Friday, February 26, 2016

कविता - "आलो घाउ"


===========================
सगरमाथा निगुरमुन्टी न भएको छ
शान्तिका प्रतीक परेवा बन्धकमा छन्
देश मृत्युको शोक सभामा छ
मानवियता नभएका मानवहरुको
लास सँगैको सेल्फिले संञ्जाल भरिएको छ
दुख्नेको घाउ भित्र छरिदैछ आलो नुन चुक
पर दू......र दराजबाट बजाइदै छ खुच्चिङ्गको काखी
भाँसिदैछ देश अझ अझ अझ भड्खालो भित्र
डुब्दैछ आत्मियता निकम्माहरुको आहालमा
होली खेलिदैछ आफन्तका रगतमा
श्रद्धाञ्जली दिदैछन मानवीयपनलाई
गहिरिदैछ सम्बन्ध बिच्छेद
इदि अमिनहरुको धुन अझै बेसुरमा घन्किदैछ गाउँ बस्ती


लम्पसार आत्मियता
श्वास वीहिन मानवियता
खोज्ने असफल प्रयासमा छन् केही हुल
पीडाहरुको उरुङ्ग टेग्दै
यात्रामा छन् ती मन
लक्ष्य बीहिन यात्रामा

बाबुको काख नपाएका छोरा/छोरीहरु
छोरा/छोरीहरुको तर्पन नपाएका बाबुहरु
दमले थलिएका आमाहरु
यौवन सुकाउदै पर्खिएकी श्रीमती/प्रेमिकाहरु
तमासुक हेर्दै भाका कुर्दै गरेको साहुहरु
आफै बेचिएर परदेशी बनेको "म"
सरकार भएर निकम्मा बनेको तन्त्र
अनि
मेरो देश उस्तै उस्तै लाग्छ मलाई ।

आउ
हो आउ मित्र
अब उचाल्नु छ देश
मुटुबाट
बनाउनु छ देश
दिमागबाट
बजाउनु छ विजय गीत
हृदयको शुरबाट
जति बगे पानी कोशीबाट
उति बगे रगत हामीबाट
अब पखाल्नु छ निधार
आफ्नै स्वाभिमानबाट

साँची ,
सगरमाथा घामको पहिलो किरण सँगै मुसुक्क मुस्काउदा
कस्तो हुन्छ होला ? 
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive