आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र मैले पढेको/सुनेको काठमाडौँ घुम्नुछ, आफ्नै आँखाले देख्नुछ। अझै भनौं आफैले भोग्नुछ अनि एउटा अनुभव...