Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Thursday, June 5, 2014

गीत By निराजन प्रभात लुइँटेल

यो गीतलाई हेरेर कोहि मित्र संगीत भर्न या गाउन चाहनु हुन्छ भने मलाइ सम्पर्क गर्नुहोला।
 nirajan.luitel@gmail.com or Nirajan_pravay2000@yahoo.com

यता उता सधैँ आँखा जुधाउँछ्न  किन ।
रुप नाप्दै मन फेरी कुदाउँछन किन ।।


सस्तो भयो माया,बजारको खेल ।
बैस आयो गयो,भदौरेकै भेल ।।
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन।
त्यसै माया गर्ने मुटु चुकाउँछ्न किन।।
Share:

Monday, June 2, 2014

गीत,

खाली मुटु तिम्रै ठाउँ तिमी भित्रै पस्नु । 
यसै गरी सधैं तिमी मुटु भित्र बस्नु ।। 

जुन तिमी सधैं सधैं शीतलताको खानी । 
घुर्की धम्की धेरै माया अनौठो त्यो बानी ।। 
एक्लो हुन्छु हिजो आज अङगालोमा कस्नु । 
यसै गरी सधैं तिमी मुटुभित्र बस्नु ।। 
Share:

Monday, September 19, 2011

गीत-१३


दौडी रह्यो समययो,पिसिदैछु एक्लो हुँदा।
कस्ले भन्छ परदेशमा,कठैबरा मैले रुदा।।

रनबन उस्तै होला,मैले डुल्ने चौतारी'नि ।
लाखा पाखा लागे होलान् सँगै खेल्ने दौतारी'नि।।
मनै रम्ने मेरो गाँउ एक्लियो रे हिजो आज ।
कोइली'नि चुपचाप,उल्लु रुन्छ सँधै साँझ।।
Share:

Tuesday, June 28, 2011

गीत


देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।
भक्कानिएँ घरी घरी,सिरानीको फोटो सम्झे।।

सोचे केहि भयो अर्कै,बिधाताले खेल खेल्यो।
फुल्दै थियो कोपिलामै,भमराको दु:ख झेल्यो।।
छैन धन मन मात्र,फाट्या मैलो भोटो सम्झे।
देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।
Share:

Saturday, May 21, 2011

गीत-१२


मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|
डाहा गर्दै तिम्रो मुहारको जल्ने बनायौ ||

तृप्त पार्यौ नशा नशाभित्र माया घुलाएर|
भन्न सक्छु प्रीय तिमी मेरो छाती फुलाएर||
पत्थर मुटु मेरो मायालेनै गल्ने  बनायौ|
मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ||
Share:

Tuesday, March 22, 2011

गीत-११


जब देखे तिमीलाई,बल्न थाल्यो मनको दियो!
मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थियो !!

भनौ भने जून पनि,जूनमा पनि दाग देख्छु,
सुन भन्दा सुनको पनि,बजारमा माग देख्छु।।
भेट पनि हुने होइन ,सम्झनाले ज्यानै लियो,
मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थियो!!
Share:

Wednesday, March 16, 2011

गीत-१०


मधुरस घोली घोली,
पिईदिएँ तिम्रो मया।।
एकान्तमा हुदा राख्छु,
तिम्रो फोटो दायाँ बायाँ।।


तिम्रो माया देखी सके,
मनको दैलो टेकी सके।।
माया भित्र फसे पछि,

Share:

Thursday, March 10, 2011

गीत-९




अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!
सोची हेर आफै मेरो जस्तो माया कहाँ भेट्छौँ!!

 कसले दियो माया तिमीलाइ मेरो भन्दा धेरै ! 
तिमी हाँसे पुग्यो मानेकोछु तिम्रो खुशी मेरै!!
आधा मात्रै मत नामोनिशान किन मेरो मेट्छौँ!
अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!!
Share:

गीत-७


तिम्रो माया भित्र खोट मात्रै भेटियो !
तिमी  भित्र बस्ने रहर मेरो मेटियो !!

हिजो खाँयौ कसम झुटो,देवता भाकेर ,
आज गयौ अर्कै सँग ,इज्जत फ्याकेर !!
मेरो चोखो मुटु आज त्यसै रेटियो !
तिम्रो माया भित्र खोट मात्रै भेटियो !!
Share:

गीत-८


निष्ठुरीलाई मुटु दिए घात भयो !
हिजो आज  दिन पनि रात भयो !!


सोच! यहाँ फूल सँगै काडाँ हुन्छन् !
मुटु लिई पापीहरु टाढा हुन्छन्!!
खाको कसम पनि  झुठो बात भयो !
हिजो आज  दिन पनि रात भयो !!
Share:

Saturday, February 12, 2011

गीत-6


धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।
फूल जस्तै ओइलिदै झर्नै पर्छ भन्ने छैन।।


सबै जना बाँचेकै छन,एक्लो जीवन साँचेकै छन।
जीबनको रंगमञ्चमा रमाउँदैनै नाँचेकै छन।।
दुखि हुदै सधै पछि सर्नै पर्छ भन्ने छैन।
धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।
Share:

गीत- 5


भुल्दै राम्रो अझै मेरै नाम जप्छु नभन।
तिमी पाउँन सधैँ अग्नि ज्वाला तप्छु नभन।।


बगि जाने खोला हु म फर्कि अब आउँन्न।
मोडि सके बाटो अन्तै तिमि तिर धाउँन्न।।
Share:

Tuesday, January 25, 2011

गित


तिमी बिना जीवनमा कहाँ पाऊँ माया,
छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।


माग्ने छुइन दैवसँग हात फिँजाएर,
गासौँ नाता जनमजनम राखौँ मिलाएर
Share:

Sunday, September 12, 2010

- सधैं किन अन्तै आँखा

सधैं किन अन्तै आँखा जुधाउँछ्न किन
रुप नाप्दै मन फेरी कुदाउँछन किन

सस्तो भयो माया,बजारको खेल
बैस आयो गयो,भदौरेकै भेल
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive