याद अनि बचपन , लिलामीमा राखियो ।
मुटु भित्रको धड्कन ,लिलामीमा राखियो ।
बित्यो जवानी अरबमा, गर्दा गर्दै गुलामी ,
बाध्यताले सारा जिवन ,लिलामीमा राखियो ।
भन्छन् सबै गर्नु छ याँ, जितेर दुनियाँ सबै ।
हारेको यो एउटा मन ,लिलालीमा राखियो ।
तला माथी तला थप्दै, लम्किदैछ नभ छुन ,
बच्चा खेल्ने त्यो आँगन ,लिलामीमा राखियो ।

0 सुझाबहरु:
Post a Comment