सानो छोराले कपिमा केही लेख्यो,उसैलाई चित्त बुझेन क्यार फेरि मेट्यो।केही बेर सोच्यो फेरि लेख्यो,केही अपूग मानेर फेरि मेट्यो।इरेजर घोटिएर सानो भयो तर छोराले लेख्ने र मेट्ने क्रम रोकेन।म पर बसेर टि भि हेर्दै यी सब नियाल्दै थिएँ।
लामो समय पछि छोराको मुहारमा केही चमक आयो,उ आनन्दित हुँदै मुसुक्क मुस्कुरायो।मेरो छेउमा आएर बोल्यो "बाबा यो टिभी ले ९ महिना देखि लेख्न सकिएन भनेको मैले ९ मिनेटमा लेखे नि।"
केही उत्सुकता,केही शंकाको नजरले मैले छोराको कपिमा हेरे त्यहाँ लेखिएको थियो बाल हस्ताक्षरमा राम्रो बान्की परेको अक्षरमा " संविधान ".
0 सुझाबहरु:
Post a Comment