निराजन "प्रभात" लुइँटेल
मतान कोठामा पढेर बसिरहेको थिएँ,पढेको के थिएँ केबल किताब खोलेर बसेको थिएँ म।बाहिरबाट गुनगुन आवाज आउँदै थियो,कान थापेर सुने।
"यसले गर्नु गर्यो,अब अतिनै भयो।कसरी तह लगाउँने होला यसलाई?"बाको आवाज
"हो त एक दिन दुई दिन कति खप्नु हो?कलिलैमा यस्तो गर्दै छ पछि के होला यसको ज्याजती?"दाजुले थप्नु भो
"अब यसलाई केहि गर्नै पर्छ।कसरी हुन्छ् यसलाई लाईनमा ल्याउँनु पर्छ।यसले बिगार गरेको समयमा ढुकेर हुन्छ कि के गरेर हुन्छ यसलाइ अब समात्नै पर्छ रङ्गे हात /"दिदी पनि बोली बिचमा जान्ने भएर।
बाहिर जती जती कुरा हुदै गयो उति उति मेरो मुटुको कम्पन बढ्दै जान थाल्यो।श्वास रोकिएला जस्तो भो।स्व स्वा स्वा लौमार्ने भए मलाई।लामो सुस्केरा लिएँ स्zzzzzzzzzzzzzzz
"ल म लागे शिरिषे माइला सँग सल्लाह गर्न,के गर्छ उसैले गर्छ।उ सँग कला पनि छ।"दाजुको श्वर थियो यो
म अत्तालिएँ,पसिनै पसिना भएँ,अनुहार रातो-पिरो भएँर आयो।मेरो नौनारी गले।अब सकिएँ म।कसो गर्नु के गर्नु औडाहा भो मलाई।कुन दिनको दसाले घुमाएछ मलाई?अस्ती ५० रुपयाँ अनि आज १०० रुपयाँ त झिकेको थिएँ'नि मैले बाको कोटबाट ।यतिको लागी शिरिषेलाई बोलाउँने?त्यो मुर्दो हेर्दै मेरो सातो जान्छ,आज सम्म उसको छेउ परेको छैन म ।अब बा,दाई सँग माफी माग्नै पर्छ।म रुदै रुदै बाहिर गएँ।
"दाई किन बोलाउँनु पर्यो शिरिषेलाई?अब देखि यस्तो कहिलै हुने छैन।"रुदै रुदै बोल्दै थिएँ म
मेरो यो हालत देखेर सबै तीन छक्क परे
"यो केटा के भन्छ,के भएको छ यसलाई?त्यत्रो मेहनत गरेर लगाएको आलु,पिडालु,सगरखण्ड सबै दुम्सिले सखाब पार्यो।के माया लागेको होला यसलाइ त्यो नाथे दुम्सिको पनि?अचम्म पर्नु छ बा।"बाले स्पस्टिकरण दिनुभयो
दुम्सि!!!??म छाँगाबाट खसे जस्तो भएँ।
0 सुझाबहरु:
Post a Comment