म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ।
“ए!दाइ पो बस्नुस् न”
“होइन भाइ धेरै पत्रहरु छन् म जान्छु तिम्रो एक पत्र थियो त्यसैले आएको।लौ लेउँ पत्र।” दाइले मलाइ पत्र दिनुभयो अनि बिदा हुनुभयो।
पत्र हेर्दै म पून कोठा भित्र पसे।पत्र सरुको थियो।मेरो मन त्यसै त्यसै फुरुङ्ग भयो।
किताबलाइ साइड लगाएँ,सिरानीलाइ च्याँपेर खामलाइ च्याते।खाम भित्र दुई वटा पन्ना थियो छुट्टा छुट्टै स्टिज पिनले कैद गरेको।मैले तिम्रो लागी केवल तिम्रो लागी लेखिएको पत्र पहिले खोले।
जती जती पत्र पढदै गएँ उति उति मेरो मुटुको चाल तिब्र हुन थाल्यो।म निस्सार हुदै गएँ।प्राण बिहिन जीव भएँ म।म जड बने।
आँसु परेलीको ढक्कन खोलेर,गालाको बाटो गरेर बग्न थाले खहरेको भेल झै।मैले ति आँसुलाइ रोक्ने कुनै चेस्ठा गरिन।बीना रोक ठोक बग्न दिएँ कतै ति पीडा पखालिन्छ कि भनेर तर सबै व्यर्थ थियो।