Friday, October 17, 2014

तमोरमा बग्ने पानी फरक छ?


के मेरो बाजेको टुप्पि
हनुमानको पुच्छर हो
यसले तिम्रो लंका जलाउछ?
खोइन भने
मेरो अस्तित्व
त्यो टुप्पिको
किन जरै उखेल्ल खोज्दैछौ?
Share:

जात गएन तर पनि त्यो दशै राम्रो भएन

कुनै कुरा यस्ता हुन्छन ती कुराहरु मनको फोल्डरबाट जतिनै डिलिट गर्न खोजेपनी डिलिट गर्न सकिदो रैनछ, ती घटनाले यसरी डेरा जमाउछन कि भुल्न किठिन हुदो रैछ यस्तै एक घटना आज सम्म मेरो दिमागमा नाँचिरहेछ । झन दशैको चहल पहल बढ्यो कि झन बेगमा त्यो घटना बग्न थाल्छ मन रुपि पहराबाट ।कुरो धेरै पहिलेको हो,सायद म १०/१२ सालको हुदोहु,मावल बसेर पढ्नेहुनाले जीवनरुपि रथ बीना रोक ठोक चल्दैथियो । हजुरबुवा ,हजुरआमा ,मामा,माइजू,सानिमा सबैको प्यारो म । खुशिको सम्सर्गमा जीवन कति चाडो चिप्लिदो रैछ त्यो अहिले बुझ्दैछु। यो मनले आज पनि भन्छ,फेरि बच्चा हुन पाएँ,ती आन्मिय मनको मायाको घुम्टो ओड्न पाए,तर ती सबै मित्था सपना र कोरा कल्पना मात्र हुन्छन। अतीत एउटा चलचित्र बाहेक केही होइन,आँखाको पर्दामा बिम्बित हुन्छन दिमागको प्रोजेक्टरले बिना स्क्याच,बिना अवरोध ।

आस्विन/कात्तिकको महिना थियो,सारा वातावरण खुल्ला,चाडपर्वको वहारले साना ठुला सबैको मन पुलकित थियो।खुशी लिएर आउदै थियो हिन्दुहरुको महान चाड दशै हामी नेपालिको जीवनमा ।चाडको चटारोले घ्याप्पै छोपिसकेको थियो ठूलालाइ। बजार जानेहरुको बाटोको लर्कोले यहि संकेत गर्थियो।दर्जी साइला मामाको भ्याइ नभाइले मैले नयाँ लुगा अझै पाएको थिइन,दिन दिन धाउथे तर भान्जे भोलि ल आज तयारी छैन भन्थे साइला मामा,कता कता रीस उठ्यो,तर पनि रिसाएर हुनेवाला केही थिएन। सधैँ सधैँ धाउने मेरो दैनिकि भएको थियो ।एक दिन फेरि म पुगे साइला दर्जी मामाको घरमा नयाँ लुगा हेर्ने धोकोले।मेरो प्यान्ट त तयार रैछ तर कमिज तयार थिएन,पेन्ट देखेर यो भुरा मन पुल्पुलियो।मामाकोमा चिया खाने बेला भएको थियो,माइजूले चिया मामालाइ दिनुभयो,तर मलाइ दिनुभएन।कसरी देखाइ देखाइ खान सकेका होलान म सोच मग्न भए, भान्जा चिया पिउने हो?दर्जी मामाको प्रस्नले म तन्द्रा भंग भयो । खाने नि किन नखाने मैले भने । दर्जी मामाले माइजूलाइ आदेश दिए,भान्जेलाइ चिया दे,भित्रबाट माइजू बोलिन-" नाइ नाइ भान्जे हामिले छोएको खानु हुन्न,जात जान्छ।" तर मैले मानिन ,मलाइ जात कसरी  जादो रैछ हेर्नू थियो । दर्जिनी माइजूले "अरुले देखे भने हामिलाइनै नराम्रो देख्छन बच्चालाइ फकाएर चिया पिलाएको आरोप लाग्छ होस बाबुराजा ज्ञानी हुनुस जिद्दी नगर्नुस " भनिन । तर मैले मानिन नुन हालेकै भए पनि मलाइ त्यो दिनको चियाको लोभ कति थियो,खोइ किन किन ? अन्त्यमा माइजूको जोड केही चलेन मेरो जिद्दिको सामु ।
Share:

गजल समस्या अनि यसका समाधानको उपायहरु !!


लेखक/संकलक-निराजन प्रभात लुइँटेल

छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन ।जस्तो चाइनाको माल-सबैले प्रयोग गर्ने तर पनि विस्वास नगर्ने।काठमाडौँको एउटा कुनामा मदन पुरस्कार पाएको देखि पाउने वालासम्मको एउटा झुण्ड नेपाली साहित्यको बारेमा खुब छलफल गर्ने गर्छ विभिन्न वाद देखी विभिन्न कथा, उपन्यास कविताका शैलीका बारेमा निकै लामो बहस पनि हुने गर्छ तर त्यो झुण्डले गजलकार भनेपछि फुटेको आँखाले पनि हेर्न चाहादैन,गजललाई आयतित बिधाको रुपमा मात्र हेर्छन् धेरै नाम चलेका लेखकहरुनै।यहाँ जीवन भर 10 बढी उपन्यास लेखि सक्दा र 400 बढी कथा/कविता लेखिसक्दा पनि आफू प्रति सन्तुष्ट नहुने कवि लेखकलाई यो कुरा अनौठो लग्न सक्छ । जाबो १० लाइन गजल त के १०००० लाइन लेख्न सकिन्छ भन्ने पनि लाग्ला तर एउटा गजलको असली शेर लेख्नुको मेहेनत कुनै उपन्यासको भन्दा कम हुदैन ।चार,पाँच शेर गजल लेख्दा एक गर्भवति महिलाले प्रसवमा भोगेको भन्दा बढि पीडा हुन्छ। इनसाइक्लोपिडियामा गजलको अर्थ “गजल इज कलेक्सन अफ कमप्लिट पोइम्स भनेर दिएको छ । यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ ।
Share:

कथा- सुखद् दिन



चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए पछी पुग्यो मानिसलाई नानाभाती मनमा खेलाउँनलाई । “खाली दिमाग सैतानको घर” भन्छन् हो पक्कै पनि । जीवनका बितेका अवशेषहरुको टुक्रा टुक्री दिमागमा देखा पर्दा आफुले आफुलाई हिनताको भावनाले मार्न मन लाग्छ तर आज सम्म खै कसरी जीएको छु म । सायद अझै धेरै दुख, हण्डर, ठक्कर खान होलाकी ? म विवशछु विवशताले भने होईन आफ्नै कर्मले अनि दुखि पनि छैन तर सुखि पनि कहाँ छु म, कसरी व्याख्या, विवेचना गर्दा हुन मान्छे सुख, दुखको । कसलाई सुखि अनि कसलाई दुखि भन्ने। मेरो हेराईमा त यो जगतमा सुखि मानव होलान् जस्तो लाग्दैन् । हुने भएरै दुखि छ, नहुने नभएर दुखि छ । कोहि मायामा दुखि छ, कोहि जागिर नभएर दुखि छ । यसरी दुखिहरुकै नाम लिष्ट बनाउँने हो भने सुखिहरुको नाम औलामा गन्न सकिन्छ ।

बस्ता बस्तै वाक्कै भए जस्तो लागेर म आज बाहिर जाने बिचारमा लागे । जान त जाने तर कहाँ अनी कसलाई भेट्ने अनी के कामले ? कुकुरको कामपनि हुदैन रे अनि फुसर्दपनि मलाई पनि उस्तै भएको छ आज । प्रयोजन विहिन टुटेको चङ्गाको पनि आकाश या जमिन लक्ष्य त हुन्छ तर मेरो प्रश्नहरुको च्याङ्गले छयाङ्गको ह्याङ्ग ओभर भन्दा कम पीडा कहाँ दिएको होला र मलाई । बिचारको पर्खाल ढलेर किच्लाझै भएर हानिए म कम्प्यूटर कोठामा। धेरै समय देखि नचलेको कम्प्यूटरले मलाईनै कुरी कुरी भनेझै भान भो । आज मलाई एस एम एस गर्ने मान्छे सँग कुरा गर्नु छ ।

Share:

त्यो दिनको देउसी!!

म सानै हुदा देखि मलाइ सबै भन्दा मन पर्ने चाड तिहार,खोइ किन किन यो चाडको प्रवेशले मेरो तन-मन त्यसै-त्यसै उमंगले फुरुङग हुन्छ।वातावरण पनि त्यसै त्यसै रमाइलो हुने त्यो बेला,हुन त दसैँ पनि नरमाइलो पर्व त होइन तर दशैको बेलामा लामो बिदा हुनाले मलाइ त्यो चाड मन पर्दैन थियो,अनि लामो बिदा हुनु भनेको धेरै होमओर्क हुनु।बिदामा रमाउने भन्दा पनि होकओर्कको चिन्ता,फेरी दशैमा मामाघर,मुलघर,यता उता कता कता टिका लगाउन पनि जानु पर्ने,गाडी उस्तै भिड त्यसैले दसैँ भन्दा तिहारले मनमा डेरा जमाएको हुनुपर्छ।अन्य कारण पनि होलान् यहाँ सबै कारण लेख्न उचित नहोला।वातावरण फूलै फूलको,सबैको घर आँगन फूलको वासनाले सुवासित भएका हुने,सबैको मुहारमा खुसी,रौनक।सबै तिर झिमिमिलि,मिठा मिठा खाने कुरा सबैको भान्सामा बन्दै अहो! कस्तो मज्जाको समय।कुरा धेरै पहिलाको हो त्यो बेला मा ११मा पढ्थे ,२०६० सालको कुरो हुनुपर्छ ।यो सालको तिहार आउदा त्यो तिहारको ११ वटा वसन्त बितेको हुन्छ। त्यो बेलाको तिहारको कुरा,रमाइलो चाडको कुरा।जसरी दशैले बिदाइको हात हल्लाएर हामी माझबाट गयो,लगत्तै तिहारले आफ्नो आगमतको निम्तो दिन थाल्यो सबै तिर फूल फुलाएर,वातावरण रंगिन बनएर,फूलको वास्नाले सुगन्धित पारेर।तिहारको आगमनको खबरले फेरी मेरो मन तरंगित भयो,बहिनीको हातको टिका लगाउने,अनि देउसी खेल्ने रहरले।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive