आज बिहानै मेरो शरिरले ठिक लक्षण देखाएको थिएन।जसरी भए पनि काममा त जानै पर्यो।
काममा जेन तेन गएँ,अझै जस्ताको त्यस्तै थियो २० को १९ भएको होइन त्यस माथि प्रचण्ड घाम खोइ झेल्ला र मेरो शरीरले?सोचमा हराउँदै टुसुक्क बसेको के थिएँ उस्ताज(काम गराउने नाइके)ले देखिहालेछ।
"ए!बहादुर किन बसेको?" उसके कड्किएर प्रश्न गर्यो।
झसंग हुदै म उठे अनि बिन्ती गरे-"उस्ताज आज म बेरामी छु,टाउँको धेरै दुखेको छ।म काम गर्न सक्छु जस्तो लागेन।आज लाइ बिदा पाउँन सक्छु?"
मेरो यो बिन्ती होइन कि म उसको दुबै आँखा माग्दैछु अनि म कुनै अपरिचित मान्छे हु- जसरी आँखा फुकाएर हेर्यो उसले-"के को बिदा नि तलाई?यहाँ काम गर्न सक्नेको मात्र काम छ काम गर्न सक्छस् गर होइन भने नेपाल गए हुन्छ ।हामी त्यसै तिमीहरुलाइ काम गराउदैनौ पैसा दिन्छौ ।जब सम्म घोडाले काम गर्न सक्छ तब सम्म मात्र उसलाई दानापानी दिइन्छ ।" उसले आफ्नो विचार राख्यो /
मैले उसलाई फेरी बिन्ती गरे-"उस्ताज यसो नभन्नुस् आज त हो नि मैले बिदा मागेको,शरिरले साथ नदिए पछि कसरी काम गर्नु मैले?"
उसले केहि भनेन राता राता आँखा पारेर मलाइ हेरर अगाडी बढ्यो।त्यो बेला मैले पनि मेरो गाउँमा भएका माले र तारे गोरुलाई सम्झे ।हलो जोत्दा हलो ढुङ्गामा अड्किएको सम्झे अनि दुई हात बजारेर माले तारेको जिउमा सिमालीको लौरी बजारेको सम्झे।हो पक्कै आज म यहाँ ति माले तारे भन्दा कम छैन।मेरो जीवनको हलो पनि बिरामी नामक ढुङ्गामा अड्किएको छ।त्यो उस्ताजले मेरो शरीरमा लौरी बजार्दैछ।तर म चुपचाप सहन बाध्यछु।गर्ननै के सक्छु र म माले र तारेले जस्तै /हो रहेछ नमरी स्वर्ग देखिन्न /
यि सबै नेपाली पैसाले मातिएका जस्ता छन्,सबै ठग अनि भातमारा हुदैछन्।पर क्षितिजम कता कता उस्ताजको बोली गुञ्जिदै थियो।
समप्त!!!
0 सुझाबहरु:
Post a Comment