Thursday, March 19, 2015

कथा- फेसबुकको भेट- 1

म्यासेज बक्समा रातो बत्ति बल्यो मैले हेरे कुनै परिचित लाग्ने फोटो भएको तर अपरिचित नामबाट संदेश आएको रैछ।"किन हो माया मारेको?" केहि गम खाएँ,घोत्रीएँ,याद गर्न खोजे त्यो नामलाई तर सबै शुल्य शुन्य।"मैले चिनिन नि हजुरलाई,माया गरेको भए पो माया मार्नु?" अलिक कडारुपमै प्रकट भएँ कि झै लाग्यो तर इन्टर दबाएँ। उता बाट "निष्ठुरी तिमी " जवाफ आयो,अकल्पनिय थियो मलाई यो जवाफ। अब मैले पक्कै यो नाम सँग परिचित हुनै पर्छ भन्ने कल्पिएर प्रश्न गरे "हजुरलाई मैले दिलमा हात राखेर भन्दैछु चिनिन नि?" अब आउन सक्ने जवाफहरुको आँकलन गर्दै बसे म।पून सम्झिन खोजे त्यो मुहार,त्यो नाम।
"यसरी भुल्नेछौ भन्ने मैले सोचेको थिइन,तिमीहरु ढुङ्गाको मन हुने केटाहरु है।"पून उस्तै जवाफ आयो,अझै परिचय दिन तयार थिइन,उसले मलाइ ठूलै सकस दिदै थिई,दिमागका प्रतेक तन्नुलाई सकृय बनाउदा पनि मैले उसलाई चिन्न सकिन,चिन्न खोज्ने चहनाको बेगवान हुरिले हुर्रिएँ,कसो कसो आफुलाई सम्हाल्दै किबोर्डमा हात राखे।खोइ किन किन मेरो हात काँप्दै थिएँ,काँपेको हात अनि दिमागको बेठेगान बीच केहि टाइप गरे।"प्लिज तिमी(मैले तिमी संबोधन गर्दा दुई पटक सोचिन)को हो?यसरी भुलभुलौयामा नधकेल न।यदी मेरो हित चाहन्छौ भने आफ्नो परीचय देउ।"
उताको जवाफ पर्खिन ममा धैर्य थिएन,त्यो समय कताउन मैले म्यासेन्जर 3/4 पटक खोल्दै बन्द गर्दै गरे ल्याप खोले,मोबाइल बन्द गरे,मोबाइल खोले ल्याप बन्द गरे। कति अधैर्य भएको ,कति बेचैन बाँचेको ? म्यासेजमा रातो बल्यो,धेरै दिन देखि भोको बाघले सिकार झम्टिएझै हतार हतार म्यासेजमा पुगे त्यो म्यासेज एक जना परिचित भाइको रैछ,दाजु भोली बिदा होइन?भेट्नु पर्छ है मैले म्यासेज हेरे,तर त्यो म्यासेजमा मेरो मन थिएन,यो मनको नि नौटंकी देखेर जिल्ल परे,कस्तो है?खोइ किन किन मलाइ उसको जवाफ पाउन/ सुन्न हतार भएको छ। 
पर्खाइको लामो समय पार भए पनि उताबाट जवाफ आएन,त्यो बीचमा अन्य धेरैको म्यासेज आयो तर आज मलाई कसैको जवाफ फर्काउने मन थिएन सायद जीवनमा प्रथम पटक यो फेसबुकको च्याटमा यसरी काकाकुल भएर तड्पिदैछु अब अतिनै भो भनेर मैले पून म्यासेज गरे " होइन के हो पारा यसरी अर्कालाइ भुल्भुलैयामा राखेर चुप बस्न पाइन्छ? यसरी अरुलाई तड्पाउनु ठीक हो? जहाँ सम्म मलाई लाग्छ,हामी परिचित छौ/ हौ तिम्रो प्रोफाइल पूरै घुमे तर पनि मैले तिमीलाई चिन्न सकिन मेरो धैर्यताको परिक्षा धेरै नलेउ। अब सक्दिन सहन जवाफ दिने भा देउ नत्र सिधैँ ब्लक हान्दिन्छु " ब्लक नामको हतियारले तर्साउन खोजे 
अझै जवाफ आएन,सिन पनि भएन यो पटक म्यासेज  
मेरो बेचैनी झन झन खहरेको पानीझै उर्लिन थाल्यो,पून पून ल्यापबाट उसको प्रोफाइल घुम्ने,एबाउट हेर्ने गर्न थाले थाके मेरा म्यासेजमा फिजाएका नजर,दिनमै रात भो,खग्रास सुर्य ग्रहण लाग्यो,माथिङगल फनफनी भो,प्यासले मुख च्याप च्याप भो यो बेलाको छट्पटी लेखेर साध्य हुन्न,यो व्याख्या गर्ने शब्द सायद पाइन्न शब्दकोषमा। अनि कलम नि थाक्नेछन अकल्पनीय पीडा दिएर गइ त्यो अपरिचित केटी मन मनै धेरै गाली गर्न खोजे खोइ किन किन शब्दहरु नि गायब भए, सारहिन,दुर्बल भए
फेरि म्यासेज बक्समा रातो बल्यो, ह्याँ अरुकै होला भनेर हेर्न चाहिन,मिनिमाइज गरे फेसबुकलाई,आँखा चिम्लिएँ,कल्पिएँ भगवानलाई,भन्थे मान्छेले दुखमा सम्झिन्छ रे भगवानलाई यो बेला प्रत्यक्ष आफैले भोगे पसिना पसिना भएको छु ,रुममा चलिरहेको एसिको कुनै असर छैन सुस्तरी आँखा चिम्लिएँ,मिनिमाइज गरेको फेसबुक खोले, चाहन्छु त्यो उसैको म्यासेज होस् ,अनि म्यासेजमा राज खुलेको होस् यो बीचमा धेरै पटक हुरुक्कै भए,खोइ कुन उत्वेगले मलाई यस्तो गराउदैछ आज आफू छैन, भित्रको मुला एउटा अपरिचितको म्यासेजले गायब बनाइदियो,छ्या के फुर्ती लगाउनु मैले मर्द भनेर ? आफुलाई धिक्कारे धिक्कारे आफुलाई। यो नाम सँग किन यसरी चुम्बकीय पदार्थ चुम्बनमा तानिए झै हुदैछु राज के होला? एउटा ठूलो प्रश्न चिन्न लगाएँ फेसबुकमा अझै एउटा रातो थियो त्यो नि म्यासेजमा सुस्तरी मैले कर्सल चलाएँ हेरे मन दरो पारेर उहीँ नाम बाट आएको रैछ म्यासेज एक्कसी बुरुक्क उफ्रिएँ,पछि लाज लाग्यो आफैलाई,होइन के हुदैछ मलाई अझै प्रश्न गरे आफुले आफुलाई,थाहा थियो जवाफ शुन्य हुनेछ तर नि ।।
म्यासेजमा लेखिएको थियो " तीस मिनेट मैले कुराउदा तिमीलाई कस्तो भो अनि कल्पना गर मैले साल कसरी कुरे हुला?हामी कलेजबाट छुटेपछी मैले तिमीलाई कहाँ मात्र खोजिन?यहाँ सम्म कि इलाम देखि तिम्रो खोजमा झापा हप्ता हप्तामा झर्न थाले, एक केटी मान्छे,कति कठीन भयो होला सोच ? तिमी कल्पना सम्म गर्न सक्छौ ? यी तीस मिनेट ती करोडौं मिनेटको दर्द महसुस गर। तिमीलाई परिचय दिनेछु तर आजै होइन,तिमीलेनी मिलनको प्रतीक्षा गर्नु पर्छ,धैर्यताको परिक्षा दिनु पर्छ
हो प्रीय (यो संवोधनले पक्कै दुख्ने छैन आशा गरे) मेरो पीडा यहाँ लेखेर साध्य छैन,त्यो लेख्न,बुझ्न यो च्याटको समय काफी छैन हो यति बुझ,यो मनले पीडाको खात खात लिएर सफर गर्दैछ,फगत बाँचेको अरुको लागि जीवन जीउनुको मज्जा त्यति बेला हुन्छ जुन बेला आत्म संतुष्ट हुन्छ अभागी दुख मुरी मुरी खुशी मानो मेरो भावमा यसरी पीडाको वयान गरेर मैले तिम्रो दया पाउन खोजेको होइन है,सक्छौ माया देउ तिम्रो मायाको नदी तर्न किनारमा प्रतीक्षामा छु भिखारी भएर दया भने माग्दिन  
कति मेरो गल्तीले कति समयको गल्तीले सायद कति तिम्रो गल्तिले हामी दूर भयौ ।हिजो के भयो त्यो छोड धेरै खोज पछि तिमी भेटाएकोछु,यो बीचमा धेरै रात अनिदो बिताएकोछु,खाना त्यागेकोछु,आँसुले सिरानी भिजाएको छु,त्यसको हिसाब गर्नु दै ,सबै भन्दा महत्त्वपूर्ण कुरा मैले मेरो बैँस प्रतीक्षामै बिताएको छु तिमीलाइ फेसबुकमा भेटेको दिन मलाई दुनियाँ जितेको भान भयो,धेरै हिम्मत बटुल्नु पर्यो तिमिलाइ एड गर्न,हो तिमी मेरो आफ्नो हो तर थाहा छैन तिम्रो हो या होइन?यो प्रश्नले मर्दै जीउदै गर्छु प्रतेक क्षण,पल थाहा आशाको दियो जतिनै धिपधिप होस् मन उज्यालो पार्छ  
आज धेरै बोल्न चाहन्न,तिमीलाइ के भन्ने,के गर्ने कसो गर्ने मानै समय बित्यो,एका तिर भेटिएको खुशी अर्को तिर मिलन नहुदै बिछोड होला कि भन्ने शंका पीडित मन ,दुखाई सहने हिम्मत अझै  
आजलाई यतिनै,भोलि पून आउनेछु वाचा भो भोलि सबै भन्नेछु प्रिय अब 24 घण्टा प्रतीक्षा गर है,त्यो एक दिनमा तिमीमा पर्ने मानसिक तनावको जिम्मेवारी पूरा पूरा लिन्छु आजलाइ बिदा !!"
उसको म्यासेज पढेर एक पटक हुरुक्कै भएँ,अतितमा डुबुल्की मारे,याद गरे कलेज,कलेजमा मेरो आशपास आउने,हुने केटीहरु अह अझै सम्म कस्तो पत्ता नलागेको धिक्कार मेरो दिमाग गाली गरे दिमागलाई त्यो होला होइन होइन उसको बिहे भै सकेको ,त्यो होला ह्या उसको उहिले बिहे भा यसरी यो होला त्यो होला गर्दा गर्दौ म्यासेजमा "हुन्छ प्रतीक्षा गर्न तयार छु,आशाको दियो बालेर तिम्रो प्रतीक्षामा यी चक्क्षु खटिएका हुनेछन् फेसबुकको हालमा बिदा " लेखेर इन्टर थिछे फेसबुक बन्द गरे धेरै हितैसीहरुको म्यासेज आएका थिए तर हेरिन त्यसै त्यसै लागे सुपरमार्केट तिर मन भुल्याउन भारी मन,मनमा अनेक तर्कना बोकेर लखर लखर बाटो नापी रहे,गन्तव्य विहिन मुसाफिर जस्तै
रात भर छट्पटी कोल्टे,घोप्टो,उत्तानो गर्दै निन्द्रा देवीलाई कुर्दै बसियो, खाना रुच्यो राम्रो सँग, बोल्न मन लाग्यो कसै सँग खोइ के हुन लाग्यो यो,यो शुभ संकेत होइन भनेर दिमागले इसारा गर्यो तर मन मान्न तयार भएन हिजो सम्म च्याटमा कुरा गर्ने सँग नि कुरा गर्न मन लागेन कतिले म्यासेजमा बिरामी हो,किन दुर भएको सिन गरेर नि जवाफ छैन ,रीसाएको ? यस्तै यस्तै होइन यति चाँडै के परिवर्तन भएकै हो? बिगत उति याद नगर्ने मान्छे तर नि क्षण क्षणमा विगतमा हुइकिन थाले,मन हो बेग लिएर हुइकियो बिगतमा। याद गर्न थाले एक एक पल सम्झिन खोजे कलेज,बाटोहरु,कक्षा कोठा,क्यान्टिन,सोचमा डुबेर,टाउको भारी भो,चटचट भो माथिङ्गल उठेर पानी पिएँ,सिरानी उठाएर ढल्किएँ फगत शून्य
रात भरको अनिदो लिएर काममा गए बिहान उठेर,टाउको भारी अनि पाकेको टमाटर जस्तो आँखा लिएर। काम गर्न मन थिएन तर बाध्यता ।मानिस बाध्यताले कति पिल्सिदो रैछ आज अनुभव भो,जीवन भोगाइ रैछ,फगत श्वास लिनु,छोड्नु के जीवन ? मलाई मात्र प्रतीक्षा थियो साझको,अनि उनको अहो! कति लामो दिन नि,कति अनकन्टार है प्रतीक्षा।बिस्तारै दिन बित्दै गयो,काम पनि सकियो अब शुरु भयो उहीँ काम म्यासेज खोल्ने,बन्द गर्ने। होइन हिजो यहीं समयमा आएकी थिई,आज खोइ ?यो घडीनी घुम्दै घुम्दैन यो बीचमा धेरैको म्यासेज आयो,हेरे तर जवाफ दिइन,झर्को पो लाग्दैछ आज ती म्यासेज गर्ने देखि ती म्यासेज नभएर मलाई कुरीकुरी गरेझै अनुभव भो अनौठो अनुभूति
म्यासेज थपिदै गए, निरीह एक जनाको प्रतीक्षामा थिएँ,छु,रहनेछु
एक्कसी "के प्यारा ?" भनेर प्रतीक्षाको अन्त्य भयो 
"
ठीक प्रिय ( प्रिय लेखेर मेटे) ।तिम्रो नि " मैले जवाफ दिएँ
"
जीवन नामको एक अदृश्य तत्व जीवित रे,देख्नेले त्यसै भन्छन् " कस्तो अलौकिक जवाफ अवाक भएँ 
"
अब प्रतीक्षाको पल सकियो होला नि? नाम भन्दा हुन्न?कति अपरिचित भएर कुरा गर्नु ?" प्रश्ननै प्रश्नको सुमेरु पर्वत खडा गरे
"
कति कुरा नभनेरनै मीठा हुन्छन् प्यारा,लाग्छ हामी परिचित भएर दुख्नु भन्दा अपरिचित भएर नै दुख्नु हितकर हिजो सम्म याद नआएको एक्कसी याद आउला ?" अझै खुल्ल चाहिन  
मैले स्टिकर पठाए " frown emoticon "
उसले नि पठाई " smile emoticon "
यसरी स्टिकर आदानप्रदान धेरै बेर भयो लाग्न थाल्यो हामी शब्द विहिन भयौ 
स्टिकरको लेनदेन रोकेर मैले भने " अरे लु अरु धेरै मेरो धैर्यताको परिक्षा नलेउ,जति धैर्य हुनु पर्ने भएँ,अब भन। 
पाँच मिनेट उताबाट केही जवाफ आएन,अब मेरो मन आत्तियो। कतै मलाई गहिराइमा छाडेर निदाइन ?
" साँच्चै तिमीले मलाई नचिनेको ? कि नचिने जस्तो गरेको ?" प्रतिप्रश्न
" कसम मैले चिनेको छैन मैले छोटो जवाफ दिएँ, उसको नाम सुन्न आतुर थिएँ
"
नाम भनौ कि फोटो दिउ?" उसले केही आशाको बत्ती बाली 
"
दुबै" हतारमा जवाफ 
"
तीन छक्क नपर्नु " नि के कम 
smile emoticon 
स्टिकर मात्रै दिएँ मैले
".........
साथमा फोटो " 
अहो! मलाई करेन्ट लाग्यो, फिनफिनी घुमे ३६० डिग्रीमा।एक्कासि मैले मुटु समाते,निशब्द भए म। १० मनमा एक मन नि नसोचेको मान्छे भाती जाँड खाए पछिको धङधङी जस्तै भयो  
"
राम राम पो ? " एक्कसी खुस्कियो मेरो मुखबाट त्यहिनै टाइप गरेर पठाएँ 
"
किन छक्क परिस ?मेरो माया कहिले बुझिनस तैले दुखको कुरा तड्पिनु तड्पिएँ बबुरो "
ह्याँ के जिस्किरहेकी के गर्दै छेस?अनि पढाई कहाँ पुग्यो ?आफू खाडी पो पसियो " चिने पछि आत्मीय नहुने कुरै भएन 
"
अहिले पढाइकै लागि अष्ट्रेलिया छु, साँच्चै ट्यालेन्ट मान्छे किन छोडिस पढ्न ? " -
"
भाग्यमा जति लेखेको थियो त्यति पढियो,कर्म गर्दैछु खुशी छु -
" I love you यार, तलाइ ज्यादै माया गर्छु,बिगत 10 वर्ष देखि मेरो मनमा मात्रै छस " झट्का दिई उसले पून
"
ह्याँ नजिस्किन,अब माया गरेनी सकियो विवाहित हुँ " हल्कारुपमा लिएँ
" जिस्किएको होइन,कलेजमा भन्न सकिन,आँट आएन,फेरि सधैं ग्याङ नछाड्ने,मेरो मन कातर,माया गर्ने भन्न डराउने, चाहन्थे तनै मलाई भन,त्यो ईच्छा आज नि पूरा भएन।अ सुनेको थिएँ तेरो विवाह भयो रे भनेर,त्यो बेला धेरै रोएँ,जीवन जीवन मन लागेन,आत्माहत्या गर्न नि मन मानेन। पृथ्वी गोलो ,एक दिन भेट होला नत्र अर्को जूनी पक्कै मेरो भन्ने सोचेर जिएकोछु आज सम्म कति खोजे फेसबुकमा साले नाम आफ्नो राखेको होइन।" संङिलन चाहिँ तर मेरो मन कुडियो,मैले उसलाई कहिले त्यो नजरले हेरेको थिइन,मिल्ने साथी हुनाले सामान्य थियो हाम्रो लागि।पढाइमा ट्यालेन्ट हुनाले कहिले काहीँ घुम्न जाँदा उसैलाई नोट दिएर जान्थे,सरकरी कलेज मन लागे कक्षा लियो नत्र घुम्यो,कति पटक गाली गर्थी तर साथीहरु लिएर टाप अहिले पो बुझे त्यो गालीको रहस्य,त्यो नोट लेख्दिनु को कारण
" ओइ एउटा कुरा भन्छु नाई भन "
"
ओइ कता?"
"
हेलो हेलो " 
उसको धेरै म्यासेज आएको रैछ, भने कल्पनाको तालमा डुबुल्की मार्न व्यस्त
" लु भन,ज्यान नमाग बाँकी तेरै भयो " मैले नि मजाक गरे
"
पक्का ?" उसले निस्चय हुन चाहिँ 
"
डन डन लन्डन " उस्तै जवाफ मेरो 
"
जिस्किने बाँनी उस्तै होइन अझै?" अतीत मिसिएर पोखिइ  
"
आफ्नो बाँनी को छोड्छ,अर्काको बाँनी को लिन्छ?" झन के कम 
"
लु लु जिस्किन छोड,अब केही सिरियस कुरा छन् सुन " उसले सम्झाई
"
लु भन " सुन्न तयार 
"
ओइ हामी बिहे गरौ " यो प्रश्न होइन बम जस्तै पड्कियो मेरो दिमागमा, काँपे सम्भावित दुर्घटना कल्पिएर,साथमा सम्झिएँ मेरो प्यारी अर्धाङ्गिनी ,जसले जीवन बुझाइन,जिउने आँट दिइन  
"
पागल भा छैन?" कड्किएँ
" हो हो पागल हुँ,माया गर्ने यहाँ पागल हुन्छन् ,के दुई जना विवाह गर्नु हुन्न? अष्ट्रेलिया आइज, तेरो परिवारलाई महिनै पछि पैसा पठाइदे,एक एक सालमा जा घर के यो सम्भव छैन तलाई मेरो भएको हेर्न चाहन्छु।बाँडियोस तर केही अंश मेरो पनि होस् " अहो ! कस्तो पागलपन,यस्तो नि देख्नु भोग्नु पर्ने है?आफैले आफैलाई प्रश्न गरे ।उसलाई जवाफ दिन उचित मानिन अगाडि साथी भेट्दाको खुशी कालो बादल बनेर क्षितिज तिर विलय भयो,मैले त्यो खुशी विलय हुदा दुख मानिन अनायसै केही सोच्दै नसोची मैले उसलाई ब्लग गरे फेसबुकमा अनि नाम पनि फेरे मेरो
फेसबुकमा रहेको श्रीमतिको फोटो हेरेर सजल भएँ हे ईश्वर आफुलाई बाँड्न सक्दिन,यो ज्यान उनैको मात्र हो जहाँ सम्म लाग्छ मैले गल्ती गरिन,गल्ती गरेको भएनी माफी। मेरो यो कदमले कसैको अहित नहोस


Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive