Tuesday, June 28, 2011

नमरी स्वर्ग देखिन्न!!


आज बिहानै मेरो शरिरले ठिक लक्षण देखाएको थिएन।जसरी भए पनि काममा  त जानै पर्‍यो।

काममा जेन तेन गएँ,अझै जस्ताको त्यस्तै  थियो २० को १९ भएको होइन त्यस माथि प्रचण्ड घाम खोइ झेल्ला र मेरो शरीरले?सोचमा हराउँदै टुसुक्क बसेको के थिएँ उस्ताज(काम गराउने नाइके)ले देखिहालेछ।

"ए!बहादुर किन बसेको?" उसके कड्किएर प्रश्न गर्यो।

झसंग हुदै म उठे अनि बिन्ती गरे-"उस्ताज आज म बेरामी छु,टाउँको धेरै दुखेको छ।म काम गर्न सक्छु जस्तो लागेन।आज लाइ बिदा पाउँन सक्छु?"

मेरो यो बिन्ती होइन कि म उसको दुबै आँखा माग्दैछु अनि म कुनै अपरिचित मान्छे हु- जसरी आँखा फुकाएर हेर्‍यो उसले-"के को बिदा नि तलाई?यहाँ काम गर्न सक्नेको मात्र काम छ काम गर्न सक्छस् गर होइन भने नेपाल गए हुन्छ ।हामी त्यसै तिमीहरुलाइ काम गराउदैनौ पैसा दिन्छौ ।जब  सम्म घोडाले  काम गर्न सक्छ तब सम्म मात्र उसलाई दानापानी दिइन्छ ।" उसले आफ्नो विचार राख्यो /

मैले उसलाई फेरी बिन्ती गरे-"उस्ताज यसो नभन्नुस् आज त हो नि मैले बिदा मागेको,शरिरले साथ नदिए पछि कसरी काम गर्नु मैले?"
Share:

गज़ल-७५


आफ्नो लास आफुलेनै बोक्नु पर्ने कस्तो आयो जमाना यो।
आफ्नो मुटु आफुलेनै जोख्नु पर्ने कस्तो आयो जमाना यो।।

जन्मे एक्लै समाजमा साथ खोज्नु आफन्तको भुल गरे।
रोएँ पनि आँशु भने रोक्नु पर्ने कस्तो आयो जमाना यो।।
Share:

मुक्तक


परेलीको पर्खालले,खोई छेक्यो आँशुलाई?
छोटाराजा सामन्तले सधैँ टेक्यो आँशुलाई !
भो नदेखाऊ आँशु तिम्रा ,पग्लिनेनै छैन मन 
आफै रुदै कति बस्छौ,कसले देख्यो आँशुलाई !१!
Share:

गज़ल-७४


नाँच्न जान्दैन् आँगन् टेडो यस्तै भा'छ कलियुगमा!
भदौरेको भेल जस्तै जीवन गा'छ कलियुगमा!!

हात्ती आयो हात्ती आयो फुस्सा भयो सपना'नि!
सधै हाँसो खुशी मात्रै कसले पा'छ कलियुगमा!!
Share:

गज़ल-७३


शोक पर्दा त्यो बाँसुरी बाजा सुनियो  !
बिष्णु रुप भुक्त भोगी  राजा सुनियो  !!

 उल्फाको धन फुपुको श्राद्ध गर्र्यो मज्जाले !
 मासु बीच दुध  र दहि  खाजा सुनियो  !!
Share:

सेन्र्यूहरु !!!


अरब यात्रा
मृग तृष्णा छट्पटी
सातुको खाजा !

दूरको प्रेमी 
फ्रेम भित्रको फोटो 
मनको लड्डु!!
Share:

गीत


देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।
भक्कानिएँ घरी घरी,सिरानीको फोटो सम्झे।।

सोचे केहि भयो अर्कै,बिधाताले खेल खेल्यो।
फुल्दै थियो कोपिलामै,भमराको दु:ख झेल्यो।।
छैन धन मन मात्र,फाट्या मैलो भोटो सम्झे।
देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।
Share:

गज़ल-७२


अब माया फुल्न   डालो  कसरी बनाउँ?
आफै फस्न सक्ने जालो कसरी बनाउँ?

छैन मुर्छा पर्नु दिनै भक्कानो फुटाई।
भुले दर्द सबै आलो  कसरी बनाउँ?
Share:

Monday, June 6, 2011

"यस्तो पनि हुन्छ ?"


म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ।
“ए!दाइ पो बस्नुस् न”
“होइन भाइ धेरै पत्रहरु छन् म जान्छु तिम्रो एक पत्र थियो त्यसैले आएको।लौ लेउँ पत्र।” दाइले मलाइ पत्र दिनुभयो अनि बिदा हुनुभयो।
पत्र हेर्दै म पून कोठा भित्र पसे।पत्र सरुको थियो।मेरो मन त्यसै त्यसै फुरुङ्ग भयो।
किताबलाइ साइड लगाएँ,सिरानीलाइ च्याँपेर खामलाइ च्याते।खाम भित्र दुई वटा पन्ना थियो छुट्टा छुट्टै स्टिज पिनले कैद गरेको।मैले तिम्रो लागी केवल तिम्रो लागी लेखिएको पत्र पहिले खोले।
जती जती पत्र पढदै गएँ उति उति मेरो मुटुको चाल तिब्र हुन थाल्यो।म निस्सार हुदै गएँ।प्राण बिहिन जीव भएँ म।म जड बने।
आँसु परेलीको ढक्कन खोलेर,गालाको बाटो गरेर बग्न थाले खहरेको भेल झै।मैले ति आँसुलाइ रोक्ने कुनै चेस्ठा गरिन।बीना रोक ठोक बग्न दिएँ कतै ति पीडा पखालिन्छ कि भनेर तर सबै व्यर्थ थियो।
Share:

गज़ल-७१


थिएन् ओभानो गरिबले सोत्तर लिएर आयो।
हेर्दै थिए म लौ धनिले पत्थर लिएर आयो ।।

कस्तो दुर्गन्ध गह्ननायो र फिज्यो जगत सारा।
दुधे बालक उसैलेपो अत्तर लिएर आयो।।
Share:

गज़ल-७०


प्यारीले सोधिन् के छ खबर शहरको?
कसरी व्याख्या  गर्नु जालीम जहरको?

छैन त फोन म्यासेज् उतैनै हरायौ नि,
सुस्तरी याद गराई बितेका प्रहरको।।
Share:

किन शंका गर्छौं हाम्रो समन्धको बारेमा???


सधैँ सधैँ तिमी किन शंका गर्छौं हाम्रो समन्धको बारेमा ,माया बिश्वास हो,दुई आत्माको मेल हो शंकाले लंका जल्छ होइन काली मन जल्छ  भष्म हुन्छ समन्ध ,विश्वासमा बाँच्न सक्नु पर्छ तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न सक्ने छैन त्यो पनि मलाई थाहा छ। तर तिमी मेरा लागि सधैँ सिन्दुरजस्तै रातो हुनेछौ। म तिम्रो रातोलाई मेरो ओठ र गालाहरुमा दलेर आनन्दित हुन चाहन्छु। म देख्छु तिमी त्यो रातोमा रगत बन्छौ , मुटुबाट शिरा र धमनीहरु हुदैँ मेरा अङ्ग अङ्गमा सल्बलाउँछौ। मेरा प्रत्येक चोटहरुमा तिमी त्यही रातो भएर बाहिर आउँछौ। मेरा खुशीहरुमा तिमी त्यही रातो भएर मेरा गालाहरुमा छाउँछौ। खासमा म प्रत्येक रातोमा तिमीलाई देख्छु’, तिम्रो  अँगालोमा रोए पछि म निकै हल्का भएँको हुन्छु सपनिमा पनि।तिमीलाई याद छ त्यो दिन जुन दिन तिमी मलाइ बिदाइ गर्न  एयरपोर्ट गएकी थियौ ?तिमी पनि चुप म पनि चुप सुन्य सुन्य वातावरण  थियो त केवल छुटिनुको पीडा ,अत्यास आँखा आँखा कुरा गर्थे होइन सुटुक्क ,हुन त मैले तिम्रो आँखामा आँखा जुधाएर हेर्ने हिम्मत गर्न सकेको थिइन  यो जेष्ठको महिना रिमझिम रिमझिम वर्षा भिजेरनै जाने ईच्छा थियो तिम्रो आलिंगनमा तर त्यो कहाँबाट सम्भव थियो होइन ?
Share:

युग पुरुषको आमा बन्न चहान्छु !!!


बामे सर्दै छु म
हिजो जन्म लिएँकी   मैले
केहि बुझ्दिन तिम्रो भाषा-लिपी

म पहाडकी  छोरी
हिमालको छातीमा नुनु गर्छु
लहरा पहरा मेरो सखी-सखा

समय सँगै हुर्किएँ म
बाल्यकाल समाप्तिए
म जवान भएँ 
तर थाहा छ 
नाङ्गो जन्मिएँ
नाङ्गोनै मर्छु
जवानीमा पनि 
नाङ्गै छु म 
अब के नाङ्गो बनाउँछौ?
बेसरम म 
लिङ्ग भेद के थाहा मलाई
जात के थाहा मलाइ??
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive