Tuesday, September 30, 2014

लघुकथा- "जीउँदो"


म जन्मिने साथै सबै खुशी भए,रमाए।
"एउटाले भन्यो यो किन अहिले सम्म रोएन?"
सबै आत्तिए,डराए कतै मृत जन्मिएको होइन अनुमान लगाए।केही समय अगाडीको खुशी सबै निराश सन्नाटामा बदलियो।कसैले मेरो छोरा भने,कसैले नाति,पनाति,भाइ,भतिज,भदो,भान्जा यस्तै खोइ के के हो के के।नाताहरुको त्यो थाक देखेर म च्याँ च्याँ गरे,ती नाताहरुले ऐठन भएर रोएँ।फेरि खुशिको फोहरा सुनियो।सबैले मायालुपलको स्पर्श दिए।

हो त्यसै बेला मैले जीवन बुझे।जीवन छ भन्ने देखाउन रुनु पर्‍दो रैछ।नाताहरुको भिमकाया सुमेरु पर्वत टेक्नु पर्दो रैछ।मुटुको भल्भले रगत कुदाउनु,फोक्सोले हावा तान्नु फ्याक्नु त्यो त ऐच्छिक रहेछ,जीवन बाँचेको छ भन्ने देखाउने एक नाटकको अंश।असलमा बाँच्नु भनेको रुनु रैछ,जन्मिएको दिननै मैले यो ठूलो रहस्य थाहा पाएँ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive