पहिलो पटक देश छोड्दै थिएँ,झोला,हरियो पासपोर्ट अनि मन भरी रंगिन सपनाको भारी बोकेर हुइकिएँ दोहा ।कतारको निजि बिमानमा पसे ,एक पटक बाहिर हेरे आँखाको भेल रोक्न सकिन ,गोजिभित्रको रुमालले बार लगाउन खोजे तर ब्यर्थ काँहा रिकिनु त्यो बेतालको खहरे बगिरहयो गालाको बाटो हुँदै । विशाल विमान अनि ३० बिसा मान्छेको भिडमा एक्लो भएँ म । बिमानले भुइ छोड्यो मन झन आत्तियो,बेगमा हानियो विमान आफ्नो लक्ष भेट्न म भने बिना लक्षको भएँ।
पिसाबले च्यापेर ट्वाइलेट गएँ ,ढोका खोल्न खोजे खुलेन । होस्टेजले सुरिलो श्वरमा सोधिन Any problem sir? कुरो आधा बुझे तर समस्या बताउन सकिन।आफै सँग रीस उठ्यो ,अंग्रेजी पढ्ने समयमा कक्षामै उगेको याद आयो । हातको सहाराले देखाएँ ढोका खुलेन भने ।हाँस्दै उनिले ढोका खोल्दिइन म भित्र गएँ एक हातले ढोका समाएँ अनि हल्का भएँ । लजाउदै बाहिर निस्किएँ र आफ्नो स्थानमा बसे । खाना आयो खानै मन लागेन । चिया आयो पिउनै मन लागेन । कुनै कुनै साथिले बियर पिएको देखेर इसाराले मैले पनि मागेर एकै झड्कामा रित्याएँ ।
रातको ११ बजे विमान दोहा अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण भो त्यो दिन थियो २००७/०४/०८ । बहिर तातो हावा चल्दै थियो,सबै उत्रीए सपनाको नगरीमा,सबैको सपना थियो सुन्दर भविष्यकोम पनि अपवाद थिइन । १९ वर्षको त्यो उमेरमा धेरै सपना नभए पनि २ साल मेहनत गर्ने अनि अफ्नो अधुरो पढाइ पूरा गर्ने सपना थियो म मा गरिबिले यसरी मेरो पढाइको घाँटी थिचिदियो कि म बाध्री भएर हरियो पसपोर्ट बोकेर हिड्न बिवस भएँ।४ सन्तान मध्य म जेठो संतान हुनुले अनि बुबा बिरामी हुनुले पनि मेरो रहरको हत्या गर्न म बिवस भएँ। सपनाको शहरमा आउन मेनपावर ,मेनपावरको मालिक अनि साहुको गुलामी गरे अन्त्यमा आज म यहाँ छु । झिलिमिली रातको त्यो मनमोहक दृश्यले मलाइ कम्ता लोभ्याएन। आफ्नो देशमा संनटाले कोकोहोलो मच्चाउने यो समयमा यहाँ त दिनमा बन्दा उज्यालो छ,अनि बाटोमा गाडी गुडेका गुडेइ छन। हो साच्चै यो सपनाको शहरनै रहेछ ।
बिमानबाट उत्रिएपछि म पनि लाइन लागेर अद्यागमन तिर लागे। अहो!!कति मोटा मोटा प्रहरी भन्या देख्दै डर लाग्ने,होइन चोर समात्नु पर्यो भने कसरी कुद्छन होला यी भुसतिग्रेहरु । क्रमश म भित्र पस्दै गएँ,अहो!! बरखी बारेर बसेको जस्ता सेता सेता लुगा तल देखि माथी सम्म अनि टाउकोमा पनि सेतै फेटा फेटामा कालो हजुरआमाको कपाल बाध्ने धागो जस्तो लगाएका मान्छे । यी नै होलान अरबी कतारी अहो!! साच्चै अचम्मको पोसाक है आफुले आफुलाइनै प्रश्न गरे । कुनै कुनै छाप लगाउने काउन्टरमा कालो लुगा लगाएका महिना पनि थिए। पुरुष सेता लुगा अनि महिला काला लुगा लगाउदा रहेछन मैले अनुमान लगाएँ । यसरी म दोहा आइपुगे ।

क्रमश :
0 सुझाबहरु:
Post a Comment