बाध्यताको भिमकाया पहाडले
थिचिएर थङ्थिलो ज्यान
ठूलो जहाजको बेल्टमा बाँधेर
मरुभूमिको सपनाको मीठो यात्रा गर्छ
मरुभूमि भित्र खबुस सँग साट्छ दैनिकी
तालु खुइले हाकिमको खै
" यु मस्ट डु" को नारा सँगै नारिन्छ काममा
कस्टमरको लगातारको फोन
इमेलका च्याङ
फाइलहरुको चिच्याहट
चिर्दै चिर्दै बाँच्छ दैनिकी
उही कामथिचिएर थङ्थिलो ज्यान
ठूलो जहाजको बेल्टमा बाँधेर
मरुभूमिको सपनाको मीठो यात्रा गर्छ
मरुभूमि भित्र खबुस सँग साट्छ दैनिकी
तालु खुइले हाकिमको खै
" यु मस्ट डु" को नारा सँगै नारिन्छ काममा
कस्टमरको लगातारको फोन
इमेलका च्याङ
फाइलहरुको चिच्याहट
चिर्दै चिर्दै बाँच्छ दैनिकी
उही दैनिकी
बाँच्छ सपनाको दुनियाँमा
निर्जीव कम्प्युटर
निर्जीव माउस
अनि
लमतन्न किबोर्ड
खेलाउँछ बिहान अलारामको डाक सँगै
लखतरान पार्छ ज्यान
मुस्कान फुलाउँछ भबिष्यका खातिर
आफन्तका खातिर
सोध्छ आफैलाई
"म" को हुँ ? मान्छे कि गधा ?
जवाफ आउन्न आउँछ छ खुइले हाकिम
अनि हाकिमको तातो गोलि जस्तो वचन
बिहान अलारामको एकोहोरो आवाज सँगै सुरु दैनिकी
श्रीमतीको मीठो मुस्कान सँगै विसर्जन गर्छ
भोलीको दैनिकी सम्झिएर
एउटा आनन्दको निन्द्रामा समाहित हुन्छ
पुन:
दिन
हप्ता
महिना
साल
यस्तै दैनिकी खर्लप्प निलिदिन्छ
अजिङगरले भिमकाया आहार सुलित्तै निले जस्तै ।
0 सुझाबहरु:
Post a Comment