(छलफल गज़लको समुहमा बहस हुदाको समय मतला बिहिन गज़ल (नै भने है )लेखियो /यसको शरीर तयार भो धेरै दिन अनुसन्धान शाखामा पनि राखियो ,धेरै खोज गरे प्रयास गरे तर सबै फेल /त्यसैले बीना शिर राख्ने प्रयास गरे)
फुल्यो टिप्यो सजियो उनका केशमा
खोइ त बुझ्यो कसैले फूलको पीडा !!
रुन्छन् सबै छुटेका ती साथी सम्झेर
खोइ त बुझ्यो कसैले मूलको पीडा !!
तार्यो धेरै बटुवा अब एक्लो छ
खोइ त बुझ्यो कसैले पुलको पीडा !!
चल्यो बतास फैलियो टिकेन धेरै
खोइ त बुझ्यो कसैले हुलको पीडा !!
फेसबुकका सुझाबहरु जस्ताको त्यस्तै
Narayan Gaunle भाषिक कसरमाथि मतला नहुनुको असर स्पष्ट देखिन्छ । तर पनि एउटा अव्यक्त सौन्दर्य छ गजलभित्र जसले गर्दा लेखकलाई पोस्ट गर्ने हौसला मिलेको हुनुपर्छ । कुरोको चुरो छुरोजस्तो घोचिलो छ । भइगयो नि !Thursday at 16:36 · · 5 people
Ramesh Bhandari "सझियो" सायद "सजियो" होला / यो मतला बिहिन गजलको बारेमा त म पनि अनभिज्ञ नै छु तर मतला भन्दा तगडा लाग्यो पहिलो सेर /निकै राम्रो ..Thursday at 16:43 · · 1 person
Bhakti Prasad Paudyal भाषिक कसर सझियो/सजियो
अरु पनि
शेरहरु त क्या बात पो रैछन् । मुशायरामा वाह् वाहीको खात लाग्ने खालका छन् । मतला छैन तर क्यै छैन । ढुक्क हुनुहोस् निराजनजी !Thursday at 16:43 · · 3 people
Ananda Shrestha शिर बिनाको मान्छे,पुच्छर बिनाको हात्ती
मतला बिनाको गजल मिठो लागेन साथी,
शेरहरू भन्दा ठीक हुन्छ जस्तो लाग्यो ।Thursday at 16:45 · · 2 people
Kiran T. Limbu मतला बिहिनको यति धेरै पिडाहरुले पोल्दा मनै गरम भएर आनन्द र मज्जा भयो । धन्यवाद है । ..Thursday at 17:24 · · 2 people
Limbu Khagendra This is one of the great creation from you Bhai, I'm touched deeply.Thursday at 17:29 · · 2 people
Ramesh Biman तार्यो तार्यो एक्लियो बटुवा बाट !
खोई बुझ्यौ कसैले पूलको पीडा !! होनी हगी हजारौ औने जाने गर्छन तर बिचारा पुल... मतला बिना पनी गजल ए - वन बनेको छ बधाई छ निराजनजी !Thursday at 17:38 · · 2 people
Deepak K Khadkaमतलाविहीन गजल पनि चल्छ । तर त्यस्को औचित्यस्वरूप भने पनि, क्षतिपूर्तिस्वरूप भनेपनि, के थप नैतिक जिम्मेवारी हुन्छ भने शेरहरू यति उत्कृष्ट (सापेक्षिक रूपमा) हुनुपर्छ कि मतलाको अभावतिर ध्यानै नजाओस् । यो कुनै नियम होईन, केवल सामान्य commonsense हो है ।
सापेक्ष उत्कृष्टता भनेको कुरो आफैले (आफ्ना अन्य रचनाहरूको तुलनामा) फैसला गर्ने कुरा हो ।
अब निरपेक्ष कुरा तिर लागम् ।
यहाँ जो "पीडा" शब्द छ त्यो अलि समस्याप्रद छ । वास्तवमा "फूल", "मूल", "पुल" आदि कसैले पनि पीडा नै अनुभव गर्ने होईन । अनुभव गर्ने त सार्थकता र त्यसको सन्तुष्टि हो बरू ।Thursday at 17:47 · · 2 people
जीतु खड्का गाउले अब आफै बिचार गर्नुस शिर बिनाको मान्छेको जिबित होला र ? लाटो देशको गाडो तन्देरी ४ जनाको समूहले गरेको निर्णय नै ठिक हो यहि नियम अबलम्बन गर्नु पर्छाभन्ने चै म मान्दिन है अग्रज हुन् सलाम गर्छु इजोत गर्छु मलाइ पुज भन्छन भने चै म थुकेर हिन्ने मान्छे हु है ........... जुन मान्छे ले सेतो कापीमा रंगाउन सक्छ भने त्यो नै सर्जक हो टाउको छोडेर मरेको लास लाइ के भन्नु र ? टाउको भए उत्तम हो नभएको हुनाले मुर्धा झैँ लाग्यो मलाइ चैThursday at 17:47 · · 4 people
Kedar Adhikari chotila sherharu mitho vaab jhakash lagyo hajur aru kura ta hajur haru nai jaankaar hunuhun6 bolne saahaash garina hai hajurThursday at 17:54 · · 1 person
Hemant Paradeshi अचल केही पनि हुँदैन । उसो र यो चल्ने मात्रै होइन दौडने खालको पनि बनेको छ । यद्यपि टाऊको नै नहुनु-ले शसक्त बनेका शेरहरु पनि मणि बिनाको नागको फणा जस्तो अनुभूत हुन्छन् । यो गेयधर्मी रचनाको सापेक्षित सिद्धान्त र मान्यताकै कसुर हो प्रयोगको होइन ।Thursday at 19:23 · · 4 people
Saroj Anuragकेही पुराना उर्दू, हिन्दी र नेपाली गजल पनि मतला बिनाका भेटेको छु मैले। रवि दाइका पनि मतलाविहिन गजल रहेछन् मैले कतै पढ्न पाएको थिएँ तर अहिले गजलका न्युनतम मापदण्ड बिषयमा चर्चा चलिरहेकै बेला बिना टाउकाको गजल आउनुले मन खिन्न बनायो मेरो चैँ|
त्यो बेला सायद अग्रजहरूले प्रयोगधर्मिताको नाममा र कतै कुनै काफिया थोरै भेटेर लेख्नु भो होला त्यो अलग कुरा हो तर अहिलेको समयमा यसलाई पूर्ण गजल मान्नु र म. वी. वि. शाहका गीतलाई गजल भन्नु एउटै ठान्छु म।
अपाङ्ग गजल भनेँ मैले चैँ यसलाई।Thursday at 20:03 · · 4 people
Amar Sarobar मतला मात्रै होईन यहाँनेर काफिया र रदीफको प्रयोगमा समेत अलमलिएँ म त | जे होस्, भाव चाँही उम्दो लाग्यो |Thursday at 20:38 · · 2 people
Ananta Lamsal सेरहरु मन परेका हुन् तर मतला नहुँदा अलि खल्लो भने लाग्दो रहेछ नै !Thursday at 21:44 · · 2 people
Santosh Sitaula lau dherai kura aayechhan....ma chahi yo tauko binako ghajal padhdai bida bhaye!Thursday at 22:26 · · 2 people
Nabin Lama चर्चा-परिचर्चा चले पछी त टुङ्गो लाग्ने हो नि कुरो को चुरो गुरुदेव/ गजल वाचन मै मस्त भएँ म चाँही ।Yesterday at 01:17 · · 1 person
Aabaj Sharmaगजलको पूर्णता भित्र नपरेका गजलहरू सबै परीक्षण गजल हुन् । यो मूलधार हैन । यो पनि मूलधार हो, बनाउन सकिन्छ, बनाउनुपर्छ भनियो भने उनले गजल हैन अरू केही लेखे भन्ने निष्कर्शमा पुग्नुपर्छ ।
गजल फुटपाथमा राखेको चुरा पसल त हैन नि । यो त साधना हो । त्यो साधना अपुरो भएको बेला यस्ता परीक्षण गजल जन्मन्छन् । रविदाइले यो कुरा स्पष्ट र इमान्दारिता पुर्वक भन्नुभएको छ । वहाँलाई जस्तै समस्या उर्दू र भारतीय गजलकारहरूलाई पनि पर्यो होला । र त परीक्षण गजल जन्मे । तिनीहरू पनि मान्छे नै हुन् । तिनलाई समस्या पर्दैन भन्ने छ ? परेन भन्ने छ ? गल्ती भएन भन्ने छ ?
यहाँ सुबुले मिसरा ए सानी यस्तो छनौट गर्नुभयो कि जसको मतला सम्भवै छैन । किन त ? पूर्ण र सार्थक मतलाका मिसराहरू बन्न एउटा मात्रै शब्द काफी हुँदैन । पहिले अन्य शेरबाट लेखनी सुरू गरेर तिनका मिसरा ए सानीबाट मतला नियन्त्रण गर्दा टुप्पाबाट पलाएको भन्छन् नि त्यस्तै भयो । जरा (मतला) सम्म नआइपुग्दै उमेर सिद्धिइसक्यो ।
यसैले यो परीक्षण गजल मान्छु म । म.बि.बि. शाहको 'लोलाएका ती ठूला तिम्रा दुई नजरले' जस्तै ।Yesterday at 04:32 · · 3 people
फणिन्द्र शान्त तपाई आफैले स्वीकारी सक्नु भयो कि विना शिरको भनेर। अब विना शिरको स्वरुप कस्तो होला? जिम्मा तपाईलाई नै । परिक्षण भन्दा पनि धेरै अघि देखि प्रयोगमा ल्याइएको र तत्कालै छोडिएको गजलको रुपमा असफल प्रयोग हो यो मेरो दृष्टिमा । पूर्ण गजल नभएर शेरका रुपमा भने कसिला छन् शेरहरु ।Yesterday at 12:25 · · 2 people
Ramesh Kandel भावपक्ष सुन्दर भएको दस्तखत गर्दै बाहिरियँ। साहित्य साधनाको निरन्तरताको शुभकामना, निराजन भाई!Yesterday at 12:47 · · 1 person
Deeps Shah बहसमा होमिने मेरो गजली हैसियत छैन उसोर मतलाको अनुपास्थितीलाई अनदेखा गरेँ। बाँकी गजली भार थेग्न एकसेएक शेर आएका रहेछन्\। गजली मजा आइगयो त भैगयो नि!Yesterday at 13:26 · · 1 person
Mausam Jee Bhandari 'canvas'मलाई लाग्छ गजल सरचनालाई मोड्दा मोड्दै पछी पछी त काफिया नै नराख्ने पनि हुन्छ भन्न सक्ला अरु कसैले । मुख्य कुरा मलाई के लाग्छ भने यहाँ बिभिन्न सुत्राधार पच्छ्याउदै जबर्दस्त ढङ्गले सिर्जना गरीन्छ । सिर्जना भन्ने कुरा लेख्छु भनेर लेखिने कुरा होईन । यहाँ त अनुभब बिम्ब बन्नु पर्छ र बिचारका बिराट मौला हरु मौलाउनु पर्छ । अनी त्यसलाई सरचना मा मोडेर जिबन्त बनाउने कुरा हो ।
हाम्रो नेपाली मौलिकतालाई उचाइमा उठाउन को लागी र नेपाली गजलको आफ्नै पहिचान कायम गर्ने अभियानमा उर्जा थप्नको लागी यो कुरा मा मेरो सत प्रतिसत बिमती छ । त्यसैले मत्ला बिहिन गजल मेरो मान्यतामा गजल होईन । अन्य सेर एक से एक छन ।23 hours ago · · 1 person
अतृप्त कमल Ma dhila po bhaechhu upasthit huna.Maathee bhaekaaa chhalfalharu herne ra dherai sikne maukaa milyo jasko laagee dherai dherai dhanyabaad!!Gazalko bishayama bhannuparda serharu raamra banekaa chhan?22 hours ago · · 1 person
Shreeram Gautam मतलाविहीन गजल पहिला पनि पढेको हो । फेरीपनि पढ्न पाइयो साथमा अझै मीठामीठा र उपयोगीमूलक प्रतिकृयाहरुसहित । धनयबाद निराजनजी यहाँलाइ ।3 hours ago · · 1 person







0 सुझाबहरु:
Post a Comment