Saturday, May 21, 2011

बुलबुलमा वाचन भएको पत्र


"काली" घायल ह्र्दयबाट स-कुसलताको शुभेक्षा तिमीमा सार्वजनिक गर्दछु।

यस ह्र्दयको मन्दीरमा तिमी मात्र तिमी विराजवत छौ।यस ह्र्दयको तरल प्यार ग्रहण गरेर मेरो चञ्चल मनलाई राहत देउ।बिछिप्त मनको उदगार पोख्न लागेको छु,यसलाइ तिम्रो कोमल निश्चल मनको अन्तरकुन्तरमा वशिभुत हुन देउ,ताकी यो हाम्रो समन्धको फूल वौली नझरोस्,झरी नजाओस कस्तै तुफानले पनि ।।
Share:

गीत-१२


मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|
डाहा गर्दै तिम्रो मुहारको जल्ने बनायौ ||

तृप्त पार्यौ नशा नशाभित्र माया घुलाएर|
भन्न सक्छु प्रीय तिमी मेरो छाती फुलाएर||
पत्थर मुटु मेरो मायालेनै गल्ने  बनायौ|
मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ||
Share:

किनकि देशले रगत माग्दैछ!!!!


भो अब मलाई चाहिन्न शान्ती
कति महङ्गो शब्द यो 
कती वर्ष लाग्ने यो पाउँन??
त्यसैले अब मलाई चाहिन्न शान्ती|
मलाई अब दिन सक्छौ भने बम देउ
बन्दुक देउ,लडाकु देउ||
अब फेरी म युद्ध गर्न चाहन्छु
रटटटटटटट भटटटटटट पार्न चाहान्छु
Share:

Tuesday, May 10, 2011

गमक गेडीहरु


(एक)
दुख्छ पीडा बल्झेर,कस्तो होला नियती
कस्ले गर्दा साँईला,देशको भयो  यो गती?
सबै देख्दैछु,
त्यसैले त केहि लेख्दैछु।।
Share:

Wednesday, May 4, 2011

कबिता


मेरी एउटी प्रेमिका छिन
राम्री नभए पनि कुरुप होइन
काला चक्षु चञ्चल छन्
झरना जस्ता काला कपाल
कम्मर सम्म लत्रीएका
फराकिला चौडा निधार
अनार जस्ता रसिला ओठ
हिराका लहर जस्ता दाँत
हल्का उठेका बक्षस्थल
साँस्ची मेरी प्रेमीका राम्री छिन्।।
मुस्कान सँगै बोल्ने उनको बानी
कती लठिए कति पागल भए
म पनि लठिए र पागल भएँ।
उनलाइ म अँगालोमा कस्न चाहन्छु।।
Share:

अन्तरवार्ता


आज म प्रथम पटक कामको लागि अन्तरवार्ता दिन जादै छु।खोइ के हुने हो कस्तो कस्तो प्रश्न गर्ने हुन?अनेक तर्कना मन भित्र खेलाउदै म कार्यलय पुगे।धेरै जना थिए अन्तरवार्ता दिने।हजारौको भिडमा म पनि पसे एउटा सपना लिएर।

लगभग २ घण्टाको पर्खाइ पछि बल्ल मेरो पालो आयो।डरले गोडा लडबडाउदै ढोकामा पुगेँ।ढोका ढकढक गरे भित्र बाट कम ईन आवाज आए पछि भित्र पसेँ।

"Sir, may i seat here." मैले प्रश्न गरे
"Yes please, have a seat." सरले भन्नुभयो 

धेरै प्रश्नहरु सोधिए,धेरैको उत्तर दिएँ।अलि अलि गर्दै मेरो डरपनि गायब हुँदै गयो।एक प्रकारको आत्मविश्वास पलायो।

अन्त्यमा सर सँग हात मिलाउँदै म बहिर निस्किएँ,मन हर्षितनै थियो।सरको कुरा गराइबाट म पास हुने लगभग पक्का थियो/
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive