Showing posts with label निबन्ध. Show all posts
Showing posts with label निबन्ध. Show all posts

Monday, November 2, 2015

जे भन्नुस धोती नभन्नुस …….

अफिसमै प्रधानमन्त्री निर्वाचन हेरी सकेपछी गेट अफिस तिर निस्किएँ, गेट अफिसमा एक जना नेपाली दाइ कन्टेनर लिएर आएका रैछन । चाहिने पेपर नहुदा पेपरको प्रतीक्षामा बसेका दाइ निरास देखिन्थे । अक्टोबरको सुरुवातमा अझै घामले आफ्नो प्रभुत्व देखाउन छोडेकै थिएन,फेरि यार्ड मरुभूमिको बीचमा हुदा धुलोले वातावरण कुइरीमण्डल थियो । भक्खर सम्पन्न प्रधानमन्त्री निर्वाचनले नेपाली राजनीति तातेको थियो भने यो विषय देखि बेखबर ड्राइभर दाइ कन्टेनर उतारेर पून दोहा बन्दरगाह जान हतार गर्दै थिए ।” दाइ के पि देशको प्रधानमन्त्री भएनी ।” मैले कुरो अगाडी बढाएँ । मेरो कुरोले सायद दाइलाइ छोएन क्यारे मुख लोपारे,अफिसमा फोन गरेर कन्टेनर झार्न पो अनुरोध गरे । “होइन हजुर कांग्रेस हो क्याँ हो ? के पी प्र म हुदा खुशी हुनुभएन नि ? ” मैले अझै प्रसंग छोडिन । दाइले भेस्टको बाउला उभो सुर्किदै भने ” यो निशान देख्यौ भाइ? यो जनआन्दोलन को चिनो हो । म एक ताका देशको लागि लडेको योद्धा ,आज यो लामो गाडी चलाएर परिवार पाल्दैछु । हिजो आज देश,अझ भनौ बहुला राजनीति देखि घृणा लाग्छ । ” आवेगमा थुक्क भनेर थुक्न सम्म भ्याए । खल्तिबाट लाइसन निकाल्दै भने- “म यो पार्टीको मान्छे हु । यसले मलाई खान दिन्छ । दस साल भयो मरुभूमि भाँसिएको अझै कति बस्न लेखेकोछ ललाटमा मरुभूमिमा । पहिले सुद्दी पुगेन अहिले दुख पाइयो । ” मनै अमिलो पार्दै भने, सक्दो अनुहार बिगारे दाइले । कता कता दुख लाग्यो , अलि अलि ग्लानी भयो बेकार गरेछु यो कुरा भनेर ।
Share:

Saturday, February 12, 2011

यो महान दिवसमा


अ-शेस अ-शेस माया तिमीलाइ यो महान दिवसमा

"काली"रित्तिएको आत्माबाट शक्ती हिनताको दाग लागेको खाली हातहरु बाट यो महान दिवसमा के नै पो दिन सक्छु र,त्यसैले मात्र सम्झनाको छालहरु यिनै किवर्डको सहयोगले । हुन त यो मायाको महासगरमा गोता लगाउन कुनै आईतवार कुर्नै पर्छ भन्ने छैन,तर पनि सारा जस्तै मपनि रमाउँन खोजे मायामा डुब्न चाहे,यो बिशेष दिन पक्कै हो,त्यैले मात्र यो दिलको फोल्डरलाई तिम्रो मन को फोल्डरमा मेल गर्दै छु राम्रो सँग सुरक्षा गर है ।

प्रगढताको सितल्तामा महान्ताको संगीत गुन्जाउने यि अन्नत स्मरण मा चन्चलताहरु दिन त के कुरा गरौ हरेक पल स्मरण को मध्य स्थानमा परिवेशको निम्ताहरु एका एक रहदैनन भन्न सकिन्न ।जाँहा पत्थरझै कठोरतामा छट्पटाई रहेका ति जिवित आत्मामा गन्तव्य बिहिन बिचार अंकुर हुन्छन तब सहयोगी पात्र को खोजी हुदोरहेछ,तेही खोजकै पात्र हो तिमी मेरो जीवन मा ।
Share:

Wednesday, January 5, 2011

- हाम्रो सम्बन्धको

आज भोलि हाम्रो सम्बन्धको बारेमा तेस्रो नेत्र प्रयोग गरेर सोच्दै छु,रात भर किन मलाइ तिम्रो याद मात्रै किन आउछ?तिमी मेरो को हो?प्रेमिका?साथी? किन किन यस्तै प्रश्न मेरो मनमा तछाड मछाड गरेर आउछन अनि मेरो मनको शान्ति भंग गर्छन ।मेरो मनलाइ किन हुरुक्कै पर्छन? एक पटक फेरी पनि सोध्छु तिमी मेरो आखिरमा को हौ??
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive