Tuesday, December 23, 2014

लघुकथा- "मन"


निराजन "प्रभात" लुइँटेल
मतान कोठामा पढेर बसिरहेको थिएँ,पढेको के थिएँ केबल किताब खोलेर बसेको थिएँ म।बाहिरबाट गुनगुन आवाज आउँदै थियो,कान थापेर सुने।
"यसले गर्नु गर्यो,अब अतिनै भयो।कसरी तह लगाउँने होला यसलाई?"बाको आवाज
"हो त एक दिन दुई दिन कति खप्नु हो?कलिलैमा यस्तो गर्दै छ पछि के होला यसको ज्याजती?"दाजुले थप्नु भो
"अब यसलाई केहि गर्नै पर्छ।कसरी हुन्छ् यसलाई लाईनमा ल्याउँनु पर्छ।यसले बिगार गरेको समयमा ढुकेर हुन्छ कि के गरेर हुन्छ यसलाइ अब समात्नै पर्छ रङ्गे हात /"दिदी पनि बोली बिचमा जान्ने भएर।
Share:

Monday, December 1, 2014

लघुकथा -खोक्रो आडम्बर


अहो ! छि छि! यस्तो पनि हुन्छ बाथरुम ? पानीको पाइप पनि छैन,टिसु पेपर पनि छैन,कसरी हातनै प्रयोग गर्न सकेका होलान? फेरि हातैले खान्छन,न काँटा न चम्चा ।यो फेनले पनि हल्ला मात्र गर्छ अहो! कस्तो गर्मी भएको अफ अफ हात टक्टकाउदै छातिमा मुखले फु फु गरे । उसले गुनासो गर्यो । धमास दियो बिदेश बसाइको एसिको,एटेज बाथरुमको । चिल्ला बाटा,सरर गुड्ने गाडीको । यो देश छि छि! लाग्छ कहिले पाइला नटेकु खोक्रो रवाफ ओकल्यो ।दुई महिनाको बिदा कसरी बिताउनु चिन्ताको रेखा देखियो निधारमा ।उसको भनाइले लाग्दै थियो उ नेपाल कहिले आएको थिएन दुई महिना होलिडे मनाउन आएको छ पहिलो पटक ।
Share:

लघुकथा - " गुणस्तर"


हिलापूर देखि हल्लेरी सम्मको १८ कि मी सडक कालो पत्रे गर्न बजेट पास भयो। यो हल्लाले हुनेखाने जति खुशी भए हुदा खानेहरु त्यति खुशी हुन सकेनन् । सडक बन्ने भएपछी त्यो क्षेत्रको जग्गाको भाउ सुन बराबर पुग्यो।हुदा खानेले त्यो क्षेत्रमा जग्गा किन्न के किन्ने सोच्न सम्म नसक्ने भए ।बाटोको टेन्डर पर्यो पश्चिम नेपालको यु एण्ड मि कम्पनीलाई । स्थानीयको अर्को आशा केही दिन रोजगार पाइएला भन्ने आशा पनि टुट्यो ।पश्चिमका इन्जिनियर,कामदार,मेसिन,ठेकेदार आए । खोलाको बगरमा टेन्ट लगाएर काम गुरु गरे ।
Share:

Sunday, October 26, 2014

संस्मरण-तिहारले रुवाउदा!

                         हामी दुई भाइ,दाजु अनि म हाम्रो दिदी बहिनी त्यो बेला सम्म थिएनन्।दिदी बहिनी नभएको हुनाले मलाइ अरूको दिदी बहिनी देख्दा पनि आफ्नै जस्तो लाग्ने।जब जब तिहार नजिकिदै गर्छ मलाइ झन् झन् यो दुखेसेले पेल्ने गर्छ,बिपनामै ऐठन गर्छ।आखिर किन हाम्रो दिदी बैनी नभएको।यो कुरा मैले बालाई सोध्ने आँट गरिन त्यो बेला,आज सोच्दा लाग्छ ठिकै गरेछु।गाउँ घरमा तिहारको रमाइलो सुरु भैसकेको थियो,तर मलाइ तिहारको रौनकले छोएको थिएन,सबै देउसी खेल्ने पैसा भेला गर्ने योजना बुन्दै थिए,तर म भने अझै भगवानलाइ किन दिदी,बहिनी नदिएको प्रश्न गरेर दिन बिताउदै थिएँ।यो तिहार म जस्ता दिदी बहिनी नहुनेलाइ रुवाउननै आएको हो भन्ने लाग्न थालेको थियो।
                       त्यो  उमेरमा तिहार भनेको डाइस खेल्ने,पटका पड्काउने,अनि देउसी खेलेर पैसा जम्मा गर्ने भन्ने न थियो।उमेरले गराएको होला त्यो सब,सबैलाई।मेरो दाजु पनि खुशिनै थियो,तर म भन्ने अलग जन्तु परेछु सधैँ तनाव,सधैँ चिन्ता।कस्तो दैवको खेलपनि न ठुलोबाबाको छोरी थिए,म मेरो बाबाको। काकाहरूको भने विवाहनै भएको थिएन।ठुलोबाबाको पनि दुई भाइ तिग्रेमात्र हामी पनि।ठूलोबाबाको एक जना छोरी हुनुहुन्थियो रे,हामी भाइहरुलाई धेरै माया पनि गर्ने रे तर खोइ औलो हो कि के रोगले उहाँलाई टिपेर लग्यो रे,यो घटना सुनेर त झन् मेरो मन यो भगवान् देखि उठयो,भगवाननै छैन भन्ने भएको थियो।त्यसैले मैले त्यो समयमा मन्दिर कहिले धाइन,मेरै उमेरका साथीहरू आमा दिदी सँग मन्दिर जान्थे तर मलाइ त्यो रहर पलाएन,आखिर हुँदै नभएको देवतालाई किन पूजा गर्ने होला?त्यस माथि लक्ष्मी प्रसादको कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता अंकल(छिमेकी)ले पढेको सुने मलाई आगोमा घ्यु भयो।सबै तिहारमा लक्ष्मी पूज्ने म भने बाहिर खुल्ला आकाशमा त्यो कालो रात हेरेर बस्थे।आज आएर हेर्दा म पूरा नास्तिकनै पो रैछु कि जस्तो लाग्छ।
Share:

Friday, October 17, 2014

तमोरमा बग्ने पानी फरक छ?


के मेरो बाजेको टुप्पि
हनुमानको पुच्छर हो
यसले तिम्रो लंका जलाउछ?
खोइन भने
मेरो अस्तित्व
त्यो टुप्पिको
किन जरै उखेल्ल खोज्दैछौ?
Share:

जात गएन तर पनि त्यो दशै राम्रो भएन

कुनै कुरा यस्ता हुन्छन ती कुराहरु मनको फोल्डरबाट जतिनै डिलिट गर्न खोजेपनी डिलिट गर्न सकिदो रैनछ, ती घटनाले यसरी डेरा जमाउछन कि भुल्न किठिन हुदो रैछ यस्तै एक घटना आज सम्म मेरो दिमागमा नाँचिरहेछ । झन दशैको चहल पहल बढ्यो कि झन बेगमा त्यो घटना बग्न थाल्छ मन रुपि पहराबाट ।कुरो धेरै पहिलेको हो,सायद म १०/१२ सालको हुदोहु,मावल बसेर पढ्नेहुनाले जीवनरुपि रथ बीना रोक ठोक चल्दैथियो । हजुरबुवा ,हजुरआमा ,मामा,माइजू,सानिमा सबैको प्यारो म । खुशिको सम्सर्गमा जीवन कति चाडो चिप्लिदो रैछ त्यो अहिले बुझ्दैछु। यो मनले आज पनि भन्छ,फेरि बच्चा हुन पाएँ,ती आन्मिय मनको मायाको घुम्टो ओड्न पाए,तर ती सबै मित्था सपना र कोरा कल्पना मात्र हुन्छन। अतीत एउटा चलचित्र बाहेक केही होइन,आँखाको पर्दामा बिम्बित हुन्छन दिमागको प्रोजेक्टरले बिना स्क्याच,बिना अवरोध ।

आस्विन/कात्तिकको महिना थियो,सारा वातावरण खुल्ला,चाडपर्वको वहारले साना ठुला सबैको मन पुलकित थियो।खुशी लिएर आउदै थियो हिन्दुहरुको महान चाड दशै हामी नेपालिको जीवनमा ।चाडको चटारोले घ्याप्पै छोपिसकेको थियो ठूलालाइ। बजार जानेहरुको बाटोको लर्कोले यहि संकेत गर्थियो।दर्जी साइला मामाको भ्याइ नभाइले मैले नयाँ लुगा अझै पाएको थिइन,दिन दिन धाउथे तर भान्जे भोलि ल आज तयारी छैन भन्थे साइला मामा,कता कता रीस उठ्यो,तर पनि रिसाएर हुनेवाला केही थिएन। सधैँ सधैँ धाउने मेरो दैनिकि भएको थियो ।एक दिन फेरि म पुगे साइला दर्जी मामाको घरमा नयाँ लुगा हेर्ने धोकोले।मेरो प्यान्ट त तयार रैछ तर कमिज तयार थिएन,पेन्ट देखेर यो भुरा मन पुल्पुलियो।मामाकोमा चिया खाने बेला भएको थियो,माइजूले चिया मामालाइ दिनुभयो,तर मलाइ दिनुभएन।कसरी देखाइ देखाइ खान सकेका होलान म सोच मग्न भए, भान्जा चिया पिउने हो?दर्जी मामाको प्रस्नले म तन्द्रा भंग भयो । खाने नि किन नखाने मैले भने । दर्जी मामाले माइजूलाइ आदेश दिए,भान्जेलाइ चिया दे,भित्रबाट माइजू बोलिन-" नाइ नाइ भान्जे हामिले छोएको खानु हुन्न,जात जान्छ।" तर मैले मानिन ,मलाइ जात कसरी  जादो रैछ हेर्नू थियो । दर्जिनी माइजूले "अरुले देखे भने हामिलाइनै नराम्रो देख्छन बच्चालाइ फकाएर चिया पिलाएको आरोप लाग्छ होस बाबुराजा ज्ञानी हुनुस जिद्दी नगर्नुस " भनिन । तर मैले मानिन नुन हालेकै भए पनि मलाइ त्यो दिनको चियाको लोभ कति थियो,खोइ किन किन ? अन्त्यमा माइजूको जोड केही चलेन मेरो जिद्दिको सामु ।
Share:

गजल समस्या अनि यसका समाधानको उपायहरु !!


लेखक/संकलक-निराजन प्रभात लुइँटेल

छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन ।जस्तो चाइनाको माल-सबैले प्रयोग गर्ने तर पनि विस्वास नगर्ने।काठमाडौँको एउटा कुनामा मदन पुरस्कार पाएको देखि पाउने वालासम्मको एउटा झुण्ड नेपाली साहित्यको बारेमा खुब छलफल गर्ने गर्छ विभिन्न वाद देखी विभिन्न कथा, उपन्यास कविताका शैलीका बारेमा निकै लामो बहस पनि हुने गर्छ तर त्यो झुण्डले गजलकार भनेपछि फुटेको आँखाले पनि हेर्न चाहादैन,गजललाई आयतित बिधाको रुपमा मात्र हेर्छन् धेरै नाम चलेका लेखकहरुनै।यहाँ जीवन भर 10 बढी उपन्यास लेखि सक्दा र 400 बढी कथा/कविता लेखिसक्दा पनि आफू प्रति सन्तुष्ट नहुने कवि लेखकलाई यो कुरा अनौठो लग्न सक्छ । जाबो १० लाइन गजल त के १०००० लाइन लेख्न सकिन्छ भन्ने पनि लाग्ला तर एउटा गजलको असली शेर लेख्नुको मेहेनत कुनै उपन्यासको भन्दा कम हुदैन ।चार,पाँच शेर गजल लेख्दा एक गर्भवति महिलाले प्रसवमा भोगेको भन्दा बढि पीडा हुन्छ। इनसाइक्लोपिडियामा गजलको अर्थ “गजल इज कलेक्सन अफ कमप्लिट पोइम्स भनेर दिएको छ । यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ ।
Share:

कथा- सुखद् दिन



चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए पछी पुग्यो मानिसलाई नानाभाती मनमा खेलाउँनलाई । “खाली दिमाग सैतानको घर” भन्छन् हो पक्कै पनि । जीवनका बितेका अवशेषहरुको टुक्रा टुक्री दिमागमा देखा पर्दा आफुले आफुलाई हिनताको भावनाले मार्न मन लाग्छ तर आज सम्म खै कसरी जीएको छु म । सायद अझै धेरै दुख, हण्डर, ठक्कर खान होलाकी ? म विवशछु विवशताले भने होईन आफ्नै कर्मले अनि दुखि पनि छैन तर सुखि पनि कहाँ छु म, कसरी व्याख्या, विवेचना गर्दा हुन मान्छे सुख, दुखको । कसलाई सुखि अनि कसलाई दुखि भन्ने। मेरो हेराईमा त यो जगतमा सुखि मानव होलान् जस्तो लाग्दैन् । हुने भएरै दुखि छ, नहुने नभएर दुखि छ । कोहि मायामा दुखि छ, कोहि जागिर नभएर दुखि छ । यसरी दुखिहरुकै नाम लिष्ट बनाउँने हो भने सुखिहरुको नाम औलामा गन्न सकिन्छ ।

बस्ता बस्तै वाक्कै भए जस्तो लागेर म आज बाहिर जाने बिचारमा लागे । जान त जाने तर कहाँ अनी कसलाई भेट्ने अनी के कामले ? कुकुरको कामपनि हुदैन रे अनि फुसर्दपनि मलाई पनि उस्तै भएको छ आज । प्रयोजन विहिन टुटेको चङ्गाको पनि आकाश या जमिन लक्ष्य त हुन्छ तर मेरो प्रश्नहरुको च्याङ्गले छयाङ्गको ह्याङ्ग ओभर भन्दा कम पीडा कहाँ दिएको होला र मलाई । बिचारको पर्खाल ढलेर किच्लाझै भएर हानिए म कम्प्यूटर कोठामा। धेरै समय देखि नचलेको कम्प्यूटरले मलाईनै कुरी कुरी भनेझै भान भो । आज मलाई एस एम एस गर्ने मान्छे सँग कुरा गर्नु छ ।

Share:

त्यो दिनको देउसी!!

म सानै हुदा देखि मलाइ सबै भन्दा मन पर्ने चाड तिहार,खोइ किन किन यो चाडको प्रवेशले मेरो तन-मन त्यसै-त्यसै उमंगले फुरुङग हुन्छ।वातावरण पनि त्यसै त्यसै रमाइलो हुने त्यो बेला,हुन त दसैँ पनि नरमाइलो पर्व त होइन तर दशैको बेलामा लामो बिदा हुनाले मलाइ त्यो चाड मन पर्दैन थियो,अनि लामो बिदा हुनु भनेको धेरै होमओर्क हुनु।बिदामा रमाउने भन्दा पनि होकओर्कको चिन्ता,फेरी दशैमा मामाघर,मुलघर,यता उता कता कता टिका लगाउन पनि जानु पर्ने,गाडी उस्तै भिड त्यसैले दसैँ भन्दा तिहारले मनमा डेरा जमाएको हुनुपर्छ।अन्य कारण पनि होलान् यहाँ सबै कारण लेख्न उचित नहोला।वातावरण फूलै फूलको,सबैको घर आँगन फूलको वासनाले सुवासित भएका हुने,सबैको मुहारमा खुसी,रौनक।सबै तिर झिमिमिलि,मिठा मिठा खाने कुरा सबैको भान्सामा बन्दै अहो! कस्तो मज्जाको समय।कुरा धेरै पहिलाको हो त्यो बेला मा ११मा पढ्थे ,२०६० सालको कुरो हुनुपर्छ ।यो सालको तिहार आउदा त्यो तिहारको ११ वटा वसन्त बितेको हुन्छ। त्यो बेलाको तिहारको कुरा,रमाइलो चाडको कुरा।जसरी दशैले बिदाइको हात हल्लाएर हामी माझबाट गयो,लगत्तै तिहारले आफ्नो आगमतको निम्तो दिन थाल्यो सबै तिर फूल फुलाएर,वातावरण रंगिन बनएर,फूलको वास्नाले सुगन्धित पारेर।तिहारको आगमनको खबरले फेरी मेरो मन तरंगित भयो,बहिनीको हातको टिका लगाउने,अनि देउसी खेल्ने रहरले।
Share:

Tuesday, September 30, 2014

लघुकथा-"धुम्रपान स्वास्थ्यकोलागी हानीकारक छ"

धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।
Share:

लघुकथा- महान ब्याक्तित्व !!

कलेजको वार्षिकोत्सबमा पिन्सिपल बोल्दै थिए - हाम्रो कलेज नेपालकै नाम चलेको कलेजमा पर्छ।यहाँ हामिले ठूल ठूला हस्तीलाई जन्मदिएका छौँ ।हाम्रो शिक्षाको स्तर बिदेशी कलेज भन्दा कम छैन । केही मान्छे आफ्नो पैसाको रवाफ देखाउन आफ्ना छोरा छोरी बिदेशी कलेजमा पठाउछ्न पढ्नलाई ,उनिहरुले आफ्नो देशमा भएको यत्रो ठूलो कलेज देखेर पनि आँखा बन्द गर्दैछन । आज धनिहरुको यो परम्परा अनि सान भएकोछ,यो परम्परा बन्द हुनुपर्छ।
Share:

लघुकथा- "जीउँदो"


म जन्मिने साथै सबै खुशी भए,रमाए।
"एउटाले भन्यो यो किन अहिले सम्म रोएन?"
सबै आत्तिए,डराए कतै मृत जन्मिएको होइन अनुमान लगाए।केही समय अगाडीको खुशी सबै निराश सन्नाटामा बदलियो।कसैले मेरो छोरा भने,कसैले नाति,पनाति,भाइ,भतिज,भदो,भान्जा यस्तै खोइ के के हो के के।नाताहरुको त्यो थाक देखेर म च्याँ च्याँ गरे,ती नाताहरुले ऐठन भएर रोएँ।फेरि खुशिको फोहरा सुनियो।सबैले मायालुपलको स्पर्श दिए।
Share:

लघुकथा-भिन्नता


"सर आज मेरो पेट निक्कै दुख्दैछ,काम गर्न सक्छु जस्तो लाग्दैन।त्यसैले अनुरोध गर्न आएकि आजलाई बिदा दिनु पर्यो।"- देव्यानीले मधुर स्वरमा अनुरोध गरिन
"के भएर दुख्यो हो त तिम्रो पेट?"-केहि ठाट्टा गर्दै सोमनाथले प्रश्न गरे
"सर पनि महिलालाई किन पेट दुख्छ हजुरलाई थाहा छैन?"-देव्यानी मुसुक्क मुस्काउदै बोलिन्
"ठीक छ,भोलि पनि ठिक नभए मलाइ एक कल गर्नु अनि आराम गर्नु,केहि दवाई पनि लिनु है।पैसा त छ तिमी सँग?" सोमनाथले सुझाब मुलक बिदा दियो
Share:

राजिनामा


यमराज धेरै क्रोधित हुँदै आफ्ना दुतहरु चण्ड,मुण्डलाई बोलाउछन।यमराजको आदेश शिरोधार गर्दै निमेष भरमा सभामा दुतहरु हाजिर हुन्छन। भैसीमा सावार आफ्नो राजाको यस्तो रुप आज सम्म यी दुतहरुले देखेका थिएनन।पापीलाई केरकार गर्दापनी भद्र अनि मिजासिलो व्यवहार देखाउने यमराजलाई आज के भएछ बुझ्न सकिरहेका थिएनन।
"यहाँ यो पाप र धर्मको छिनोफानो गर्ने न्यायाधीश म हो कि होइन?" चर्किदै प्रश्न गरे यमराजले
यो अनायसको प्रश्नले आत्तिए दुतहरु ,निशब्द भए,लुग लुग कामे आउन सक्ने आपतको आँकलन गर्दै।
"किन नबोलेका,किन चुप?" युमराज आँखाबाट आगो निकाल्दै बोल्दै थिए
Share:

लघुकथा- "मैले ९ मिनेटमा लेखे नि"


सानो छोराले कपिमा केही लेख्यो,उसैलाई चित्त बुझेन क्यार फेरि मेट्यो।केही बेर सोच्यो फेरि लेख्यो,केही अपूग मानेर फेरि मेट्यो।इरेजर घोटिएर सानो भयो तर छोराले लेख्ने र मेट्ने क्रम रोकेन।म पर बसेर टि भि हेर्दै यी सब नियाल्दै थिएँ।
लामो समय पछि छोराको मुहारमा केही चमक आयो,उ आनन्दित हुँदै मुसुक्क मुस्कुरायो।मेरो छेउमा आएर बोल्यो "बाबा यो टिभी ले ९ महिना देखि लेख्न सकिएन भनेको मैले ९ मिनेटमा लेखे नि।"
Share:

कविता - मेरो सपना

बाले देखे सपना 
छोरो डाक्टर भएको ।
आमाले देखिन सपना
छोरो प्रशाशक भएको ।
दाजुले भन्नू भो
भाइ वकिल हुन्छ
दिदीले धारणा राख्नु भयो
भाइ इन्जिनियर बन्नु पर्छ
मास्टर जिले भन्नू भो केटो
मेघाबी छ ,
यसले असल शिक्षक बन्नु पर्छ
साथिहरुले भने
यो राम्रो खेल्छ
खेलाडी हुनुपर्छ ।
सबैले आफ्नो आफ्नो
बिचार राखे ,
अधिकार जमाउन खोजे
मलाइ कसैले बुझेन
मेरो भावाना कसैले कदर गरेन
Share:

मित्रता-दुस्मनी

हिजो सँगै फाडेको तिते घारी के तिम्रो मात्र हो, यसमा के मेरो पसिना चुहिएको छैन ? हिजो सम्म सँगै हामी हिड्ने बाटो कसरी भिन्न हुन सक्छ? तिम्रो बाजे मर्दा , मेरो हजुरबुबा मर्दा काँध दिने हामी किन बाँडिएका छौ? के यसलाइ परिवर्तन मान्ने?
हाप्पारे,देउसी उस्तै थिएनन दशैको टीकामा मैले खसी ढाल्दा तिमिले रागो ढालेको भुल्यौ? सुँगुर पोलेको बिर्सियौ? हिजो सम्म न जाँड गन्हायो मलाइ न तिमिलाइ घिन लाग्यो मोहि के परिवर्तन फुटेर मात्र हुन्छ?
Share:

कविता-भट्टी मै लेखिन्छ रे ।।


जब भट्टी देख्छु
तब तब
मेरो मन चुक्चुकाउछ 
यति भट्टी नहुदो हो त
राजनिती
कुटनिती
बहुनिती
पीडा
हर्ष
यस्ता
अनेक
उत्वेग
सम्वेग
सायद मनमै
उकुसमुकुस हुन्थे
अनि फुट्थे होला मनैमा
अहिले देशी बिदेशी
बोतल फुटे झै
बिचरा मनहरु ।।
Share:

कविता- "भो अल्पज्ञानमा फुट नल्याउ"


किरात योनिबाट
उ जन्मियो
बाहुन योनिबाट 
म जन्मिएँ
हामी दुबैको अंग
लगभग उस्तै दुरुस्तै
केबल केहि आकारको फरक
उ जन्मिएको खुशिमा राँगो काटियो
म जन्मिएको खुशिमा खसी
भोज आखिर उसको घरमा
अनि मेरो घरमा सबै तिर
पात्रो पल्टिदै गयो
दिन,हप्ता,महिना,साल
फेरिदै गए
हाम्रो आकार पनि बदलियो
सोच बद्लियो
उ बलवान थियो
म लुरे
Share:

Saturday, August 30, 2014

मुख सम्हालेर बोल

निराजन प्रभात लुइँटेल 

मन धोएर हेर
मुटुको धड्कन छोएर हेर
उ सँगै रोएर हेर 
अनि भन 
को खाते हो?

एक छिन बिना जुत्ता सडकको दुरी नाप
चिसो रातमा आकाश ओढ
रात भर भोकको कवाली सुन
अनि भन
को खाते हो ?

Share:

Wednesday, August 20, 2014

दिमाग चटनी ।।

दिमाग चटनी ।।

बन्द कोठा भित्र रंगिन वातावरण थियो।टेबुलमा बिदेशी रक्सि बोतल भित्र कैद थिए,साथमा दुई खुट्टे चार खुट्टेको मासु प्लेटमा पारखी कुर्दै थिए।ज्ञानले भरिएका दुई चार जनाको बिचमा अल्पज्ञानी म पनि थिएँ।बोतल फोडिए,मासुहरुको प्लेट खाली भए,अब सुरु भयो साहित्यको कुरा।ज्ञानिहरु बिच अब भाषाको अवरोध थिएन,भुगोलको बन्धन थिएन।नेपाली कम अंग्रेजी बढी बोलिन थाले।वादको कुरा निस्कियो,सबैले मेरो कुरा ठूलो भने।कोहि कसैको बिचार सुन्ने मुडमा थिएनन् ।मपात्वको घडा चुली चुली थियो सबैमा।
Share:

ए! गोरे दाइ

ए! गोरे दाइ 
तिमी हतास छौँ सधैँ
तिमी चिन्तित छौ सधै
तिम्रो अतीत लेखेर कवि भए 
तिम्रो दैनिकी लेखेर कथाकार भए
तर 
तिमी उस्तैछौँ 
दुरुस्तै छौँ
सुनकोसीको छाल भन्दा बढी मानविय उत्वेग 
Share:

लघुकथा-उपचार

लघुकथा-उपचार


​डाक्टर साहेब नर्सहरुको लावालस्कर सहित आइ सि युमा छिरे।भित्र पसेर यसो नाडी छामे।नर्सहरुसँग साउतीमा कुरा गरे र बाहिर निस्किए।
यि सबै म बाहिरबाटनै हेर्दै थिएँ,आइ सि युमा पस्ने अनुमति थिएन।
"यो बिरामीको आफ्नो मान्छे हजुरनै हो?बिरामीको हालत गम्भिर छ,चाडै ५० हजार काउन्टरमा जम्मा गर्नुस्। अनि उपचार हुन्छ,बाँकी भगवानको ईच्छा।" डाक्टरले आफ्नो कुरा राखे र गए।
Share:

"नयाँ जागिर"

लघुकथा- "नयाँ जागिर"
निराजन प्रभात लुइँटेल
"कुन खुशिमा आज यो रमाइलो यार?" मैले प्रश्न गरे/ हत्त पत्त पैसा निकाल्न नचाहने मेरो साथिको आजको यो पार्टीले म छक्क परेको थिएँ ।
"मेरो बहिनिले नयाँ जागिर पाएकि छे,अब मैले उसको पढाइको खर्च उठाउनु नपर्ने भयो,मेरो बहिनी आफ्नो खुट्टामा उभिन सक्ने भएकी छे।मोज गर केटा हो।आजको सबै खर्च मेरो तर्फबाट।बहिनीले एडभान्स पाएकि रैछ त्यो पैसा बाट केहि पैसा मलाइ रमाइलो गर्न दिएकि थिई,त्यसैको आजको रातमेरो बहिनिको नाम।सालिनिलाई मैले फोन गरेको थिए नयाँ दुई परी (नयाँ माल< हाम्रो भाषामा) आएकाछन् रे तिमीहरु दुईको लागी नयाँ परी मेरो त सालिनी छदै छे।"
हामी तीन मित्र तीन अलग अलग कोठामा पस्यौ।
Share:

Wednesday, August 6, 2014

कथा-बिदेश यात्रा !!


पहिलो पटक देश छोड्दै थिएँ,झोला,हरियो पासपोर्ट अनि मन भरी रंगिन सपनाको भारी बोकेर हुइकिएँ दोहा ।कतारको निजि बिमानमा पसे ,एक पटक बाहिर हेरे आँखाको भेल रोक्न सकिन ,गोजिभित्रको रुमालले बार लगाउन खोजे तर ब्यर्थ काँहा रिकिनु त्यो बेतालको खहरे बगिरहयो गालाको बाटो हुँदै । विशाल विमान अनि ३० बिसा मान्छेको भिडमा एक्लो भएँ म । बिमानले भुइ छोड्यो मन झन आत्तियो,बेगमा हानियो विमान आफ्नो लक्ष भेट्न म भने बिना लक्षको भएँ।
पिसाबले च्यापेर ट्वाइलेट गएँ ,ढोका खोल्न खोजे खुलेन । होस्टेजले सुरिलो श्वरमा सोधिन Any problem sir? कुरो आधा बुझे तर समस्या बताउन सकिन।आफै सँग रीस उठ्यो ,अंग्रेजी पढ्ने समयमा कक्षामै उगेको याद आयो । हातको सहाराले देखाएँ ढोका खुलेन भने ।हाँस्दै उनिले ढोका खोल्दिइन म भित्र गएँ एक हातले ढोका समाएँ अनि हल्का भएँ । लजाउदै बाहिर निस्किएँ र आफ्नो स्थानमा बसे । खाना आयो खानै मन लागेन । चिया आयो पिउनै मन लागेन । कुनै कुनै साथिले बियर पिएको देखेर इसाराले मैले पनि मागेर एकै झड्कामा रित्याएँ ।
Share:

गजल -2069-5-12

निराजन "प्रभात" लुइँटेल

तिमी रुन जान्दछौ कि जान्दैनौ जाँच्न मनछ।
सम्झि सम्झि तिम्रो सबै हर्कत हाँस्न मनछ।

गर्यौ माया कति भनि तौलने निधो गर्दै।
टुक्रा टुक्रा पार्दै चुरा काँचको भाँच्न मनछ ।।
Share:

Wednesday, July 16, 2014

लघुकथा-"धुम्रपान स्वास्थकोलागी हानीकारक छ"

धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।

उसको पातलो कमिजको खल्ती भित्र राखिएको चुरोटको बट्टामा लेखिएको "धुम्रपान स्वास्थकोलागी हानीकारक छ" प्रष्टै देखिन्थियो।
Share:

लघुकथा-माली


एउटा मालीले वर्षौ सम्म फूलबारीको हेरबिचार गर्यो।जब ती फूलहरु फुले ढकमक्क उसैले मायानै नगरी टिपेर बेच्न थाल्यो।
Share:

लघुकथा-दुःखको कमाई


पूरै कोठा थर्किने गरि मेरो साथी फोनमा कुरा गर्दै थियो,के बिदेशमा पैसाको बोट छ?कति पठाउनु पैसा मैले अस्ति भक्खर तीन महिना अगाडि त पठाएको थिए। के घर परीवारको जिम्मेवारी मेरो मात्र हो?के थाहा हजुरहरुलाई यहाँ कति दु:ख छ भन्ने।यस्तै के के हो के के,पूरै दुःखको कहानी ।
Share:

Tuesday, July 1, 2014

कथा-प्रयोग नम्बर एक


निराजन 'प्रभात' लुइँटेल
झापा-नेपाल
हाल-नयाँ वाक्रा-कतार​​


मिति ३०३० साल
स्थान चन्दमा  प्रयोगशाला
प्रयोग नम्बर #१
ठूलो भवन
मा​म छु सयौ सेनाको घेरा भित्र,कता कता डर पनि लाग्दैछ यो प्रयोग सफल होला नहोला?असफल भए मेरो जीवन के होला।एसिको त्यो एकोहोरो आवाजले कम्ता कानलाइ सास्ती दिएका होइनन ,बूढो जो भएँ।तर यो बुढेसकाल बाट मुक्त हुने दिन नजिकै छ।बुढेसकाल भन्नू एक्लो जीवन,एक जना कियर गिभरको साथ सधैँ।आफ्नो शरीर आफुलाई घाँडो हुदा पनि केही गर्न नसकिने।पहिला पहिला धेरै बाँच्ने आशाले दिर्घजिवन भ्याक्सिन लगाइयो तर हिजो आज मर्न मन लाग्छ तर मनले के गर्नु ?छोरा छोरी छन भन्नू मात्र,कोहि मंगलमा रे कोहि चन्द्रमा रे,त्यो   ल्यापटपमा कति दिन बिताउनु झुर लाग्छ,पहिला म सानो हुदा फेसबुक थियो,अहिले टाइमबुक भा छ।यो टाइमबुकमा आफ्नो उमेरका दौतरी मात्र जोड्न सकिन्छ,आफू जस्ता सँग कुरा गर्यो,सधैँ समान कुरा,सबैको भोगाई एक,उस्तै दुरुस्तै।गुनासो गरौ कहाँ गरौँ?कति क्रुर छ यो विश्व सरकार,पहिला जस्तो यहाँ छैन देश सबै एक देश,एक भेष,एक भाषा।सेक्स (स्त्री,पुरुष बीच)बन्देज छ यहाँ,सबै मेशिन बाट हुन्छ काम।बाबुको छोरा को चिन्न कठीन छ,ट्यागको आधारमा आफ्नो हर्मोन चिन्नु पर्छ।यहाँ कोहि गरिब छैन,कोहि धनी छैन।सबैलाइ समान हक अधिकार छ।समान श्रम,समान उपयोगिता।न धर्म छ न युद्द छ।
आज यो विश्व सरकार,विश्व जनता अनि विश्व बैज्ञानिकको लागि बिशेष दिन,आज यो प्राविधिक युगको नयाँ क्रान्तीको प्रयोग हुने दिन अनि म त्यो प्रयोगको लागि छानिएको म ।कता कता खुशी लाग्दैछ,कता कता दुख पनि।अनौठो अनुभव हुदैछ ।आज बिश्व  जनता बडो कौतुहलता भएर यो बिशेष दिनलाई हेर्दै छन।
Share:

Thursday, June 5, 2014

गीत By निराजन प्रभात लुइँटेल

यो गीतलाई हेरेर कोहि मित्र संगीत भर्न या गाउन चाहनु हुन्छ भने मलाइ सम्पर्क गर्नुहोला।
 nirajan.luitel@gmail.com or Nirajan_pravay2000@yahoo.com

यता उता सधैँ आँखा जुधाउँछ्न  किन ।
रुप नाप्दै मन फेरी कुदाउँछन किन ।।


सस्तो भयो माया,बजारको खेल ।
बैस आयो गयो,भदौरेकै भेल ।।
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन।
त्यसै माया गर्ने मुटु चुकाउँछ्न किन।।
Share:

Tuesday, June 3, 2014


कान्तिपुरमा छापिएको मेरो लघुकथा।
Share:

मेरो परिवार,दादाको बिवाहमा लिएको फोटो।।
Share:
छोराको नयाँ पहिरन।
Share:

खोइ के भन्नू


देवता पनि नि

शिव गाँजा,भांग धतुरो खान सिकाउछ्न
कृष्ण - रसलिला सिकाउछन
ब्रह्मा - दारी पाल्न सिकाउछन
बुद्ध - राता रात घर छोड्न सिकाउछन
अनि मैले चाहि
गाँजा खाए 
Share:

Monday, June 2, 2014

गीत,

खाली मुटु तिम्रै ठाउँ तिमी भित्रै पस्नु । 
यसै गरी सधैं तिमी मुटु भित्र बस्नु ।। 

जुन तिमी सधैं सधैं शीतलताको खानी । 
घुर्की धम्की धेरै माया अनौठो त्यो बानी ।। 
एक्लो हुन्छु हिजो आज अङगालोमा कस्नु । 
यसै गरी सधैं तिमी मुटुभित्र बस्नु ।। 
Share:

परदेशी

निराजन प्रभात लुइँटेल -
म काममा ब्यस्त थिएँ, घरको नम्बरबाट लगातार मिसकल आयो। यसरी त मिसकल कहिलै आएको थिएन – मेरो दिमागमा अनेक तर्कना आए। छोरा चकचके छ कतै लडेर घाइते त भएन? बाबा बिरामी हुनुहुन्थ्यो केही त भएन? श्रीमती कमजोर थिइन्,सुत्केरीमा आर्थिक अभावले केही तागतिलो खाना दिन सकिएन, सँधै उनको पेट दुख्छ,कम्मर दुख्छ, उनलाई केही त भएन? भाइ फटाहा छ कतै झगडा त गरेन?
यस्ता अनेक शंकाले मनमा डेरा जमाए। अझै मिसकल आउने क्रम रोकिएन। फोनमा ब्यालेन्स थिएन। फोरमेनसँग अनुमति लिएर म दुकान गएँ।
घरको नम्बरमा फोन गरेँ। उताबाट रुन्चे स्वरमा ‘हेलो’ भन्यो। त्यो मेरो ४ वर्षको छोरा थियो। ‘बाबु के भो,’ मैले अड्किँदै सोधेँ।
Share:

भुराका कुरा

भुराका कुरा केटा केटी उमेरमा म ज्यादै उट्पट्याङ्ग थिएँ।हुनपनि त्यो उमेरनै त्यस्तै हो।अरु भुराभुरी भन्दा भिन्न पहिचान थियो मेरो ,खाइलाग्दो कद काला काला चक्षु,पढाइमा पनि अब्बल थिएँ म।पढाइमा अब्बल हुनाले मैले फटाइ गरे भनेर कसैले सरहरुलाई भने पनि सरहरुले पत्याउने होइन,जसले गर्दा धेरै पटक म सजायबाट बच्ने गर्थे।मैले भनेको नमान्ने कमै केटा साथिहरु थिए होलान त्यो समयमा।एक प्रकारले म अघोषित लिडरनै थिएँ।अरुको बारीको आरु,आरुचा,आरुबखडा,काक्रो,नासपाती,दारिम,सुन्तला त कति चोरीयो कति खाइयो कति त्यसको लेखा-जोखानै छैन। म धेरै जसो प्लान बनाउनेमा पर्थे (चोर्ने प्लान क्या) अनि साथिहरुलाइ चोराएर आफू भने टाढाबाट रमिते बन्थे,कतै आकल झुकल पक्री हाले पनि आफू त रेसम फिरीरी।
Share:

नयाँ कानुन

"अरे यार नयाँ कानुनले त बडो गजबको मज्जा हुनेछ,साला सधैँ पेलेर राख्ने त्यो केरला अब देख्छ।" नेपाली तर अस्पष्ट बोल्ने यी ब्याक्तीको यो प्रतिक्रीयाले म टक्क रोकिएँ 
सोधे दाइ के कुरा हुदैछ ?अनि हजुरहरु कुन कम्पनिमा काम गर्नुहुन्छ ?मेरो यो एक्कासिको प्रस्नले उनिहरु अल्मलिए।केही डराएको जस्तो देखिए। अहो! डराउनु पर्दैन क्याँ । मैले ढाडस दिएँ।
अहो! अहो!! दाजु (उनको लवज मैथिली मिसिएको थियो,अनि म २६/२७ वर्षको मान्छेलाइ पनि दाजु भन्दै थिए जबकी उनी ४० भन्दा कम थिएनन) कम्पनिको कुरा नगर्नुस नाम थाहा छैन ,यसो छोटा मोटा काम गराउछ । १२/१३ घण्टा काम गर्यो ओभर टाइम दिन्न तर एउटा कुरो तलब भने १ तारिक आफै रुममा ल्याइदिन्छ। त्यो चाहिँ ठीक छ ।
Share:

आमा!



निराजन 'प्रभात' लुइँटेल
झापा नेपाल
हाल-न्यु वाक्रा-कतार

गाडीबाट उत्रेपछि सिधा ओरालो लागे तमोर नदीलाई भेट्न,भारी मन अनि पिडाको पोको बेकेर।सधैँ लगेजको भारी लिएर आउने म आज नितान्त रित्तो रित्तो थिएँ,थियो त केबल दुखको पोको मुटुभित्र गाठो परेको बेदना।ओरालो नै ओरालो लागे माझी धारो हुँदै,बाटो भरी पैयु फुलेको थियो,तर ती पैयुले मलाइ शितलता दिन सकेनन दिउन पनि कसरी बिचराहरु पनि त पीडितनै थिए।पैयुले मलाइ बिगतमा हुत्याए,-
Share:

कविता,

कता बाट सुगन्ध मग्मगायो,
फूलको सुगन्ध
या चिरागको
हेरे यता उता
वर पर
छैन केहि
तर,
वसना आइरहयो
मग मग .... मग मग 
सरररररररररररर
Share:

गजल- May-10-2014

आफ्नै फोटो पो जलाउनु भो !
नौलो चलन चलाउनु भो !!

कस्तो अचम्मै देख्नु पर्ने ह !!
टुप्पा बाटै पो पलाउनु भो !! 
Share:

कविता,

निराजन प्रभात

"दही जस्तै जम्नुस ठेकीमा 
सुम्सुमियाउनेछ मदानिले
घोट्ने छ 
मन्थन गर्ने छ मदानिले 
अनि हजुर 
मोहि या घ्यु बन्नुहुनेछ ।।।" 
Share:

मुक्तक,

एउटा आयो छुरी देखायो।
अर्कोले चुरी फुरी देखायो ।।
तमासा गेर्ने सबै चुप छन ।
त्यो फुच्छे केटाले कुरी देखायो ।। 
##सन्दर्भ-बुद्ध जयन्तीको ##
Share:

वाचा,बिवाह र बिछोड



दुई आत्मा आज बन्धनमा बाँधिदै थिए,पबित्र बन्धन एक सामाजिक बन्धन बिवाहको बन्धन। आँगनमा खुट्टा राख्ने ठाउँ थिएन पाहुनाको लर्कोले। सबै शुभकामना लिएर आएका थिए सस्ता अनि महङ्गा र्यापिङ्ग पेपरमा बेरेर । सबैको मुहार खुशी थिए,नाँच्ने,गाउने रमाउनैमा ब्यस्त थिए सबै आगन्तुक । सबै खुशिनै थिए सिवाय बेहुलीका बा-आमा। बा-आमालाइ कामको चटारो,जन्माएर यत्रो साल पालेकी,हुर्काएकी आफ्नै खून बेच्नु थियो दाइजो जो दिएर ।
Share:

सहिद ।।


निराजन प्रभात लुइटेल


पूरानो साइकल लिएर म निस्किएँ बजार।पर क्षितिजमा धेरै हल्ला सुने,के भएको रहेछ जान्ने ईच्छा भो र लागे उतै तिर।धरै मानिसको भिड थियो,मानिस सम्म छिर्ने ठाउँ थिएन।प्रहरीहरु पनि थिए।बिद्यार्थि नारा लगाउदै थिए।हाम्रो माग पूरा हुनै पर्छ,मृतकलाइ सहिद घोषणा गर भन्दै।के कारण मरेछन्  आखिर सहिद हुने गरि मनमा जिज्ञासा पलायो।कुरो बुझ्दै लादा।ती एक मेघाबी छात्र रहेछन एम ए गरेका।मार्सिटको बिटो बोकेर धेरै ठाउँ भौतारिएछन तर हात लाग्यो सुन्य।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive