पहिलो पटक देश छोड्दै थिएँ,झोला,हरियो पासपोर्ट अनि मन भरी रंगिन सपनाको भारी बोकेर हुइकिएँ दोहा ।कतारको निजि बिमानमा पसे ,एक पटक बाहिर हेरे आँखाको भेल रोक्न सकिन ,गोजिभित्रको रुमालले बार लगाउन खोजे तर ब्यर्थ काँहा रिकिनु त्यो बेतालको खहरे बगिरहयो गालाको बाटो हुँदै । विशाल विमान अनि ३० बिसा मान्छेको भिडमा एक्लो भएँ म । बिमानले भुइ छोड्यो मन झन आत्तियो,बेगमा हानियो विमान आफ्नो लक्ष भेट्न म भने बिना लक्षको भएँ।
पिसाबले च्यापेर ट्वाइलेट गएँ ,ढोका खोल्न खोजे खुलेन । होस्टेजले सुरिलो श्वरमा सोधिन Any problem sir? कुरो आधा बुझे तर समस्या बताउन सकिन।आफै सँग रीस उठ्यो ,अंग्रेजी पढ्ने समयमा कक्षामै उगेको याद आयो । हातको सहाराले देखाएँ ढोका खुलेन भने ।हाँस्दै उनिले ढोका खोल्दिइन म भित्र गएँ एक हातले ढोका समाएँ अनि हल्का भएँ । लजाउदै बाहिर निस्किएँ र आफ्नो स्थानमा बसे । खाना आयो खानै मन लागेन । चिया आयो पिउनै मन लागेन । कुनै कुनै साथिले बियर पिएको देखेर इसाराले मैले पनि मागेर एकै झड्कामा रित्याएँ ।