चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए पछी पुग्यो मानिसलाई नानाभाती मनमा खेलाउँनलाई । “खाली दिमाग सैतानको घर” भन्छन् हो पक्कै पनि । जीवनका बितेका अवशेषहरुको टुक्रा टुक्री दिमागमा देखा पर्दा आफुले आफुलाई हिनताको भावनाले मार्न मन लाग्छ तर आज सम्म खै कसरी जीएको छु म । सायद अझै धेरै दुख, हण्डर, ठक्कर खान होलाकी ? म विवशछु विवशताले भने होईन आफ्नै कर्मले अनि दुखि पनि छैन तर सुखि पनि कहाँ छु म, कसरी व्याख्या, विवेचना गर्दा हुन मान्छे सुख, दुखको । कसलाई सुखि अनि कसलाई दुखि भन्ने। मेरो हेराईमा त यो जगतमा सुखि मानव होलान् जस्तो लाग्दैन् । हुने भएरै दुखि छ, नहुने नभएर दुखि छ । कोहि मायामा दुखि छ, कोहि जागिर नभएर दुखि छ । यसरी दुखिहरुकै नाम लिष्ट बनाउँने हो भने सुखिहरुको नाम औलामा गन्न सकिन्छ ।
बस्ता बस्तै वाक्कै भए जस्तो लागेर म आज बाहिर जाने बिचारमा लागे । जान त जाने तर कहाँ अनी कसलाई भेट्ने अनी के कामले ? कुकुरको कामपनि हुदैन रे अनि फुसर्दपनि मलाई पनि उस्तै भएको छ आज । प्रयोजन विहिन टुटेको चङ्गाको पनि आकाश या जमिन लक्ष्य त हुन्छ तर मेरो प्रश्नहरुको च्याङ्गले छयाङ्गको ह्याङ्ग ओभर भन्दा कम पीडा कहाँ दिएको होला र मलाई । बिचारको पर्खाल ढलेर किच्लाझै भएर हानिए म कम्प्यूटर कोठामा। धेरै समय देखि नचलेको कम्प्यूटरले मलाईनै कुरी कुरी भनेझै भान भो । आज मलाई एस एम एस गर्ने मान्छे सँग कुरा गर्नु छ ।
धेरै दिन देखि काम विहीन भएको हुनाले कम्प्यूटरमा धुलाले राज्य जमाएको रहेछ । कम्प्यूटर पुसपास गरेर विजुलीको प्लग जोडे अनि नेटको तार पनि जोडे । आज मलाई याहुमा च्याट गर्ने सनक चढेर आएको छ, पहिला पहिला नयाँ नयाँ कम्प्यूटर सिक्दा च्याटरुममा घण्टै हराउँदा पनि चित्त नबुझ्ने म याहुको किरालाई आज भोली च्याट भनेपछि दिक्क लागेर आउँछ । तर आज च्याट गर्ने मुडले नेट जोडेर बसेको म । च्याटरुममा पनि कति हुन अनलाईन, होईन आज भोली नेपालीलाई के भएको छ सबै कम्प्यूटरमा व्यस्त छन् । माथी देखि तल सम्म फेरी तल देखि माथी सम्म हेरे तर आज मैले कुरा गर्नै पर्ने मान्छे भने अनलाईनमा देखिन,सायद अदृष्य पो छ कि भन्ने शंकाले हाई भनेर म्यासेज पनि गरे तर उता बाट उत्तर आएन ।
एस एम एस गरेर आइडि दिने फोन भने नउठाउने कस्तो तालको मान्छे होला मन मनै रीस पनि उठ्यो । रीस उठेर के गर्नु बेकार आफ्नै मुख कालो पार्नु न हो भन्दै मन बुझाए । हजुर सगँ धेरै कुरा गर्नुछ भनेकाले मात्र आज मलै नेट खोलेको थिए किन किन आज भोली मलाई सामाजिक सञ्जाल देखि वाक्क लाग्न थालेको छ । पहिला पहिला धेरै डुलियो साहित्यमा, विभिन्न सांगितिक कार्यक्रमहरुमा तर खोइ मलै के पाए,पाएनलाई केहि पाइन गुमाउन धेरै गुमाए आज एक्लो छ, रित्तो छु मेरो के लाग्छ । भेला अनि सम्मेलनले मलाइ के दियो ?“भन्छन् मुख हेर्नेा पोइ मर्ने बेलामा कोहिन कोहि । ” हो मेरो हाल पनि यस्तै भा छ अब मलै कसलाइ दोष दिनु?त्यसैले आज भोली एकान्तनै प्रिय लाग्छ मलाई ।
लामो समयको पर्खाइ पछि उता बाट “ माफगर्नु होला सानो कामले गर्दा समयमा आउन सकिन”भन्ने जवाफ आयो।
ठीकै छ पहिला भन्नुस् हजुर को हो ?मलै प्रश्न गरे ।“किन हतार गर्नु हुन्छ मेरो बारेमा म सबै कुरा भन्छु नि समय भन्दा अगाडि केहि पनि हुन्न हजुरनै भन्नु हुन्थ्यो होइन र ?” उता बाट जवाफ आयो म छक्क परे मेरो बारेमा सबै थाहा भएको यो मान्छे आखिरमा को हो ? आखिर यो मान्छेले किन आफ्नो परिचय लुकाउदै छ यो मान्छेले म बाट के चाहन्छ? यस्ता तर्कनाले मनमा डेरा जमाउन थाल्यो द्यगशश को आवाजले म झस्किए । म अपरिचित सँग कुरा गर्दिन पहिला हजुरको परिचय अनि मात्र बाँकि कुरा अगाडि बढाउला मलै भने ठीकै छ अब कुरानै नगर्ने हो भने मेरो के लाग्छ र । कुरा नगर्ने हो भने बिदा पाउँ, हजुको अमुल्य समय लिएकोमा पुन एक पटक माफी चाहान्छु । अपरिचित मान्छेको जवाफले म अवाक भए । धेरै दिन देखिको रहश्य आज पनि रहस्यकै पाठेघरमा रहने भयो । मलै हतार हतार भने होइन “सरी अर्काको समय बर्वाद पार्दै माफी माग्ने अधिकार हजुरलाई कसले दियो ?” मैलेैपनि कड्किएर सोधे । प्रस्नको जवाफमा उता बाट मात्र हा हा हा हा हा आयो मलाइ कता कता रीस पनि उठ्यो रीसाएर रहस्यको बन्द पाको नखुल्ने हुनाले मलै रीस देखाउन उचित मानिन त्यो बेलामा ।
“अरु नसहि नाम त भन्नुस्”मैले केहि नरम हुदै प्रश्न गरे
“ हा हा हा हा हा हा अब आइ ऊँट पहाडकि निचे ” व्यङ्ग मिसिएको उत्तर । मेरो नाम प्रेनिशू हो । म हाल काठमाण्डौँमा सिए पढ्दैछु। मेरो घर ,,,,,,,,,,,,,,,,,
हजुरको घर कहाँ नि ? मलै प्रश्न गरे
हजुरले सर्वप्रथम मलाइ तिमी भन्नु होला अनि मात्र बाँकि कुरा गर्न सहस हुन्छ । मैले तिमी भन्न स्विकार गरे पछि उनले आफ्नो घर हाल काठमाण्डौ भएको बताइन् ।
तिमीले मलाइ कहाँ चिनेको अनि मेरो फोन नम्बर कहाँ बाट पाएकी? मैले प्रश्न माथि प्रश्न गरे हजुरको प्रश्न मात्रै सोध्ने बानी अझै गएको छैन होइन? उनले पनि प्रश्न गरीन्
होइन मेरो बारेमा तिमीलाई सबै थाहा छ तर मलाइ तिम्रो बारेमा त केहि थाहा भएन नि ? मलै तिमीलाइ भुलेकी कि तिमी अरु कोही बाट परिचालित छौ ?
“ हेर अझै कति प्रश्न गर्नु भएको भन्या हजुरले नाम सोध्नु भो मैले नाम र ठेगना भने अब हजुर को खबर सुनाउनुस् ममीले पनि हजरलाइ धेरै मिस् गर्नु भा छ रे हजुरले भुले पनि हामीले हजुरलाइ भुलेको छैन । समयले के गरायो हामीलाइ कसरी दुर दुर गरायो आखिरमा हामीले के पाप गरेका थियौ र होइन ?के हाम्रो मायामा खोट थियो र? के माया ममता बाँड्नेले सधै रुनै पर्छ त ? ”उनले लामो जवाफ तर धेरै रहस्यले भरिएको जवाफ पठाइन् । म भंगालोमा फसे जस्तै भए अब के भन्ने के गर्ने म होस् गुमेको बिरामी भए ।“ हाम्रो भेट कहाँ र कहिले भएको थियो? सायद हजुुर कुनै गलत मान्छे सँग त कुरा गर्दै हुनुहुन्न? ”
“ होईन म सहि मान्छे सँगनै कुरा गर्दैछु आँखाले देखेको कुरा बेठीक होला तर दिलको कुरा कसरी बेठीक होला मलाई पुरा पुरा विश्वास छ मेरो दिलले धोका खाएको छैन। हजरको नाम सुमित होईन? के हजुरले मेची क्याम्पस पढ्नु भएको होइन ?”
“ हो हो म सुमित हो तिमीले भनेका सारा कुरा ठीक छन् तर मलै तिमीलाइ अझै चिन्न सकिन यो मेरो कमजोरीनै होला तर बिन्ति मलाइ यसरी पिल्साउने काम नगरन । बिन्ति मलाइ आफ्नो बारेमा सबै भन । ”
हाम्रो भेट मेची क्याम्पसमा भएको थियो २०६१ साल तिर उनले रहस्यको पाको खोल्न थालिन् २०६१ भने पछि म आइ कम पढ्दाको कुरा रहेछ तर प्रेनिशु नाम गरेको मेरो कुनै साथि थिएनन् त । होइन हजुर कति भुल्कड् हुनुभएछ भन्या मलाइ पनि भुल्नु भएको ? पहिला त गफ ठूला ठूला हुन्थे त तिमी मेरो आँखाको नानि हो भनेर के कसैले आफ्नो आँखाको नानीलाइ पनि भुल्न सक्छ ?मेरो प्रथम प्रेमिका अनि मायालु मेरो श्रीमतिनै हुन कसरी मलै अरुलाइ यस्तो भन्न सक्छु यो हुनै सक्दैन । अझै पनि मले तिमीलाई चिन्न सकिन । मलाई भुले पनि शंकर चटपटेवालालाई त सम्झिनु हुन्छ होला नि होइन ? शंकर चटपटेवाला? अतित हुस्सुको घाम जस्तै भो ,अझै स्पष्ट भएन मलै अझै माफी माग्दै नचिनेको जानकारी गराए । अहो ! ल अब भने मेरो केही नलाग्ने भो यदी यो कुरा ममीले थाहा पाउनु भो भने के भन्नु होला ? पहिला यसरी नङ्ग र मासु भएर बसेका हामी आज यसरी भुल्नुले यो संसारका मान्छेहरुको नियतीलाई उदाङ्गो पार्छ । समयले कायापलट पार्छ मान्छेलाई मैले भुलेको होइन मात्रै पहिले चिन्न नसकेको मात्र न हो । फेरी मैले मेरो क्याम्पसकालका सबै साथीलाई सम्झिए तर प्रेनिशु नाम गरेको साथि मेरो दिमागमा अझै आएन । मैले स्पष्ट पारे ल अब भने मैले सबै भन्नै पर्ने भो होईन ? म हजुरकी प्यारी फूच्ची, प्यारी नानू प्रिया हो । अब त चिन्नु भो होइन मलाई ? हा हा हा हा हा प्रिया म छक्क परे त्यो सानी बुने रे तिमी अहो ! फेरी प्रिया बाट प्रेनिसु भएपछी मैले कसरी चिन्नु हो । नाम सगै साईज पनि फेरीएछ अनि कहाँ चिन्नु यो भैरेले । अनि आज भोली कहाँ हो तिमी के गर्दै हो तिमी ? आज भोली म सिए गर्दै छु दादा, हामी सबै परिवार आज भोली काठमाण्डौ बस्छौ । बाबाको यतै जागिर छ ममी पनि सानो तिनो व्यापार गर्नुहुन्छ । हाम्रो सानो भाई पनिछ उ २ कक्षामा पढ्दै छ । अनि दादा हजुर के गर्दै हुनुहुन्छ ?
खुशि लाग्यो तिमीहरुको भाई पनि छ भनेको सुन्दा, मेरो केही पनि छैन बुने आज भोली बेकामे भएको छु, घरैमा बस्यो खायो यस्तै छ मेरो अनि ममी त्यहाँ हुनुहुन्न ?एस एम एस गर्ने तर फोन भने किन नउठाएको नि मलाइ सानो टेण्सन भा भन्या यसरी एस एम एस गर्ने को हो भनेर । ए साँचि तिम्रोमा धभद अबm छैन ? छ भने यसो दर्शन गर्न पाए कतै स्वर्गमा पो गइन्थ्यो कि ।
दादा आज म सँग समय छैन अरु कुनै दिन ल । अब ट्युसन पनि जाने बेला भो अब त कल गर्दा पनि हुन्छ । आजलाई बिदा पाउ है हजुरको समय शुभ–शुभ होस् ।
ल सानु तिम्रो पनि समय शुभ होस् । बिदा !!
उनि सँग बिदा भए पछि एक्कासी म अतितमा हराउन थालेछु ती दिन ती समय अब केबल अतित मात्र केबल दिमागको केन्द्रमा मात्र। सम्झिनु आवश्यक पनि होईन तर पनि आज ती दिन सम्झिन मन लाग्यो । भन्छन् अतित जतिनै तितो भए पनि त्यो सुन्दर हुन्छ रे मनलाई शितलता दिन्छ रे मेरो अनुभव पनि यसै भन्छ । जीवन नामको एउटा अदृष्य भोगाईमा हज्जारौ मोडहरु पार गर्नु मानविय धर्म रहेछ । जीवनका आरोह–अवरोहलाई नाप्ने, जोख्ने र तौलने यन्त्र छैनन्, डोकामा भर्नेनै हो भने पनि यो पंतिकारको कुण्ठा हर्ष भन्दा चुली हुन्छ । हर्षमा बिताएको पलहरु यो दिमागी फोल्डरमा कमै रहन्छन् तर दुख, संताप र आधातका दिनहरु सदा–सदा रहिरहन्छन् स्मृति बनेर । त्यसैले दुखका दिनहरुलाई साँच्न मन लाग्यो किनकिन ?! लाग्छ जीवन हर्ष, प्रेम, मित्रता, सौहार्दता पनि त हो, दुखेर जीवन कति बाँच्नु । कुरा आई ए पढ्दाताकाको हो । क्याम्पस नयाँ, साथि नयाँ, अनि लेक्चर पनि नयाँ । यी सबै नयाँहरुको बीचमा म पनि नयाँ । खोई कस्तो खल्लोपनले मलाई सताउदै दिन अतित हुनलागे । एकदिन को कुरा म क्याम्पसको पढाई बाट भागेर त्यसै त्यसै भौतारीन लागे क्याम्पसको छेउछाउ तिर ।
“हेरो दा ” यो शब्दले म एक्कासी तर्सिए । तर्सिएर पछाडी फर्किएर हेरे करीब ८,१० सालकी एक बालिका मेरो अगाडी थिइन् । हेर्दा पनि म्याई खाउ खाउ परेकी प्यारी खाइलाग्दी अहा ! म उनको नजिकै गए किन बालाएको नि बुने भनेर सोधे के हजुर मेरो दादा बन्नु हुन्छ ?उनको प्रश्नले म निरुत्तर भए के भन्ने के नभन्ने दोधारका परे दादा भन्न कुनै ठूलो कुरा होइन तर त्यो सम्बन्धलाई निभाउन कठिन हुनाले म चुप चाप भए । दादा के सोच्नु भएको नि,मेरो दादा पनि छैन भाइ पनि त्यसैले ?प्रश्नले पून झस्किए बुने तिम्रो घर कहाँ नि बुने ?मेरो घर उ त्यहाँ तोते बोली कति मीठो सुनिएको भन्नु न दा के हजुर मेरो दादा बन्नु हुन्छ ?उनको त्यो भोलापनले मलाई कति तान्यो त्यसको ब्याख्या गर्ने शब्द म सँग छैन, मैले स्विकार स्वरुप टाउको हल्लाए । उनले मलाइ उनको घर जान कर गरिन, ममी सँग भेटगर्न कर गरिन तर म भोली आउने वाचा बाँध्दै त्यहाँ बाट आफ्नो घर लागे ।
अब हाम्रो भेट सनिबार बाहेक सधै हुन थाल्यो छोटो समयमै हामी बीच लामो नाता जोडि सकेको थियो एक दिन भेट नहुदा पनि खल्लो महसुस हुन्थ्यो । यो कस्तो आत्मियता यो कस्तो नाता । मलाई यहाँ शंकर लामिछानेको भुमिका को याद आउछ, शिरिशको फुलमा लेखेको । प्रेम गर्थे म उनिलाई एक प्रेमिकालाई भन्दा ज्यादा । हाम्रो नातालाई जे उपमा दिए पनि हुन्छ । यो कुनै सिमा भित्र बन्द हुने नाता थिएन यो कुनै रगतको नाता थिएन तर थियो रगतको नाता भन्दा बलियो ।
पात्रो फेरियो, दिन बिते,वर्ष बिते मैले पनि बिए पास गरे सानु पनि ६/७ कक्षामा पढ्ने भइन् ।अब मैले पनि मेरो बाँकी पढाइ पूरा गर्न काठमाण्डौँ जानु पर्ने भो । म काठमाण्डौँ जाने बेलामा सानु कति रोइन् त्यसको लेखाजोखा कस्ले राख्ने ?मेरो मन पनि कम कुडिएको थियो होला र तर पनि छुटनु पर्ने बाँध्यता नियती मानव सधैँ बाँध्यताको जालोका जकडिएर चेपिन्छ अनि सुल हाने पछि सुगुरले चेते चेते भने जस्तै गर्छ । काठमाण्डौँ गए पछि म कम्ति घर आउने हुनाले अनि टेलिफोनको सुबिधा पनि अहिलेको जस्तो सर्वसुलभ नहुनाले हाम्रो नातामा चिरा पर्न थाल्यो । बुनेले सम्झिने दादाले मलाई भुल्दैछ , दादाको बाध्यता बुनेलाई के थाहा ।
दशैँमा घर आएको बेला म उनलाई भेटन उनको घर (डेरा) गए तर उनिहरु ५ पहिना अगाडीनै झापा छाडेर इलाम गइसकेका रहेछन् । घरबेटी आमालाई उनिहरुको बारेमा अरु केही पनि थाहा नहुनाले मन खल्लो पार्दै घर फिरे आखिरमा म सँग अरु के उपाय थियो र ।
घर भरी मेरो दिदी बहिनी हुदा पनि किन किन मलाई उसैको यादले कति साल सतायो । समयको पेलाईमा पर्दै मेरो मनबाट उनको याद अलि अलि गर्दै हराउदै गयो । पछि म पनि श्रीमान भए, बाबा बने, जीवनमा हज्जारौ हण्डर खाए । ग्याष्टिकको रोगी भए , रक्सिको भोगी भए । मेरो सोच फेरीयो नातामा नयाँ–नयाँ अनुहार आए, पुराना अनुहार टाढा भए ।
वर्षै पछि आज फेरी पुरानो बुनेले मलाई अतितमा हराउन बाँध्य पारिन् चानचुने पाराले आज भोली म अतितलाई सम्झिने गर्दिन । उनि मेरो जीवनको एक अभिन्न पाटो थिइन/हुन। किन कसरी त्यो बुझ्न नलाग्नु होला त्यो भन्ने फुर्सद कहाँ मलाई ।जे होस् आजको दिन सुखद् दिन भो मेरो लागि
लेखनकाल -१०/०६/२०१२ (दोहा कतार)
0 सुझाबहरु:
Post a Comment