Friday, February 26, 2016

विश्वमा एउटै घर्म छ

हाम्रो कम्पनिमा काम गर्ने ७ जना हिन्दु,एक जना मुस्लिक,एक जना बुद्दिष्ट र तीन जना क्रीष्चियन छौ।
बैसाख पूर्णिमामा बुद्दिष्टलाइ सबैले मिलेर शुभकामना दिइयो,दशैमा तीन जना क्रीष्कियन मित्रहरुलेनै Happy Dasara लेखेको कार्ड पठाएँ गोगलको सहयोगमा।दिपावलीमा सबै मिलेर दिपावली गरियो कोठामा,अंगालोमा बेरिएर आत्मियता साटासाट गरियो।मुस्लिम देश हुनाले मुस्लिक मित्रको पर्व भुल्ने झन् कुरै भएन।
हिजो राती १२ बजे मैले मेरा क्रीष्चियन मित्रलाई email गरे merry X-mas लेखेर।बिहान इमेल हेरेर (उनिहरु छक्क परे सायद)भने "त हिन्दु भएर पनि हाम्रो चाड तलाई याद छ है ?" मैले जवाफ दिएँ "जसरी तिमिहरुलाई हिन्दुको पर्व याद छ,हिन्दुको पर्वमा हात मिलाएर,अंगालोमा बेरिएर जसरी आत्मियता प्रकट गर्यौ/ गर्छौ म पनि आतुरछु तिमिहरुलाई अंगालिमा बेर्न,आत्मियता हुन।अरे यार म नि त एउटा मानव हुँ यो विश्व दुनियाँको एक पात्र ।"
उनिहरुले मलाइ अंगालोमा बेरे,अनि मुस्काउदै भने "साँच्चै सुनेको थियौ नेपाल बहुधर्म भएको देश हो भनेर आज अनुभव गर्यौ।"
के हामी धर्म बदलेर अर्को धर्म मान्ने नेपालीहरु यसरी हार्दिकता हुन सक्छौ?
x-masको बिदाइको शुभकामना। विश्वमा एउटै घर्म छ त्यो हो मानवता,अरु त केवल आस्था हुन,विश्वास हुन।हामी अरुको आस्थामा धावा नबोलौ।
जय होस्।।
Share:

उल्टो सुल्टो

रात 
दिन
समय
दिन 
रात
समय
हार
जीत
जीवन
जीत
हार
जीवन
उल्टो सुल्टो
सुल्टो उल्टो
जहाँ बाट
पनि उस्तै
दुरुस्तै ....
Share:

आखिर जिउनु छ उस्तै उस्तै

सधै जस्तै
भित्तामा टाँगिएको
अन्तिम पन्ना च्यातेर
फेरीयो अर्को पात्रो
दिन उस्तै 
समय अनि दैनिकी उस्तै
सधै जस्तै अभावका सुमेरु पर्वत
पिल्सिएका मनहरु
तर
अंकुरण हुदैछ नयाँ पन
आशाको त्यान्द्रो देखिदैछ
फगत भ्रम
आखिर जिउनु छ उस्तै उस्तै
Share:

कविता- हुनेछ मिलन

फुल फुल्नेछ पक्कै
दाजै धैर्य गर्नुस्
बारुदले कति राज गर्ला यो दुनियाँमा ?
सुनौलो दिन आउनेछ 
त्यो दिन
हुने छैन
कुरान
बाइबल
गीता
हुनेछ पक्कै
हर मानवको मिलन
जसरी धरती र आकाशको मिलन हुन्छ क्षितिजमा
हो
दाजै
उसै गरि हुनेछ मिलन
कुरान,बाइबल र गीताको
हो त्यसबेला खोजिन्न
X Y को मिलन ।।।
Share:

कविता- ओ दाजु


म किन दुखिन ? 
तिम्रो दुखलाई किन खेलाउन मन लाग्यो
किन अझै नुन चुक दल्न मन लाग्यो
एउटा कविताको बिम्ब बनाउन मन लाग्यो
ओ दाजु ,
म पनि तिम्रो नांगो आङमा हिउले अत्याचार गरेको
शरीर पटपट फुटेको दुनियाँलाई देखाउन आउ
ओ दाजु ,
म पनि सेल्फी खिच्न आउ ??
Share:

कविता - .....

यो मुटुको धड्कन
यो फेर्ने स्वास
लाग्छन्
केवल
तिम्रो खातिर हो ।।
सम्झिनु त छ जीवनमा,
याद हिजो आज लाग्छन्
डिजिटल भएका छन्
फेसबुकको लाइक र कमेन्ट जस्तै
कहिले ह्वात्तै बढ्ने
कहिले शुन्य शून्य ।
जे होस यी यादका दर्पण देखिन्नन
Share:

जात



"हुँदै हुन्न यो सानो जातकी केटी हामी सँग बस्न हुन्न यो हाम्रो परापुर्खा देखि चलेको रीती हो " फूपूले स्पष्ट धारणा राखिन 
"
मैले तन मन सबै सुम्पिएर ल्याएकी मेरो श्रीमती कसरी तल्लो जातकी हुन्छिन ? उपल्लो जातको हो भने मैले ल्याएकी पनि उपल्लो जातकै हो,हुन्छे" दाइले आफ्नो कुरा राखे 
"
जीवित हुदा सम्म यो हुन सक्दैन आफ्नै जातका केटीहरु हुदा हुँदै तल्लो जातको केटी ल्याइस आफ्नो खुशी भनेर बिद्रोह गरिस अब सधै तेरो राज चल्दैन संस्कार ,रीती तैले भुले पनि हामी भुल्न सक्ने छैनौ ।- आमाले अडान लिइन ।
 एउटा तल्लो जातको केटी ल्याउदा ल्याउने को जात कसरी गयो,के आउने को जात माथी चढ्न सक्दैन?" दाजुले प्रश्न गरे  लामो समय चर्काचर्की भयो एउटा दुख बोकेको घर रणभुमी जस्तै देखियो युवा जमातले तल्लो जात( कथित) विवाह गर्ने दाइ भाउजूलाई साथ दिए भने गाउका लगभग ७०% मान्छे अरुलाइ साथ दिन अगि बढे विषय गम्भीर वातावरण तनावको बन्यो
Share:

लघुकथा - "देखाउने र चबाउने दात"

"हजुरको प्रकाशक गृहको नाम बजारमा सुनेर,एउटा पुस्तक निकाल्नु पर्यो भने सोचले यहाँ आएको ।" आफू त्यहाँ जानुको कारण खुलस्त पारे 
"राम्रो,हाम्रो प्रकाशक गृह अरु भन्दा भिन्न छ । हजुरहरुको सेवा हाम्रो पहिलो प्राथमिकता ।" निकै प्रसन्न मुद्दामा प्रकाशक गृहका संचालक बोले
आफ्नो गृहबाट प्रकाशित कृति,अब बजारमा आउन लागेको कृतिको लामै सुची बताए । हामी उत्कृष्टलाई स्थान दिन्छौ सम्म भन्न भ्याए । बजार व्यवस्थापन सम्म गर्दिने वाचा दिए ।
Share:

कविता - म अनि परदेश


बाध्यताको भिमकाया पहाडले
थिचिएर थङ्थिलो ज्यान
ठूलो जहाजको बेल्टमा बाँधेर
मरुभूमिको सपनाको मीठो यात्रा गर्छ
मरुभूमि भित्र खबुस सँग साट्छ दैनिकी
तालु खुइले हाकिमको खै
" यु मस्ट डु" को नारा सँगै नारिन्छ काममा
कस्टमरको लगातारको फोन
इमेलका च्याङ
फाइलहरुको चिच्याहट
चिर्दै चिर्दै बाँच्छ दैनिकी
Share:

कविता - "आलो घाउ"


===========================
सगरमाथा निगुरमुन्टी न भएको छ
शान्तिका प्रतीक परेवा बन्धकमा छन्
देश मृत्युको शोक सभामा छ
मानवियता नभएका मानवहरुको
लास सँगैको सेल्फिले संञ्जाल भरिएको छ
दुख्नेको घाउ भित्र छरिदैछ आलो नुन चुक
पर दू......र दराजबाट बजाइदै छ खुच्चिङ्गको काखी
भाँसिदैछ देश अझ अझ अझ भड्खालो भित्र
डुब्दैछ आत्मियता निकम्माहरुको आहालमा
होली खेलिदैछ आफन्तका रगतमा
श्रद्धाञ्जली दिदैछन मानवीयपनलाई
गहिरिदैछ सम्बन्ध बिच्छेद
इदि अमिनहरुको धुन अझै बेसुरमा घन्किदैछ गाउँ बस्ती

Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive