Showing posts with label समाचार/बिबिध. Show all posts
Showing posts with label समाचार/बिबिध. Show all posts

Friday, February 26, 2016

विश्वमा एउटै घर्म छ

हाम्रो कम्पनिमा काम गर्ने ७ जना हिन्दु,एक जना मुस्लिक,एक जना बुद्दिष्ट र तीन जना क्रीष्चियन छौ।
बैसाख पूर्णिमामा बुद्दिष्टलाइ सबैले मिलेर शुभकामना दिइयो,दशैमा तीन जना क्रीष्कियन मित्रहरुलेनै Happy Dasara लेखेको कार्ड पठाएँ गोगलको सहयोगमा।दिपावलीमा सबै मिलेर दिपावली गरियो कोठामा,अंगालोमा बेरिएर आत्मियता साटासाट गरियो।मुस्लिम देश हुनाले मुस्लिक मित्रको पर्व भुल्ने झन् कुरै भएन।
हिजो राती १२ बजे मैले मेरा क्रीष्चियन मित्रलाई email गरे merry X-mas लेखेर।बिहान इमेल हेरेर (उनिहरु छक्क परे सायद)भने "त हिन्दु भएर पनि हाम्रो चाड तलाई याद छ है ?" मैले जवाफ दिएँ "जसरी तिमिहरुलाई हिन्दुको पर्व याद छ,हिन्दुको पर्वमा हात मिलाएर,अंगालोमा बेरिएर जसरी आत्मियता प्रकट गर्यौ/ गर्छौ म पनि आतुरछु तिमिहरुलाई अंगालिमा बेर्न,आत्मियता हुन।अरे यार म नि त एउटा मानव हुँ यो विश्व दुनियाँको एक पात्र ।"
उनिहरुले मलाइ अंगालोमा बेरे,अनि मुस्काउदै भने "साँच्चै सुनेको थियौ नेपाल बहुधर्म भएको देश हो भनेर आज अनुभव गर्यौ।"
के हामी धर्म बदलेर अर्को धर्म मान्ने नेपालीहरु यसरी हार्दिकता हुन सक्छौ?
x-masको बिदाइको शुभकामना। विश्वमा एउटै घर्म छ त्यो हो मानवता,अरु त केवल आस्था हुन,विश्वास हुन।हामी अरुको आस्थामा धावा नबोलौ।
जय होस्।।
Share:

जात



"हुँदै हुन्न यो सानो जातकी केटी हामी सँग बस्न हुन्न यो हाम्रो परापुर्खा देखि चलेको रीती हो " फूपूले स्पष्ट धारणा राखिन 
"
मैले तन मन सबै सुम्पिएर ल्याएकी मेरो श्रीमती कसरी तल्लो जातकी हुन्छिन ? उपल्लो जातको हो भने मैले ल्याएकी पनि उपल्लो जातकै हो,हुन्छे" दाइले आफ्नो कुरा राखे 
"
जीवित हुदा सम्म यो हुन सक्दैन आफ्नै जातका केटीहरु हुदा हुँदै तल्लो जातको केटी ल्याइस आफ्नो खुशी भनेर बिद्रोह गरिस अब सधै तेरो राज चल्दैन संस्कार ,रीती तैले भुले पनि हामी भुल्न सक्ने छैनौ ।- आमाले अडान लिइन ।
 एउटा तल्लो जातको केटी ल्याउदा ल्याउने को जात कसरी गयो,के आउने को जात माथी चढ्न सक्दैन?" दाजुले प्रश्न गरे  लामो समय चर्काचर्की भयो एउटा दुख बोकेको घर रणभुमी जस्तै देखियो युवा जमातले तल्लो जात( कथित) विवाह गर्ने दाइ भाउजूलाई साथ दिए भने गाउका लगभग ७०% मान्छे अरुलाइ साथ दिन अगि बढे विषय गम्भीर वातावरण तनावको बन्यो
Share:

Sunday, April 19, 2015

वंशलोचन एक पाठकको नजरमा ।

समा श्री अथवा समा राउत मेरो फेसबुक चलाउदा देखिकै साथी । उहाँ इजरायलमा म कतारमा एक परदेशीको पीडा साटासाट गर्ने चौतारी फेसबुक हुनाले यसै मार्फत एक आत्मियता साटासाट भयो,हामी साथी बाट एक कदम माथी उठेर दिदी भाइको नाता जोड्न थाल्यौ । व्याक्तिगत समा राउत र कवि समा श्रीमा खासै अन्तर छैन,उहाँ कवितामा जसरी खरो उत्रनु हुन्छ अन्यत्र पनि खरोनै हुनुहुन्छ ।
यो आलेख कुनै समालोचना या कुनै स्तुतिगान होइन । माथिल्लो अनुच्छेदमा मैले उहाँ सँगको आत्मियता लेखेर तल उहाँकै स्तुति गाएको होला भन्ने अनुमान लगाउनु भयो भने हजुर 100% गलत हुनुहुन्छ । म यहाँ व्याक्ती समा श्रीको होइन संग्रह वंशलोचनको बारेमा एक पाठकको मत राख्दैछु । यी सबै बिचार मेरो नितान्त व्याक्तिगत हुन,सबैलाई मान्य हुनै पर्छ भन्ने छैन । एक पाठकको नजरमा कस्तो लाग्यो त संग्रह यसैलाइ लेख्ने जमर्को हो ।
Share:

Friday, October 17, 2014

गजल समस्या अनि यसका समाधानको उपायहरु !!


लेखक/संकलक-निराजन प्रभात लुइँटेल

छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन ।जस्तो चाइनाको माल-सबैले प्रयोग गर्ने तर पनि विस्वास नगर्ने।काठमाडौँको एउटा कुनामा मदन पुरस्कार पाएको देखि पाउने वालासम्मको एउटा झुण्ड नेपाली साहित्यको बारेमा खुब छलफल गर्ने गर्छ विभिन्न वाद देखी विभिन्न कथा, उपन्यास कविताका शैलीका बारेमा निकै लामो बहस पनि हुने गर्छ तर त्यो झुण्डले गजलकार भनेपछि फुटेको आँखाले पनि हेर्न चाहादैन,गजललाई आयतित बिधाको रुपमा मात्र हेर्छन् धेरै नाम चलेका लेखकहरुनै।यहाँ जीवन भर 10 बढी उपन्यास लेखि सक्दा र 400 बढी कथा/कविता लेखिसक्दा पनि आफू प्रति सन्तुष्ट नहुने कवि लेखकलाई यो कुरा अनौठो लग्न सक्छ । जाबो १० लाइन गजल त के १०००० लाइन लेख्न सकिन्छ भन्ने पनि लाग्ला तर एउटा गजलको असली शेर लेख्नुको मेहेनत कुनै उपन्यासको भन्दा कम हुदैन ।चार,पाँच शेर गजल लेख्दा एक गर्भवति महिलाले प्रसवमा भोगेको भन्दा बढि पीडा हुन्छ। इनसाइक्लोपिडियामा गजलको अर्थ “गजल इज कलेक्सन अफ कमप्लिट पोइम्स भनेर दिएको छ । यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ ।
Share:

Wednesday, August 20, 2014

दिमाग चटनी ।।

दिमाग चटनी ।।

बन्द कोठा भित्र रंगिन वातावरण थियो।टेबुलमा बिदेशी रक्सि बोतल भित्र कैद थिए,साथमा दुई खुट्टे चार खुट्टेको मासु प्लेटमा पारखी कुर्दै थिए।ज्ञानले भरिएका दुई चार जनाको बिचमा अल्पज्ञानी म पनि थिएँ।बोतल फोडिए,मासुहरुको प्लेट खाली भए,अब सुरु भयो साहित्यको कुरा।ज्ञानिहरु बिच अब भाषाको अवरोध थिएन,भुगोलको बन्धन थिएन।नेपाली कम अंग्रेजी बढी बोलिन थाले।वादको कुरा निस्कियो,सबैले मेरो कुरा ठूलो भने।कोहि कसैको बिचार सुन्ने मुडमा थिएनन् ।मपात्वको घडा चुली चुली थियो सबैमा।
Share:

Monday, June 2, 2014

नयाँ कानुन

"अरे यार नयाँ कानुनले त बडो गजबको मज्जा हुनेछ,साला सधैँ पेलेर राख्ने त्यो केरला अब देख्छ।" नेपाली तर अस्पष्ट बोल्ने यी ब्याक्तीको यो प्रतिक्रीयाले म टक्क रोकिएँ 
सोधे दाइ के कुरा हुदैछ ?अनि हजुरहरु कुन कम्पनिमा काम गर्नुहुन्छ ?मेरो यो एक्कासिको प्रस्नले उनिहरु अल्मलिए।केही डराएको जस्तो देखिए। अहो! डराउनु पर्दैन क्याँ । मैले ढाडस दिएँ।
अहो! अहो!! दाजु (उनको लवज मैथिली मिसिएको थियो,अनि म २६/२७ वर्षको मान्छेलाइ पनि दाजु भन्दै थिए जबकी उनी ४० भन्दा कम थिएनन) कम्पनिको कुरा नगर्नुस नाम थाहा छैन ,यसो छोटा मोटा काम गराउछ । १२/१३ घण्टा काम गर्यो ओभर टाइम दिन्न तर एउटा कुरो तलब भने १ तारिक आफै रुममा ल्याइदिन्छ। त्यो चाहिँ ठीक छ ।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive