दुई जना मित्र बिज्ञान बिषयको परीक्षा दिएर गाउँ फेर्दै थिए/गाउँले बाटो हिड्न पनि अबेला हुनाले रात मज्जाले पर्र्यो /आफ्नो गाउँ (घर )पुग्नु भन्दा अगाडी एउटा सानो खोला थियो/वास्तवमा भन्नु पर्दा मरेका मान्छे जलाउने ठाउँ/"रात बिरात हिड्नु हुन्न भूतले बसमा पार्न सक्छ" -यस्तै सुन्दै हुर्किएका हामीपनि/
चुक घोप्टिएको जस्तो रात त्यसमा पनि औशिको रात /किराहरुको एकोहोरो स्वर /सुनसान सडक अनि त्यो नदी /दुई भाइ नदी छेउमा के पुगेका थिए/अलिक पर जहाँ धेरै जसो मान्छे जलाउने गरिन्थियो एउटा आकृति देखियो हल्लिरहेको /लाग्थियो त्यो आकृति हिड्दैछ /दुई भाइकै होस् उड्यो /अब के गर्ने कसो गर्ने बेखबर/"यहाँ बाट खोला तर्नु ठीक छैन अब भाग्नु पर्छ"-एक भाइले भन्यो /हो हो हामीले आज गल्ती गर्यौ भूतले हामीलाई घेरेजस्तो छ भाग्नुनै उचित होला /