Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, July 26, 2015

गजल - 2015-07-26

याद  अनि  बचपन , लिलामीमा राखियो ।
मुटु भित्रको धड्कन ,लिलामीमा राखियो ।

बित्यो  जवानी अरबमा, गर्दा  गर्दै गुलामी ,
बाध्यताले  सारा जिवन ,लिलामीमा राखियो ।
Share:

Wednesday, April 1, 2015

गजल -2011-11-20

बगेको छ यौवन समालौ कहाँ पो! कसेरै तनलाई अगालौ कहाँ पो!! झुकेका नयन यी इसारा दिदैछन्! छ दागी जवानी पखालौ कहाँ पो!!
Share:

Tuesday, February 24, 2015

गजल-01-02-2015

हुन्छ सधैँ यी कुरा याँ बारबार हुन्छ !
तिम्रो नजरले मुटु यो वारपार हुन्छ !!
शिखर जस्ता बक्ष्य छिनेको छ कम्मर !
चुम्न देउ मायाले साँचीके सार हुन्छ ??
Share:

गजल -20-02-2015




नदि आफै बग्दैन ,बग्ने त पानी हो ।
दिन रात फेरिन्न ,बित्ने जवानी हो ।

खोज्छौ मित्र किन माया यता उता ?
तिमी आफै लाखौँ मायाको खानी हो ।।
Share:

Wednesday, August 6, 2014

गजल -2069-5-12

निराजन "प्रभात" लुइँटेल

तिमी रुन जान्दछौ कि जान्दैनौ जाँच्न मनछ।
सम्झि सम्झि तिम्रो सबै हर्कत हाँस्न मनछ।

गर्यौ माया कति भनि तौलने निधो गर्दै।
टुक्रा टुक्रा पार्दै चुरा काँचको भाँच्न मनछ ।।
Share:

Monday, June 2, 2014

गजल- May-10-2014

आफ्नै फोटो पो जलाउनु भो !
नौलो चलन चलाउनु भो !!

कस्तो अचम्मै देख्नु पर्ने ह !!
टुप्पा बाटै पो पलाउनु भो !! 
Share:

Monday, September 19, 2011

गजल-८४


जीउँदोछु आधार छैन।
देख्या स्वप्न साकार छैन।।

रित्तो रित्तो एक्लोछु आज।
आफन्तको ब्यहार छैन।।
Share:

Wednesday, August 24, 2011

गज़ल ८३


सिंगो यौटा  मुटु दिएँ गुलाबनै  खोज्नु किन ?
ईसारानै काफी थियो  ,जवाबनै  खोज्नु किन ?

हुन्छ माया आफै आफै ,मुटुहरु मिले पछी !
कसको माया कती भन्दै ,हिसाबनै  खोज्नु किन ?
Share:

गज़ल ८२


दुखी छैन तरपनि पिएँ बालै भएन।
जीवन हो आफ्नो मेरै जीएँ बालै भएन।।

साथ पाएँ घात पाएँ भोगे सुख दु:ख।
फट्यो आफै नाथे मन सिएँ बालै भएन।।
Share:

गज़ल ८१


उड्यो मन भुवा सरी,छैन लक्ष्य दोधार छु !
भुले सारा गन्तव्यनै ,कसैबाट साभार छु !!

भिरको चिण्डो भएँ मत ,कहाँ होला अन्त्य मेरो !
बोझ भएँ परिवारको ,नकेहि को आधार छु !!
Share:

Saturday, July 23, 2011

गज़ल-८०


जो बिक्छ पैसामा,इमान उसैको !
सुनिन्छ सधैनै बखान उसैको !!

के बुझ्यौ तिमीले,दुनियाँ पढेर ?
लुटेको धनमा छ शान  उसैको !!
Share:

मतला बिहिन !!!बहसको साथमा


(छलफल गज़लको समुहमा  बहस हुदाको समय मतला बिहिन गज़ल (नै भने है )लेखियो /यसको शरीर तयार भो धेरै दिन अनुसन्धान शाखामा पनि राखियो ,धेरै खोज गरे प्रयास गरे तर सबै फेल /त्यसैले बीना शिर राख्ने प्रयास गरे)

फुल्यो टिप्यो सजियो उनका केशमा
खोइ त बुझ्यो कसैले फूलको पीडा !!

रुन्छन् सबै छुटेका ती साथी सम्झेर
खोइ त बुझ्यो कसैले मूलको पीडा !!
Share:

Wednesday, July 20, 2011

गज़ल संग्रहको अनुहार




बजारमा आउन लागेको सयुक्त गज़ल संग्रहको अनुहार !!


Share:

Tuesday, July 12, 2011

गज़ल-७८

नलेख्नु कहानी खोटो छ जवानी !
उमेर ढल्केपनि  फोटो छ जवानी !!

लड्नु छैन मैले भेट्नु' पो छ नै के?
मर्नुनै छ सबै छोटो छ जवानी !!
Share:

गज़ल-७९

समस्याको मुहान खोज्दैछु !
दीर्घकालिन् निदान खोज्दैछु !!

भुल्यौ आफै आफ्नोपन् कसरी ?
शहीदको चिहान  खोज्दैछु !!
Share:

गज़ल-७७

सौम्य थियो रात भने ,उत्ताउलो तिम्रो  छाती !
थप्दै थिएँ तेल मैले ,ह्वार बल्दै गयो  बाती !!

बढ्यो चाल तिम्रो पनि,सुस्त बढ्यो  मेरो  हात !
शुन्य प्राय कोठा हाम्रो,कस्तो मात  चढ्यो  राती  !!
Share:

गज़ल-७६

जीवन जिउन कस्तो हम्मे  ल यो कठै!
जती बुझ्यो उति गाह्रो छ यो कठै!

हुदा लक्ष्मी कती कती मेरै जगत!
दरिद्रले घेर्यो जब म यो कठै!!
Share:

Tuesday, June 28, 2011

गज़ल-७५


आफ्नो लास आफुलेनै बोक्नु पर्ने कस्तो आयो जमाना यो।
आफ्नो मुटु आफुलेनै जोख्नु पर्ने कस्तो आयो जमाना यो।।

जन्मे एक्लै समाजमा साथ खोज्नु आफन्तको भुल गरे।
रोएँ पनि आँशु भने रोक्नु पर्ने कस्तो आयो जमाना यो।।
Share:

गज़ल-७४


नाँच्न जान्दैन् आँगन् टेडो यस्तै भा'छ कलियुगमा!
भदौरेको भेल जस्तै जीवन गा'छ कलियुगमा!!

हात्ती आयो हात्ती आयो फुस्सा भयो सपना'नि!
सधै हाँसो खुशी मात्रै कसले पा'छ कलियुगमा!!
Share:

गज़ल-७३


शोक पर्दा त्यो बाँसुरी बाजा सुनियो  !
बिष्णु रुप भुक्त भोगी  राजा सुनियो  !!

 उल्फाको धन फुपुको श्राद्ध गर्र्यो मज्जाले !
 मासु बीच दुध  र दहि  खाजा सुनियो  !!
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive