यदी समय सोमरस भए म तनतनि पिउथे होला।समय बलवान रहेछ भाइ सक्दिन,यो सँग जोरी खोज्न।म उ बेला देखि समिप छु समयको तर पनि चिनजान भा छैन।मरुभुमिमा कायल भा'छु,के यो मुटु दुख्ने दबाइ छ हजुर सँग म हात बढाउछु,अह बोल्दैन समय।हुन त समय आफै पनि मलम हो घाउको।समयको प्रवाह सँगै कोत पर्व,भण्डारखाल पर्वको त खाटा बसेको छ यो ०५२ के होर?सबैले भुल्ने छ त्यो क्रान्ती,त्यो बलिदान।के जीवन सस्तो हुनाले हामी हाम फाल्या होर त्यो मरणको खेलमा?के मलाइ घर परीवारको माया थिएन र?यहाँ
जवानीमा लम्किदै गरेकि फूलमाया पढाइमा अब्बल दर्जाकी बिधार्थि थिई।राम्रो रुप बिनम्र बोलि,सबैसँग मिलेर बस्ने बानिले उ सबैको प्रिय थिई । पहाडी पानी अनि प्रकृतीको रेखदेखमा उ हुर्कदै गइ ।समयको प्रबाह सँगै उ पन्ध्र (१५)बर्षकी पुगी ।उसमा शारिरिक परिवर्तन हुन थाले,प्रकृतिक रुपमा । उसको महिनावारी सुरु भयो । हाम्रो गाउँ-घरको रीति-रीवाज पनि अचम्मकै छन ।पहिलो पटक महिनावारी हुँदा बा आमाको अनुहार हेर्नु हुन्न भन्ने चलन अनुसार,फुलमाया लाइ पनि पारी हर्केको घरमा पठाइयो।।फूलमाया पनि हर्केको घरमा ५-६ दिनको लागी गइ।हर्केको घरमा पनि उसलाइ बस्नको लागी गाईको गोठमा सानो ठाउँ बनाइएको
१० बर्षे नबिन ५ कक्षामा पढदै थियो,घर मा उसको हजुरबा ,हजुरआमा ,बा ,आमा ,काका-काकी अनि उसको भाइ थिए।एक सुखी परिवारनै थियो।मान्छेको मननै त हो कता कता के के हुन्छ।एक दिन नबिनले उसको बा र काका झगडा गर्दै गरेको देख्यो,त्यो समयमा उसले केहि पनि बोलेन तर मनमा केहि कुरा खेलायो।बेलुका उसले बासँग
साहित्यमा हिजो जन्मे,बामे सर्दो छु आज।
सुझाब पाइहजुरको ,अघि बढ्दो छु आज।
पाइ राखु सुझाब,माया अनि आशिर्बाद हजुरको
केहि गर्न साहित्यमा हजुरको भर पर्दो छु आज।।
म को हु,मन मन जोख्दै छु आज।
आफ्नो मुल्य आफै तोक्दै छु आज।
यो भु-मण्डलका हामी
सर्वसेस्ठ मानिएका हरु
मानव रगतले निसंकोच
उन्माद हुँदै होली खेल्दै छौ
मनवियपन र भाइचारा
अपहरण गरि,बन्दी बनाइ
मात्रुभुमिलाइ अंशबन्डा गर्दैछौ