आगतले दिएका चोटका खतहरु
सुक्न नपाउदै
नियतिले अर्को चोट थपाइदिन्छ ललाटमा
कुटि रहन्छ समयले
अनुहारमै पन्जा मारी रहन्छ भाग्यले
जीतहरुको घाम नलागेको यूग भयो हाम्रो बस्तिहरुमा
क्रूर वर्षा गराउछ दैवले हाम्रै वस्तिमा
अनि हान्दिन्छ बज्र बार बार सफलताको गर्भमै ।

फूल्न छेडेका छन् प्रेमफूल मनको बगैचामा
डुल्न छाडेका छन् भ्रमराहरु प्रेमको सौगात छर्दै
हारका डिलहरु उक्लिदा उक्लिदै
कालले कलिङ्ग भिषा पठाउने बेला हुन्छ
जीन्दगीका पटाङ्गिनिहरु कुण्ठा,डर अनि असफलताका
डरलाग्दा ऐजरुहरुले ढाकिएका छन
पख्नु, कुर्नु कति सम्म
लाग्छ जीन्दगि यतैको फेरिस्तामा रोज हुन्छ
समय भने एकोहोरो शंख बजाएर मलामी खोजी रहन्छ ।

अब मैले निधो गरेकोछु
हारलाई समाधीमा सुताएर
संसर्ग गरेर पीडाहरु सँग
चोटहरुलाई चुनौती दिने एक नयाँ चोट जन्माउनु छ
जन्मिएको चोटले नभ कापोस
धरामा कम्प आओस्
भत्किउन असमानताका पर्खाल
तहस नहस होस् सामन्तिहरुको लाल किल्ला
अनि बलोस एक दीप
समनताको
जीतको
सफलताको ।।

जन्म उत्सव मानओस पूरा दुनियाँले
पुष्प लतिका फरफर होस् जीतको
कालो बादल फाटोस
अनी उज्यालो छाओस
हाम्रो वस्ती ।
पुष्प लतिका फरफर होस् जीतको
कालो बादल फाटोस
अनी उज्यालो छाओस
हाम्रो वस्ती ।
0 सुझाबहरु:
Post a Comment