Monday, July 27, 2015

लघु कथा - वास्तविक पीडित

सबै काम,अध्ययन सकेर बेलुकी घरमा भेला भए।यो घरको मुखिया,प्रमुख भनौ या बा राजेन्द्र अनि घरमा एक्लो कमाउने पनि उनिनै।परिवारमा दुई जना छोरा बेरोजगारे तर अध्ययन गर्दै,त्यस्तै दुई छोरी भक्खर क्याम्पस पुगेका कमाउने कुरै भएन, श्रीमतिलाई घर धन्दामै दिन चिप्लिएको थाहानै नहुने।आत्मियताले सुखी परीवार धनले मध्यम वर्गिय।
खाना खाएर सबै एकै स्थानमा भेला भए,दिन भरका प्रगती-दुर्गती विवरण पेस भयो सबैबाट।त्यस पछी सबै टि भि हेर्न पसे कोठामा।टिभीका कार्यक्रमहरुले देखाउदै थिए उहीँ भुकम्पले भत्किएका घर,मरेकाको लास अनि शोकमा कुडिएका आफन्तहरु।राजेन्द्रले लामो सुस्केरा हाले,"कस्तो देश कस्तो भयो?" सबैले चिन्ता गरे देशको।

जेठा छोराले कुरा निकाल्यो बाबा भोली क्याम्पसमा राहत उठाउने कुरा छ मलाई १००० रुपयाँ चाहियो,त्यसै मेसोमा कान्छा छोरा अनि दुई छोरीले पनि आफ्नो आफ्नो क्याम्पसमा राहत उठाउने हुदा आफुलाई पनि पैसा चाहिने कुरा राखे।श्रीमतीले पनि गाउँ  मण्डली समुहमा राहत उठाउने अभियान चलिरहेको र सबैले १००० कम दिएका छैनन् मलाइ पनि रकम दिनुस् भनिस्।
राजेन्द्र सबैको कुरा सुनेर जुरुक्क उठे,भित्र कोठामा गएर पूरानो मोबाइल निकाले र पून टिभी कोठामा आए।
"तिमीहरुलाई कति कति रकम दिनु पर्ने रे?" छोरा-छोरीलाई प्रश्न गरे।
"१०००/१००० बाबा ।" सबैले एकै श्वरमा जवाफ फर्काए
ए! ए !! ल पख है भन्दै राजेन्द्र मोबाइलमा क्याल्कुलेटर थिचेर हिसाब गर्न थाले
जेठालाई-१०००
कान्छालाई-१०००
जेठीलाई-१०००
कान्छीलाई -१०००
बुढी मान्छेलाई -१०००
अनि मेरो अफिसमा पनि राहत संकलण हुदैछ त्यहाँ १०००
जम्मा ६००० मात्र।
अनि मेरो तलब ५५०० भने पछी घर खर्च बाहेक मैले ५०० रीण खोज्नु पर्ने भयो होइन?
उनले भने "हे! भगवान मेरो घर किन भत्काइनस् ।" आँखा रसिला देखिए उनको ,बत्तिको उज्यालोमा पनि खुल्न सकेन मुहार ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive