राकेश शुक्रबारको स्कुल चाँडै बिदा भएर घर आयो । सधै जस्तै मा खाजा भनेन । हजुरबाको खल्तिबाट हर्बल झिकेन । झोला यथा स्थानमा राख्यो, बोडिङ्गको लुगा खोलेर दराजमा राख्यो । पुरानो लुगा लगाएर कोठाबाट निस्कियो ।
बराण्डामा राखिएका काठका टुक्रा निकाल्यो,केही छरिएका काटी बटुल्यो । अनि ढुङ्गाको अचानो राखेर ढुङ्गाकै हेम्बर बनाएर काठलाई एउटा काठको बाकस आकार दियो । केही गम खायो, अनि कोठा तिर हेरेर चिच्यायो " मा गिरमिट छ ? "
आमाले भित्रबाटै कराइन " होइन यो केटालाई आज के भयो? किन चाहियो गिरमिट ? "