Thursday, August 27, 2015

नाजायज माया

“चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले एकै स्वासमा बोल्यो । उ अर्थात् मेरो नयाँ रुम मेट । खासमा उ इन्डियन हो,तर अलिक आत्मीय छ म सँग ,खोइ केले त्यो न मैले बुझ्न चाहे,न उसले बस आत्मियता सधै ( यो कम्पनीमा काम गर्दा सम्म) रहोस् यो ध्याउन्न रहन्छ हाम्रो ।
धेरै दिन देखि म एउटा कथाको पात्र खोज्दै थिएँ,धेरै साथीहरु भन्छन् के लेख्या यार यत्रो धेरै होइन,गुणस्तरिय लेख लेख्नु पर्छ,तर यो मन मान्दैन । अनि डुल्छु हाम्रै समाज,आफ्नै अतीत ,खोज्छु कथाको प्लट अनि कुदाइदिन्छु शब्दलाइ मोबाइलको स्किनमा । रहरले लेख्छु पात्रको लागि लेख्छु,पाठकलाई पक्का मन पर्दैन त्यसलाई त झन मन पर्दैन जसले गुणस्तरको ल्याक्टो बोकेर प्रतेक भावनालाई जोख्छ । कता पो गएछ लेख । वाक्क नमान्नु होला कथाको सुरुवात अझै बाँकी छ । हो पात्रको खोजकै क्रममा एक दिन उसलाई एकान्तमा टोलाएको देखे,उसले आवाज ननिस्किने तरिकाले ओठ हल्दाउदै थियो । मलाई खुलदुली भयो उसको छेउमा गएँ,उसको काँधमा हात लगाएर झक्झकाएँ । उसको ध्यान भंग भयो,जब उसले मलाइ हेर्यो उसको आँखाबाट आँसु खस्न खस्न लागेका थिए, खोइ केले खसी भने हालेका थिएनन् । त्यसै बेला उसले मलाइ भनेको सम्बाद थियो माथीको शुरूवात ।
Share:

भेडा जनता !

राजा बिरेन्द्रको हत्या हुदा म ताप्लेजुङको एउटा गाउँमा मावल बसेर पढ्दै थिएँ । त्यो बेलाको घटना मलाई याद छ राजा मरेको दुखमा मेरो हजुरबाले कपाल मुण्डन गराउनु भयो दुई छाक अनिलो खानु भयो । उहाँको भनाइ राजा भनेका शिर हुन, ईश्वरको एक रुप हुन । हो जस्तै लाग्थ्यो त्यो बेला बाल मस्तिष्कमा राजा भगवान नै भन्ने गहिरो छाप परेकाले पछि सम्म पनि त्यो छापले छोडेन । अहिले पनि भित्री मनले भन्छ राजा आउ देश बचाउ ।यदि ज्ञानेन्द्र राजा नहुदा हुन,पारसले त्यस्तो हर्कत नदेखाउदा हुन राजा प्रतिको आस्था ढल्ने थिएन । हजुरबुबा राजा मात्र होइन नेकाको कट्टर मान्छे,मैले देख्दा नेकाले त्यो गा वि समा धेरै काम पनि गरेको थियो ।उहाँ को आस्था नेका ,अझै पनि उहाँको अगाडी नेकाको विरुद्धमा कुरा गर्यो भने बाबैले बाङ्गे लौरीले पड्काउछन । एक अन्धो आस्थाको एक सानो उदाहरण मात्रै हो यो । कुरो स्थानीय निर्वाचन बेलाको हो । गाउँको वडा सदस्यमा मेरो सानिमा पनि उठनु भएको थियो । उहाँ सँग म धेरै घर घुमे भोट माग्न । सबैको चिल्ला कुरा सुनेर लाग्थियो सानिमा को जीत सुनिश्चित छ । भोलि बिहान देखि भोट थियो,छिमेकी केटाहरु मेरा साथी हुनाले म उतै सुत्न गए । हामी सानै हुनाले र दिन भर खेल्ने हुदा छिट्टै निन्द्रा देवीले गाँजिन । म निदाएँ, एक्कसी निन्द्रा खुल्यो, धिप्रीको कसमल उज्यालोमा बसेर छिमेकी माइजू, अनि अरु केही गाउँका मामाहरु गफ गर्दै थिए । उनिहरु हिजो सम्म कट्टर काग्रेसी थिए ,काग्रेसकोलागि धेरै भिडेका मान्छे थिए । तर उनिहरुको कुराले आजै उनिहरुको दल,बिचार बदलिएको थियो । उनिहरु मेरो सानिमाको विरुद्धमा गठबन्धन गर्दै थिए । (यो सानो केटो सुराकी गर्न पठाएका हुन तिनिहरुले सम्म भ्याए कसैले त) । म सास रोकेर उनिहरुको कुरा सुन्दै थिएँ । औडाह भएर आयो । यिनीहरुको भेडाको जस्तो सोच देखेर बिरक्त लाग्यो । रात भर निन्द्रा लागेन । दिन भर यहि हाम्रो घरमा थिए,फोकटको चिया खाएर उचाल्नु उचाले । चुनाब हुनुभन्दा अगाडीनै सानीमालाइ विजेता घोषणा गरे । हो त्यसै दिन देखी मलाइ हामी भेडा लाग्यो । आफ्नो बारेमा चिप्ला कुरा गर्नेहरुले कसरी छुरा धस्दा रान ज्ञान भयो । अन्त्यमा सानीमाले केही मतले हार्नु भयो,हराउन लागे आफ्नै छिमेकी । आफ्नै दलका आफ्नै बिचारका ।
जनता भेडा हुन भनेका थिए रे गणेशमानले हो हामी भेडानै हौ ,त्यो भेडा बीचको एक भेडा म पनि । जब ९/१० मा पढ्दा एक मित्रबाट माओवादीका गुलिया कुरा सुने तब ममा माओवादको भुत चड्यो । मैले माओको पुस्तक लुकेर पूरै पढेर सिध्याएँ । हुवात्तै आस्थाको रुख मौलायो मलको मुला झै । तर खोइ कुन चेतनाले लाल सेना हुन रोक्यो त्यो भगवान जानुन म पनि जान्दिन । म जस्ता धेरै भेडाहरुलाइ नयाँ ,सुन्दर नेपालको सपना देखाएर युद्धमा लडाए आफू भने डिल्लीमा बसे, जनताको सम्पति भत्काउन लगाए । “धंस र निर्माण ” को ललिपप खुवाएर कति चेलीको सिन्दुर पुछे,कति आमाको कोख रित्याए,कति बाबुको सहरा छिने,कति सन्तानको भविस्य अन्धकार पारे त्यसको रेकर्ड को सँग ? आखिर हामी भेडा भएर नै यो सब भयो । नयाँ नेपालको सपना खोइ पूरा भयो? नेपाली जनताको रगतले रक्तिम नभएको माटो काहीँ छ होला ?
जनता कसरी भेडा हुन उदाहरण अझै छन् , ज्ञानेन्द्रले सत्ता हातमा लिदा कतिले घर घरमा दिपावली गरे,बाटोमा जय जय कारको नारा लगाए । पछि तिनै भेडाहरु ज्ञानेन्द्रले कु गर्यो भनेर कुर्लिए । ठुला ठुला भाषण गरे । नेतालाई त्यस्तै भेडा चाहिएको थियो । ६२/६३ को आन्दोलन चर्कियो । आखिरमा भेडाहरुकै अगुवाईमा ज्ञानेन्द्रले घुडा टेके पून सडकमा जयजय कार भयो, गीरिजा,प्रचण्ड, ओलीहरुको । ती नेता भनाउदा घरमा बसेर मक्ख परेर मुसुक्क मुस्काए,अनुभव गरे होलान् भेडाहरुको अगुवाई गर्न पाउदाको आनन्द ।
हामी संधै सतही भएर सोच्छौं,एउटा झुन्डको अन्धो भक्त भए त्यसैको पछि कुद्छौं । भोलि अलिकती तलमाथी भए त्यो समुहकै विरुद्धमा खोइरो खनेर लाग्छौं । हाम्रो विवेक हिनताको नाङ्गो नाच अझै बाँकी छन् ,सायद ती नाङ्गो नाच यहाँ सबै अटन नसक्ला । कुरो जोड्छु दोश्रो संविधानसभाको , यहाँ पनि हामीले आफ्नो विवेक खोपिमा राखेर अन्धोपन देखायौं । ५०० रुपैयाँ पैसा र ३ लिटर पेट्रोलमा हामीले आफुलाइ बेच्यौं । जुन सभासदले जहाँ बोलाए पनि कुद्नु कुद्यौं । पछि आफुलाई आशा देखाएको माल पानी नपाए पछि त्यो झुण्ड विरुद्ध हात धोएर लाग्यौं । आफ्नो काम छोडेर आखिर किन कुद्नु? कुदेर के पाइन्छ,हामीलाइ ५०० ले जिन्दगी चल्दैन,५ लिटर पेट्रोलले जीवन भर बाइक चल्दैन त्यो खोइ बुझेको ? आखिर कहिले सम्म दिमाग कुम्भियाएर बस्ने ? हामीले कहिले सोच्यौं हाम्रो होइन राम्रो नेतालाइ जिताउ ? आज हामीनै फेसबुकमा किन बेतुकको विश्लेषण गरेर तिनै जसलाई हामीले भोट दिएर जिताएका थियौं उसैलाई जिउ ज्यानले भ्याए सम्म गाली गर्छौ ? थुइक्क हाम्रो बुद्धि । यहाँ यो थुईक्क शब्द म आफुलाइ पनि प्रयोग गर्दैछु । सायद म पनि पानी माथी ओभानो न हुँ ।
नेपाल देश यस्तो हो यहाँ दिन दिनै नयाँ नयाँ काण्ड मच्चिन्छ । सोसियल साइडमा हामीलाइ आफ्नो नेपालीपन देखाउने मेलो मिलिहाल्छ । संगिताको एसिड काण्डमा पहिले लैङ्िगक मुद्दा देखाएर त्यो वि क भाईलाइ सात पुस्ता पुग्ने गाली गर्ने हामीनै हो,केही दिनमा मुद्दाले ३६० डिग्रीको फन्को मार्यो । पून उहीँ मुद्दालाई जातिय रंग घोलेर सुरु गरियो जातिय गाली । जुन जुन झुन्ड हिजो अग्रभागमा थियो वि कलाई सराप्न आज मगर्नी बैनीलाइ धारे हात पारेर खर्लप्पै निलौंला झै गाली गर्नेमा उनै अगाडी देखियो । यसरी मुद्दालाइ विभिन्न रंग दलेर नियाल्न अनि धर्म, जातको रंग दिन धेरै सिपालु हामी छौं । अझै यो देश छोडेर बिदेशमा बस्छन् यी त झन अगाडी छन् यो काममा । भेडा जस्तो एउटा जता लाग्यो अर्को उसको हुन उतै लाग्न माहिर छौं हामी । यो बोल्दा के होला,यो गर्दा के होला त्यो सोच्ने समय छैन या खोइ किन हो त्यो सोच्दै सिच्दैनौं हामी । दुख को साथ भन्नू पर्छ अरुलाई गाली,अरुको आस्थामा बञ्चरो हान्दा खुशी हुने हामी विश्व मानचित्रका दोश्रा अलकायदा हौँ । उताका अलकायदा बन्दुकले युद्ध लड्छन हामी किरा परेको दिमागले वाक युद्द । आखिर के फरक हामीमा र उनिहरुमा ?
हामी कति सम्म निच छौ यसको खुल्ला उदाहरण भक्खरै देखियो । केही दिन सम्म भुकम्पमा परेका जनतालाई बचाउन दिन रात नभनी खट्ने प्रहरीमाथी एउटा जिल्ला अखन्ड हुनुपर्छ भन्दै जाइ लाग्यौं। सुरक्षामा खटेका प्रहरीको गाडीमा प्रहरी सँगै आगो लगायौं। खोइ हाम्रो मानवियता? देश खण्ड खण्ड पार्ने नेतालाइ केही गर्न सक्यौं ? ती हामी जस्तै प्रहरीलाई जलाएर के पाउथ्यौं ? तर रिजल्ट तुरुन्तै देखियो छातिमा गोली पायौं । यो होइन कि प्रहरी ठीक थिए,उनिहरुले गोली चलाएर ठीक गरे । तर यति नगर्दा सम्म हाम्रो चेत खुलेन । केही सिमित मान्छेको स्वार्थको जालमा परेर यति तल गयौं कि हामीले मानवियता भुयौं । गोलीको आँखा थिएन आयो भ्याट लाग्यो ढाल्यो । आखिर भेडा भएपछी पाइने त्यो नै थियो सायद ।
एक साल पहिले चरी काण्डले तातेको माहोल,अहिले घैटे काण्डले पून तताएको छ । गुण्डा डन भनेर चिनिने घैटे प्रहरीको इन्काउन्टरमा मारिए, उनी गुण्डा थिए मारिए भनेर रमाउने र एक मानव भएर बाँच्न पाउने अधिकार माथीको ठाडो उलंघन भन्दै उफ्रीने भेडाहरुको निर्लज्ज नाच हिजो आज देख्न पाइदैन । केही भेडाहरुले त एक गुण्डाको नाममा मार्ग अनि गुण्डालाई सहिद घोषणा गर्ने सम्मको माग राखेछन । छि ! हाम्रो मानसिकता । एउटा व्याक्तिको मृत्युमा रमाउने अनि एउटा डनलाई सहिद घोषणा हुनुपर्छ भन्ने दुबै भेडा हुन । केहि उच्च भेडाहरुको अगुवाईमा यो हुदैछ । यदी मान्छे मारेरनै अपराधी जन्मिदैन भने किन जेल बनाइयो ? यो २१ औँ शताब्दी हो,एउटा मान्छेको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ कि पर्दैन ? अनि अपराधी मारियोनै तर उल्टै तेसैलाई राजनीति दाउ बनाउने झन घटिया हो । सुनिदै आएको हो,एमाले,काग्रेस दुबै गुण्डा पाल्ने बैधानिक संस्था हुन अहिले खुल्ला देखिदैछ । चरी काण्डमा ओलीको नौटंकी,घैटे काण्डमा केसीको नाङ्गो नाच यसैको प्रमाणपत्र हुन । जब सम्म यी गुण्डा पाल्ने अखडा भत्किदैन घैटो,गाग्रो,लोटा,चरी,बिचरी मारेर प्रशासनले छाती नफुलाए हुन्छ । अनि जब सम्म हामी भेडा हुन्छौं तब सम्म देशलाई बिर्यानी बनाएर लुट्ने छन् नेताहरुले । एउटा घैटो फुटेपछी अब हाम्रो दिमागको घैटामा कतै घाम लाग्ला कि ? भेडानै रहनेकि स्वाभिमानी नेपाली हुने छनौट अब हाम्रो हो । जब सम्म भेडा होइन्छ बेतुकको वाकयुद्द चलिरहन्छ । भेडा भेडा जुदाएर मज्जा लिनेहरु खुशी भै रहन्छन् ।
भेडा महिमा जति लेखे पनि अपूरो हुन्छ । बुझ्नेलाइ श्रीखण्ड,नबुझ्नेलाई खुर्पाकै बिड!
Share:

नेता ज्यु, सडकमा टायर बालेर हो देश विकास हुने ?

देश हिजोआज कुन दिशामा बग्दैछ कसैलाई थाहा छैन । दिनदिनैको बन्द र हड्तालले देश झन्-झन् अधोगतितर्फ लाग्दैछ । हो, हामीलाई देशको चिन्ता छ; तर बाध्यताको जंजिरले बाँधिएर अरबभूमिमा श्रम र पसिना बगाउँदै छौँ । टायर बालेर र ढुङ्गामूढा गरेर आखिर देशलाई कुन स्थानमा पुर्याउने सोच छ होला यी आन्दोलनकारीको? आन्दोलनले देशलाई प्रगतितर्फ नभएर दुर्गतितर्फ धकेलिरहेको तथ्य कसले सम्झाउने होला यी आन्दोलनकारीलाई? सम्झाएर पनि सम्झिने मनुख्य हुन र यी ?  ‘मस्त निद्रामा हुनेलाइ उठाउन सजिलो हुन्छ तर निदाएजस्तो गर्नेलाई उठाउन कठीन ।’ हो, त्यस्तै हुन् यी कथित आन्दोलनकारीहरु पनि, बुझेर पनि बुझ पचाउने कुलंघारहरु !
बन्दले बाल मस्तिष्कमा परेको एउटा सानो उदाहरण दिन्छु म, हेर्दा सानो देखिए पनि यो विषय पक्कै सोचनीय छ । कुरा मेरो आफ्नै छोराको हो, प्ले ग्रुपमा भर्खर भर्ना भएको छोरा शनिवार पनि स्कुल जान्छु भनेर लुगा लगाएर ठीक पर्छ, यति मात्र होइन आज गाडी किन आएन भनेर साइकलमा स्कुल पुर्याइदिन पनि कर गर्छ । कहिलेकाहिं त उसलाई स्कुल बाहिर लगेर मात्रै भए पनि बन्द-गेट देखाएर फर्काउनु पर्ने भएकोले यो कुरामा श्रीमतिको सधैं गुनासो रहन्छ। उसलाई पढ्न भन्दा पनि स्कुल जानका लागि खेल्ने साथी र अनेक किसिममा गुडियाले लोभ्याएको पक्का हो । तर अस्तिको बन्दको दृश्यले ऊ हिजोआज ‘स्कुल जान्न म, ढुङ्गा बोकेर मान्छे आउँछ’ भन्छ रे! बल्लबल्ल फकाएर स्कुल लैजानुपर्ने बाध्यता छ रे हिजोआज । एकै दिनमा कसरी असर पर्यो बाल मस्तिष्कमा? बन्दकर्ताहरुले कहिले स्कुल कलेजलाई बन्द निषेधित क्षेत्र घोषणा गर्नेहुन्? कहिलेसम्म बच्चादेखि नै त्रास भोग्नु नपर्ने हो ? यो विषयमा कहिले गम्भीर हुने हामी ? यो स्थानमा बन्द गराउँदै हिड्नेहरुको बच्चा नहोलान त? आफू त मानसिक रोगी भए भए, आफ्नो सन्तानलाई समेत त्यो रोगको शिकार बनाउने भए । चिन्ता हाम्रो होइन, अब आउने पिंढीको भविष्यको बारेमा चिन्तन गर्ने शक्ति यदी यिनीहरुमा आउँदो हो त यी र यस्ता घटना घट्ने थिएनन् कि? तर खोई? बिर्को लागेको बुद्धि कहिले खुल्ने हो ? कहिले घाम पूर्वबाट उदाउने हो क्षितिज भरीको अँध्यारो चिर्दै ?
Share:

“छोरा ! मेरो कात्रो माथि कुनै दलको झण्डा नपरोस्”….

एक प्रहरीको घरमा जन्म लिएर होला मलाई सानै देखि कुनै दल,कुनै झुण्ड सँग लगाब भएन । प्रहरी चौकी भित्र खेले खुर्किएको हुनाले एक सच्चा प्रहरी बन्ने एउटा अज्ञात रहर पलाएको हो सानै देखि,ठूलो भए पछि पनि त्यो भुत कायम थियो । तर देशको विषम परिस्थिति ,बेरोजगार हुदाको तनाव सबैलाई मध्य नजर गरेर हरियो पासपोर्ट बोकेर लागियो खाडी मुलुक । लगभग ८ वटा वसन्त बिताइयो यो मरुभूमिको देशमा । यहाँको नियम कानुन अनि देश विकासको खाका देखेर म सधै अचम्मित हुन्थे । बालुवाको ठिस्कोलाई सुन्दर शहर,शुन्दर बगैंचा बनाएर विश्व मानचित्रमा पावर लेन्सले हेर्नू पर्ने नक्सा भएको देश आज सबैको नजरमा विकशित देश भनेर चिनिन पुगेकोछ । आखिर भएको श्रोत साधनको सहि सदुपयोग हुन सक्दा हाम्रो देशमा पनि यसरी विकास गर्न सकिन्न र ? यी र यस्ता प्रश्नले मनमा हुटहुटी पैदा नगरेको पनि होइन । राजनीतिक खिचातानीले खिन्नता भएको युवा मन अरुकै देशमा पसिना पोख्दैछौ ,दुख लाग्छ यत्रो श्रम शक्ति भएको देश आज पलायन हुदैछ  आफनै कारण । मलाइ लाज लाग्छ विदेश बसेर खोक्रो राष्ट्रियता भुक्नलाइ ।
Share:

Friday, August 14, 2015

काठमाडौँमा एक दिन , स्मृतिमा दिन दिन ।

ज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र मैले पढेको/सुनेको काठमाडौँ घुम्नुछ, आफ्नै आँखाले देख्नुछ। अझै भनौं आफैले भोग्नुछ अनि एउटा अनुभव बटुल्नु छ। केही आशाले, केही उत्साहले मन पुलकीत हुनु सामान्य मानें।

भंगालबाट सुरुभएको यात्राको पहिलो चरण स्वरूप रोकिएँ गोपिकृष्ण हल अगाडि। गाडीको लाम, बेतुक कुदेका मोटरसाइकल, बस, माइक्रो नियालें अनि बाटाका धेरै थान पैदल टाउकाहरु पनि। यतिविघ्न टाउकाहरु कहाँ हिडेका होलान् , यिनिहरुको लक्ष्य/गन्तव्य कहाँ होला? मजस्तै समय गुजार्न मात्रै पो दगुरेका हुन् कि? प्रश्नहरुको खातले रन्थनिएँ। एउटा माइक्रो छेउमै आएर रोकियो। खलासी हेरें, सानो फुच्चे तर कडा आवाज भएको ‘दाइ कहाँ जाने? आउनुस्….आउनुस्….बस्नुस्’ भन्दै चिच्यायो। म फकीर त्यहि माइक्रोमा चढें। चढें पनि के भन्नु, किचिएँ। टाउकाहरुको थानले अटेसमटेस म शरीरको मध्यभाग टेको लगाएँ। खलासी भाई, बेप्रवाह कराइरह्यो। मान्छे चढे, उत्रिए। म भने चुपचाप चुपचाप।
Share:

Tuesday, August 4, 2015

संस्मरण - मित्रता जोगिएको दिन

यो मेरो लागी नितान्त नयाँ स्कुल थियो।जीवनमा मैले ७,८ वटा स्कुल परिवर्तन गरे हुला।बुबा प्रहरीको जागिरे हुनाले बुबाको जहाँ जहाँ सरुवा हुन्थ्यो त्यहाँ त्यहाँ हामी पनि जान्थ्यौ।बिरालोले छाउरा सारे जसरी सार्नु बाध्यता ।जब देखी मैले मावल बसेर पढ्न थाले तब स्कुल फेर्ने रोग निको भयो। धेरै स्कुल धेरै मित्र,धेरै शिक्षक।कक्षा ८ पास गरेर म मावल देखी पैदन उकालो एक घण्टाको स्कुल भर्ना भएँ।पहाडी धरातल हुनाले त्यो भन्दा अर्को उपायनै थिएन।आज  स्कुलको मेरो पहिलो दिन,सँगै आठ कक्षा पास गरेर गएका केहि साथी बाहेक अरु सबै नयाँ थिए मेरो लगी।कक्षा कोठा नयाँ,स्कुल नयाँ साथमा नयाँ साथीहरु पनि  मैले त्यहाँ आफुलाई नयाँ देखाउनु थिएन।
Share:

मुक्तक ! 03-08-015

एक दिन पक्का देखाउने छु त्यो चन्द्रमामा गएर !
आफ्नो लक्ष्य भेटाउने छु त्यो चन्द्रमामा गएर !!
धर्म,राजनिती,पैसा,नातावाद यी सबै गन्जागोल ,
इलेजरले जस्तै मेटाउने छु त्यो चन्द्रमामा गएर !!!! 
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive