Wednesday, August 24, 2011

गज़ल ८३


सिंगो यौटा  मुटु दिएँ गुलाबनै  खोज्नु किन ?
ईसारानै काफी थियो  ,जवाबनै  खोज्नु किन ?

हुन्छ माया आफै आफै ,मुटुहरु मिले पछी !
कसको माया कती भन्दै ,हिसाबनै  खोज्नु किन ?
Share:

गज़ल ८२


दुखी छैन तरपनि पिएँ बालै भएन।
जीवन हो आफ्नो मेरै जीएँ बालै भएन।।

साथ पाएँ घात पाएँ भोगे सुख दु:ख।
फट्यो आफै नाथे मन सिएँ बालै भएन।।
Share:

२ तांकाहरु !!


बोतल भित्र 
जब म देख्छु उनि 
भक्कानो फुट्छ !
थपिन्छ अझै प्याला 
अतित सम्झेरनै !!
Share:

भुत !!


दुई जना मित्र बिज्ञान बिषयको परीक्षा दिएर गाउँ फेर्दै थिए/गाउँले बाटो हिड्न पनि अबेला हुनाले रात मज्जाले पर्र्यो /आफ्नो  गाउँ (घर )पुग्नु भन्दा अगाडी एउटा सानो खोला थियो/वास्तवमा भन्नु पर्दा मरेका मान्छे जलाउने ठाउँ/"रात बिरात हिड्नु हुन्न भूतले बसमा पार्न सक्छ" -यस्तै सुन्दै हुर्किएका हामीपनि/

चुक घोप्टिएको जस्तो रात त्यसमा पनि औशिको रात /किराहरुको एकोहोरो स्वर /सुनसान सडक अनि त्यो नदी /दुई भाइ नदी छेउमा के पुगेका थिए/अलिक पर जहाँ धेरै जसो मान्छे जलाउने गरिन्थियो एउटा आकृति देखियो हल्लिरहेको /लाग्थियो त्यो आकृति हिड्दैछ /दुई भाइकै होस् उड्यो /अब के गर्ने कसो गर्ने बेखबर/"यहाँ  बाट खोला तर्नु ठीक छैन अब भाग्नु पर्छ"-एक भाइले भन्यो /हो हो हामीले आज गल्ती गर्यौ भूतले हामीलाई घेरेजस्तो छ भाग्नुनै उचित होला /
Share:

गज़ल ८१


उड्यो मन भुवा सरी,छैन लक्ष्य दोधार छु !
भुले सारा गन्तव्यनै ,कसैबाट साभार छु !!

भिरको चिण्डो भएँ मत ,कहाँ होला अन्त्य मेरो !
बोझ भएँ परिवारको ,नकेहि को आधार छु !!
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive