रातको १२ बजिसकेको थियो,अझै मलाइ हीतमान दाईको युद्ध कथा सुन्ने मन थियो मैले फेरी भने अनि दाई के भो?के भोली पल्ट तपाई जानु भयो त?
भाई भन्दै छु नि मान्छे जब भावनामा बग्छ उसको दिमागले काम गर्दैन,जब मनको आवाज सुनिन्छ तब सबै भताभुङ्ग हुन्छ।भोली पल्ट बिहाननै उठेर म लुगा एउटा झोलामा खादखुद गरेर भागे घर बाट बा आमालाइ थाहानै नदिइ हिजो राती उनिहरुले दिएको ठेगनामा।धेरै छापामार थिए त्यहाँ,सबैको मुख रुमालले छोपिएको थियो सबैले मलाई एक तमासले हेर्दै थिएँ कता कता डर डर पनि लाग्यो।उनिहरुको हेराईमा केहि त थियो मैले सोचे।एक जना छापामार (जो हिजो मेरो घरमा गएको रहेछ)ले मलाइ लालसलाम कमरेड भन्यो मैले पनि लालसलाम भने।उसले मलाइ छापामार इन्चार्जकोमा लग्यो। अनि भन्यो कमरेड यो भाई पनि हाम्रो पार्टि प्रती आस्थावान रहेछन् अब यिनले पनि हाम्रो बिचार अनि वादलाइ साथ दिने रे।
मुखमा केहि बाँधेको थिएन त्यो इन्चार्ज भनाउँदोले,२८-३० वर्षको जस्तो देखिने त्यो मान्छे बोल्न थाल्यो।भाइ हजुरको नाम?
हितमान बर्देवा-मैले उत्तर दिएँ
“ए! ठिकै छ,आज बाट हजुरको नाम "कमरेड प्रभात " भो अब हीतमान होइन है”- इन्चार्जले भन्यो