् उड्यो /अब के गर्ने कसो गर्ने बेखबर/"यहाँ  बाट खोला तर्नु ठीक छैन अब भाग्नु पर्छ"-एक भाइले भन्यो /हो हो हामीले आज गल्ती गर्यौ भूतले हामीलाई घेरेजस्तो छ भाग्नुनै उचित होला /
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive