जब जब
मन डडेर पत पत धुवाँ आउछ
तब तब
शब्द बिस्फोट हुन्छन्
असरल्ल छरिन्छन शब्दहरु
कापीको क्यानभासमा
तब तब
शब्द बिस्फोट हुन्छन्
असरल्ल छरिन्छन शब्दहरु
कापीको क्यानभासमा
यतिले नपुगेमा
बन्द कोठा भित्र केहि थान उस्तै मन दुखेका ठीटा भेला हुन्छन्
सुरु हुन्छ पून बोतलको पानी बाड्ने क्रम
सुन्यता चिरिन्छन्
गिलास भरिन्छन्
अनि एउटा संयुक्त आवाज निस्किन्छ
“चियर्स”
यहीँ योजना बन्छन् जीवनका
त्यहि अन्त्य हुन्छन्
सपनाहरुको हत्या गरिन्छन्
हजारौ थान चुरोटबन्द कोठा भित्र केहि थान उस्तै मन दुखेका ठीटा भेला हुन्छन्
सुरु हुन्छ पून बोतलको पानी बाड्ने क्रम
सुन्यता चिरिन्छन्
गिलास भरिन्छन्
अनि एउटा संयुक्त आवाज निस्किन्छ
“चियर्स”
यहीँ योजना बन्छन् जीवनका
त्यहि अन्त्य हुन्छन्
सपनाहरुको हत्या गरिन्छन्
ठोसिन्छन् खरानीदानीमा
जीवनको जोड घटाउ
गुणा भाग लगाउछन्
कोही जीवनको वासलात मिलेकोमा कुटिल मुस्कान फुलाउछन्
जस जसको मिल्दैन ती अमिलो अनुहार पारेर
पून जोड जोडले गिलास समाउछन्
लाग्दो हो उसले जीवनलाइ समाएको छ
फगत भ्रम !
जीवन बुझिन्छ
जीवन बुझाइन्छन्
धुवाँको मुस्लोले कुइरीमण्डल वातावरण
दाते,गेटे,सेक्सपियर जन्मिन्छन्
हज्जारौ उपन्यास,कविता
गर्भधान गरिन्छन्
रक्सी र चुरोटको समागमले
के हुन्न यहाँ सबै हुन्छन्
त्यही हुन्छन् थोमस अल्भा,राउट दाजु भाई अनि ग्रामबेल
यहि अनुसन्धान हुन्छ
प्रयोग हुन्छ
अनि सप्लाई हुन्छ
जीवन बुझाइन्छन्
धुवाँको मुस्लोले कुइरीमण्डल वातावरण
दाते,गेटे,सेक्सपियर जन्मिन्छन्
हज्जारौ उपन्यास,कविता
गर्भधान गरिन्छन्
रक्सी र चुरोटको समागमले
के हुन्न यहाँ सबै हुन्छन्
त्यही हुन्छन् थोमस अल्भा,राउट दाजु भाई अनि ग्रामबेल
यहि अनुसन्धान हुन्छ
प्रयोग हुन्छ
अनि सप्लाई हुन्छ
म एक कुनामा बसेर यी नियाल्छु
केहि थान टाउका भित्र पीडा देख्छु
मन धुवा धुवा भएको पाउछु
म पनि त पीडितनै हो
सितन टोक्छु
लाग्छ मैले सितन होइन पीडा टोक्दैछु
चबाउछु मज्जाले मर्याक मुरुक्क पार्छु
अनि मन शान्त पार्छु
अब शान्त हुन्छु - मैले पीडालाई निलेकोछु
यो आशाले म एउटा अलौकिक निन्द्रा पाउछु
भोली कहिले नहोस् भन्ने कल्पनामा निदाउँछु।
केहि थान टाउका भित्र पीडा देख्छु
मन धुवा धुवा भएको पाउछु
म पनि त पीडितनै हो
सितन टोक्छु
लाग्छ मैले सितन होइन पीडा टोक्दैछु
चबाउछु मज्जाले मर्याक मुरुक्क पार्छु
अनि मन शान्त पार्छु
अब शान्त हुन्छु - मैले पीडालाई निलेकोछु
यो आशाले म एउटा अलौकिक निन्द्रा पाउछु
भोली कहिले नहोस् भन्ने कल्पनामा निदाउँछु।
तर
पून भोली हुन्छ
पीडा बल्झिन्छन्
हरियो पासपोर्ट दुख्छ
लाग्छ हरियो पासपोर्ट हरियो बास हो
त्यो अलाम
एकोहोरो शंख हो
हामी आफ्नै मलाली जान अब तयार हुनुछ
जीवन भोग्छौ हप्ता भर
दु:ख गर्छौ हप्ता भर
पून झुमा रात आउछ
दोहोरिन्छ उहि
चुरोट फुकिन्छन्
बोतल फोडिन्छन्
प्रीयसीको पूरानो तस्विर हेरेर भक्कानिन्छ्न
साहुको तमासुक सम्झेर आत्तिन्छन
श्रीमती सम्झिएर सिरानी चेप्छन
नाँपिन्छन्
स्केल लगाएर जीवनको आयतन
लम्बाई
चौडाइ
मोटाई
सबै शुन्य शुन्य
पून भोली हुन्छ
पीडा बल्झिन्छन्
हरियो पासपोर्ट दुख्छ
लाग्छ हरियो पासपोर्ट हरियो बास हो
त्यो अलाम
एकोहोरो शंख हो
हामी आफ्नै मलाली जान अब तयार हुनुछ
जीवन भोग्छौ हप्ता भर
दु:ख गर्छौ हप्ता भर
पून झुमा रात आउछ
दोहोरिन्छ उहि
चुरोट फुकिन्छन्
बोतल फोडिन्छन्
प्रीयसीको पूरानो तस्विर हेरेर भक्कानिन्छ्न
साहुको तमासुक सम्झेर आत्तिन्छन
श्रीमती सम्झिएर सिरानी चेप्छन
नाँपिन्छन्
स्केल लगाएर जीवनको आयतन
लम्बाई
चौडाइ
मोटाई
सबै शुन्य शुन्य
यसरीनै शुन्यको पछाडी अनेक शुन्य थप्दै
पात्रो पल्टाइन्छन्
पात्रो पल्टाइन्छन्
हो यसरीनै जीवन बिताइन्छन् परदेशमा !
0 सुझाबहरु:
Post a Comment