लालिगुरास फुल्ने पाखाहरु
चौरी चर्ने लेकहरु
शिर ठाडो पारेर उभिएका शिखरहरु
लडाकुको ढाल जस्तै खडा पहाडहरु
अनि
अन्न फलाउने फाँटहरु
सबै आत्तिएका छन्
केही थान दानवका हुँकारले
हामी अनि हाम्रो स्वाभिमान डगमगाउन खोज्दैछ
बेमौसमी जातिय,धार्मिक उदण्डहरुले
त्यसैले
अध्यारोको साम्राज्य तोड्न
माग्नु छ घाम सँग - केही कलिला किरणहरु
बन्द ओठहरुमा आवाज भर्न
माग्नु छ नदीहरुसँग - सुरिला सुस्केराहरु
भोको पेट भर्नचौरी चर्ने लेकहरु
शिर ठाडो पारेर उभिएका शिखरहरु
लडाकुको ढाल जस्तै खडा पहाडहरु
अनि
अन्न फलाउने फाँटहरु
सबै आत्तिएका छन्
केही थान दानवका हुँकारले
हामी अनि हाम्रो स्वाभिमान डगमगाउन खोज्दैछ
बेमौसमी जातिय,धार्मिक उदण्डहरुले
त्यसैले
अध्यारोको साम्राज्य तोड्न
माग्नु छ घाम सँग - केही कलिला किरणहरु
बन्द ओठहरुमा आवाज भर्न
माग्नु छ नदीहरुसँग - सुरिला सुस्केराहरु
माग्नु छ माटोसँग - अन्नहरु
सुस्त धमनी शिराहरुमा रगत उमाल्न
माग्नु छ इतिहाससँग - वीर गाथाहरु
मेरो देशको सिमा बदल्नेहरुलाई उडाउन
माग्नु छ पवनसँग - झोक्काहरु
छरपस्ट आत्मियता सम्हाल्नु छ अब
बोक्नु छ देश काँधमा
जय जय नेपालको मुल मन्त्र उच्चारण गर्दै
उर्दि लगाउदै मानवीयताको ।
बोक्नु छ देश काँधमा
जय जय नेपालको मुल मन्त्र उच्चारण गर्दै
उर्दि लगाउदै मानवीयताको ।
मति भ्रष्ट, राष्ट्रियता स्खलित
स्वाभिमान धरौटी राखेर देश बेच्न खोज्ने
कु- पूतहरुको
पुत्ला दहन गर्नुछ
एकताको राँकोले
टुक्राटुक्रा भएर छरिएका बिधवाका अस्मिता
बाबू/ आमा विहिन भएका टुहुराका ममता
बटुल्नु छ मेलमिलापका चुम्बकले
रोकेर रगतको खहरे
बाँध्नु छ अन्यायलाई जनताको हतकडीले
खोलेर न्यायको चक्षु हेर्नू छ समुल देशलाई
पूरेर भष्ट्रचारीलाई
एकताको खाडलमा
उचाल्नु छ मुलुक सगरमाथाको उचाइमा
लम्बाउनु छ कर्णालीको लम्बाइमा
खाएर भाइचाराको सपथ
पुर्याउनु छ उज्यालो साम्राज्यको दिशामा
स्वाभिमान धरौटी राखेर देश बेच्न खोज्ने
कु- पूतहरुको
पुत्ला दहन गर्नुछ
एकताको राँकोले
टुक्राटुक्रा भएर छरिएका बिधवाका अस्मिता
बाबू/ आमा विहिन भएका टुहुराका ममता
बटुल्नु छ मेलमिलापका चुम्बकले
रोकेर रगतको खहरे
बाँध्नु छ अन्यायलाई जनताको हतकडीले
खोलेर न्यायको चक्षु हेर्नू छ समुल देशलाई
पूरेर भष्ट्रचारीलाई
एकताको खाडलमा
उचाल्नु छ मुलुक सगरमाथाको उचाइमा
लम्बाउनु छ कर्णालीको लम्बाइमा
खाएर भाइचाराको सपथ
पुर्याउनु छ उज्यालो साम्राज्यको दिशामा
आउनुहोस् आज अठोट गरौ
देश मेरो होइन हाम्रो बनाउन ।
जुनकिरीको उज्यालो टिपेर
झलमल बनाउ नेपाल छातीमा राखेर ।
देश मेरो होइन हाम्रो बनाउन ।
जुनकिरीको उज्यालो टिपेर
झलमल बनाउ नेपाल छातीमा राखेर ।
0 सुझाबहरु:
Post a Comment