बगेको छ यौवन समालौ कहाँ पो!
कसेरै तनलाई अगालौ कहाँ पो!!
झुकेका नयन यी इसारा दिदैछन्!
छ दागी जवानी पखालौ कहाँ पो!!
Wednesday, April 1, 2015
“हो यसरीनै जीवन बिताइन्छन् परदेशमा”
जब जब
मन डडेर पत पत धुवाँ आउछ
तब तब
शब्द बिस्फोट हुन्छन्
असरल्ल छरिन्छन शब्दहरु
कापीको क्यानभासमा
तब तब
शब्द बिस्फोट हुन्छन्
असरल्ल छरिन्छन शब्दहरु
कापीको क्यानभासमा
यतिले नपुगेमा
बन्द कोठा भित्र केहि थान उस्तै मन दुखेका ठीटा भेला हुन्छन्
सुरु हुन्छ पून बोतलको पानी बाड्ने क्रम
सुन्यता चिरिन्छन्
गिलास भरिन्छन्
अनि एउटा संयुक्त आवाज निस्किन्छ
“चियर्स”
यहीँ योजना बन्छन् जीवनका
त्यहि अन्त्य हुन्छन्
सपनाहरुको हत्या गरिन्छन्
बन्द कोठा भित्र केहि थान उस्तै मन दुखेका ठीटा भेला हुन्छन्
सुरु हुन्छ पून बोतलको पानी बाड्ने क्रम
सुन्यता चिरिन्छन्
गिलास भरिन्छन्
अनि एउटा संयुक्त आवाज निस्किन्छ
“चियर्स”
यहीँ योजना बन्छन् जीवनका
त्यहि अन्त्य हुन्छन्
सपनाहरुको हत्या गरिन्छन्
डायस्पोरा नभन्देउ
हज्जारौं सपना
लाखै रहर
मरुभुमीको घाममा सुकाउदै
पसिनाले आत रसाउदै
कित्ता कित्ता जीवनको उदिन्दै
परख्दै छु जीवन
आरानको फलाम झै !
आशा छ
भरोसा छ
हुन्छ पक्कै
आकार दिन्छु यसलाई
म फलामबाट कुनै आकारको हतियार बन्छु
चम्किनेछु चमचम चमचम
मलाई मञ्जुर छैन छदै छैन
झुन्डिन भित्ताको पात्रो झै
लाखै रहर
मरुभुमीको घाममा सुकाउदै
पसिनाले आत रसाउदै
कित्ता कित्ता जीवनको उदिन्दै
परख्दै छु जीवन
आरानको फलाम झै !
आशा छ
भरोसा छ
हुन्छ पक्कै
आकार दिन्छु यसलाई
म फलामबाट कुनै आकारको हतियार बन्छु
चम्किनेछु चमचम चमचम
मलाई मञ्जुर छैन छदै छैन
झुन्डिन भित्ताको पात्रो झै