Showing posts with label पत्र. Show all posts
Showing posts with label पत्र. Show all posts

Monday, July 27, 2015

शेख साहेबलाई बिन्तिपत्र !

सलाम शेख साहेब !
म एक टाउकाले यो लेखे पनि यी समस्या लगभग 4 लाख टाउकाका साझा समस्या हुन । हामी
देशले लखेटेका बेरोजगार युवालाई रोजगार दिएकोमा सर्वप्रथम धन्यवाद । घरदेशमा हुदा आमाको
होटलमा खाएर बाबुको लजमा घाम बैसालु हुदा सम्म सुत्ने म र म जस्तालाइ विस्वासीलो मानेर
पाले,ढोके,ताब्बुके,बेल्चेको जागिर दिने शेखको महानता म कहाँ भुल्छु र । पून एक पटक शेख साहेबको जय
जय भन्दै यो बिन्तिपत्र लेख्नै पर्ने कुरोको चुरो खोल्न चाहान्छु ।

Share:

Monday, September 19, 2011

बुलबुलमा पत्र!!


हृदय भित्र गाँसिएको माया र प्रेमलाई अस्थाईरुपमा यसै पत्र मार्फत तिमी सामु टक्राउँदैछु।विछोडको दुरीले घच्घच्याउँदै,समय सापेक्ष ढिलो चाँडो २ शब्द कोर्दैछु "बुलबुल इरानी चरी"मार्फत आशा गरे तिमीपनि यो रातको प्रहरमा बुलबुल सुन्दैछौँ।


अतितको विछोडसँगै असिमित यात्रामा भौतारीदै भएँपनि यो क्षण सम्म कुशलैछु भन्नु पर्‍याछ।तिमीमा पनि कुशलताको कामना गरे है काली।

"काली" माया गर्नु चानचुने कुरा होइन।दिल दिलको समागम माया हो।माया पूजा हो,आस्था हो।दुई चिम्टी सिन्दुर तिम्रो खाली सिउँदोमा हालेर,अग्नीको सात फेरा लिएर तिमिलाई जुनि जुनि साथा दिने वाचा गरेको छु मैले।२ दिन दुर हुदैमा मेरो माया अनि बिश्वास माथि शंका गर्नु तिम्रो कमजोरी होइन नादानी हो।काली मान्छेलाई हामीले दिलले हेर्नु पर्छ तालिम नभएका आँखाले होइन,हृदयले सुघ्नु पर्छ नसधाएको नाकले होइन।काली विश्वासनै त जीवन जिउने कशि हो।हो सबैलाई लाग्छ आफ्नो मान्छे सधै आफ्नो साथमा बसोस् तर त्यो कहाँ सधै सम्भव छ र लाटी।जीवन एक संघर्ष हो, जीवन जीउन जुध्नु पर्छ समय सँग,बाध्यता सँग।म भाग्यवादी भएर होइन कर्मवादी भएर जीउन चाँहने मान्छे।
Share:

Monday, June 6, 2011

किन शंका गर्छौं हाम्रो समन्धको बारेमा???


सधैँ सधैँ तिमी किन शंका गर्छौं हाम्रो समन्धको बारेमा ,माया बिश्वास हो,दुई आत्माको मेल हो शंकाले लंका जल्छ होइन काली मन जल्छ  भष्म हुन्छ समन्ध ,विश्वासमा बाँच्न सक्नु पर्छ तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न सक्ने छैन त्यो पनि मलाई थाहा छ। तर तिमी मेरा लागि सधैँ सिन्दुरजस्तै रातो हुनेछौ। म तिम्रो रातोलाई मेरो ओठ र गालाहरुमा दलेर आनन्दित हुन चाहन्छु। म देख्छु तिमी त्यो रातोमा रगत बन्छौ , मुटुबाट शिरा र धमनीहरु हुदैँ मेरा अङ्ग अङ्गमा सल्बलाउँछौ। मेरा प्रत्येक चोटहरुमा तिमी त्यही रातो भएर बाहिर आउँछौ। मेरा खुशीहरुमा तिमी त्यही रातो भएर मेरा गालाहरुमा छाउँछौ। खासमा म प्रत्येक रातोमा तिमीलाई देख्छु’, तिम्रो  अँगालोमा रोए पछि म निकै हल्का भएँको हुन्छु सपनिमा पनि।तिमीलाई याद छ त्यो दिन जुन दिन तिमी मलाइ बिदाइ गर्न  एयरपोर्ट गएकी थियौ ?तिमी पनि चुप म पनि चुप सुन्य सुन्य वातावरण  थियो त केवल छुटिनुको पीडा ,अत्यास आँखा आँखा कुरा गर्थे होइन सुटुक्क ,हुन त मैले तिम्रो आँखामा आँखा जुधाएर हेर्ने हिम्मत गर्न सकेको थिइन  यो जेष्ठको महिना रिमझिम रिमझिम वर्षा भिजेरनै जाने ईच्छा थियो तिम्रो आलिंगनमा तर त्यो कहाँबाट सम्भव थियो होइन ?
Share:

Saturday, May 21, 2011

बुलबुलमा वाचन भएको पत्र


"काली" घायल ह्र्दयबाट स-कुसलताको शुभेक्षा तिमीमा सार्वजनिक गर्दछु।

यस ह्र्दयको मन्दीरमा तिमी मात्र तिमी विराजवत छौ।यस ह्र्दयको तरल प्यार ग्रहण गरेर मेरो चञ्चल मनलाई राहत देउ।बिछिप्त मनको उदगार पोख्न लागेको छु,यसलाइ तिम्रो कोमल निश्चल मनको अन्तरकुन्तरमा वशिभुत हुन देउ,ताकी यो हाम्रो समन्धको फूल वौली नझरोस्,झरी नजाओस कस्तै तुफानले पनि ।।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive