Saturday, July 23, 2011

गज़ल-८०


जो बिक्छ पैसामा,इमान उसैको !
सुनिन्छ सधैनै बखान उसैको !!

के बुझ्यौ तिमीले,दुनियाँ पढेर ?
लुटेको धनमा छ शान  उसैको !!
Share:

मतला बिहिन !!!बहसको साथमा


(छलफल गज़लको समुहमा  बहस हुदाको समय मतला बिहिन गज़ल (नै भने है )लेखियो /यसको शरीर तयार भो धेरै दिन अनुसन्धान शाखामा पनि राखियो ,धेरै खोज गरे प्रयास गरे तर सबै फेल /त्यसैले बीना शिर राख्ने प्रयास गरे)

फुल्यो टिप्यो सजियो उनका केशमा
खोइ त बुझ्यो कसैले फूलको पीडा !!

रुन्छन् सबै छुटेका ती साथी सम्झेर
खोइ त बुझ्यो कसैले मूलको पीडा !!
Share:

Wednesday, July 20, 2011

गज़ल संग्रहको अनुहार




बजारमा आउन लागेको सयुक्त गज़ल संग्रहको अनुहार !!


Share:

फुलेका यि केश यसै भन्छन्!!!

१९८औँ भानुजयन्तीमा वाचन गरिएको कबिता(अनेसास+नमोपु कतार)


कस्तो बिडम्बना!
दुध दिएर
आफुलेनै पालेको
सर्पले आफुलाइनै टोक्दो रहेछ!!

समस्याका जंघार नाप्दा नाप्दै 
फुलेका यि केश यसै भन्छन्
दुधले नुहाउँदैमा गधा गाई हुन्न
अनि सत्रु भाइ हुन्न!!
Share:

Tuesday, July 12, 2011

गज़ल-७८

नलेख्नु कहानी खोटो छ जवानी !
उमेर ढल्केपनि  फोटो छ जवानी !!

लड्नु छैन मैले भेट्नु' पो छ नै के?
मर्नुनै छ सबै छोटो छ जवानी !!
Share:

गज़ल-७९

समस्याको मुहान खोज्दैछु !
दीर्घकालिन् निदान खोज्दैछु !!

भुल्यौ आफै आफ्नोपन् कसरी ?
शहीदको चिहान  खोज्दैछु !!
Share:

गज़ल-७७

सौम्य थियो रात भने ,उत्ताउलो तिम्रो  छाती !
थप्दै थिएँ तेल मैले ,ह्वार बल्दै गयो  बाती !!

बढ्यो चाल तिम्रो पनि,सुस्त बढ्यो  मेरो  हात !
शुन्य प्राय कोठा हाम्रो,कस्तो मात  चढ्यो  राती  !!
Share:

गज़ल-७६

जीवन जिउन कस्तो हम्मे  ल यो कठै!
जती बुझ्यो उति गाह्रो छ यो कठै!

हुदा लक्ष्मी कती कती मेरै जगत!
दरिद्रले घेर्यो जब म यो कठै!!
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive